back
NMB ad

तपाईलाई रारा घुम्न मन छ भने सार्वजनिक भयो पर्यटन प्याकेज !

Kumari bank ad

काठमाडौं । “कर्णाली बिकट होइन निकट छ ” राराबास देखि राराताल सम्म जानलाई केही समस्या छैन भन्ने सन्देश सहित बाँकेको राराबास देखि मुुगुको रारा तालसम्मको नयाँ पर्यटन प्याकेज सार्वजनिक गरिएको छ । २०७३  भाद्र ३० गते देखि  आश्विन ०७  गते सम्म बाँकेको गाभर भ्याली होमस्टे (राराबास), सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगुको रारातालमा पर्यटकिय क्षेत्रहरुको स्थलगत भ्रमण, विषयगत अन्तरक्रिया, तथा प्रचार प्रसार जस्ता कार्यक्रम अनुसारको निष्कर्षका आधारमा सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल (सोट्टो–नेपालले) उक्त प्याकेज सार्वजनिक गरेको हो ।

नेपाल पर्यटन बोर्ड र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल (सोट्टो)को आयोजनामा सोमबार एक कार्यक्रमकाबीच पूर्व पर्यटन राज्यमन्त्री बलबहादुर  महत, नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशी र पर्यटन बोर्डका कृष्ण अर्याल र घनेन्द्र श्रेष्ठ, होमस्टे नेपालका अध्यक्ष भिम केसी, सोट्टोका अध्यक्ष यम खड्का लगायतले सार्महिकरुपमा उक्त प्याकेज कार्यक्रम सार्वजनिक गरे ।

तीन प्याकेज अन्तर्गत २५०००, ३०,००० र ४० हजार रुपैंयाको प्याकेज कार्यक्रम सार्वजनिक गरिएको हो । सडकमार्ग र हवाई दुवै मार्गको प्रयोग गरेर घुम्न सकिने उक्त प्याकेजअनुसार तीन दिनदेखि महिनौ दिन लगाएर पनि कर्णली र राराको सुन्दरतामा रमाउन सकिनेछ ।

प्याकेज सार्वजनिक गर्दै पूर्व पर्यटन राज्यमन्त्री महतले रारासम्म पुग्ने सडक बाटो पक्की भएमा सो क्षेत्रमा विकासको थप सम्भावना रहेको बताए । उनले कर्णालीका नाममा विनियोजन हुने गरेको बेजट केवल आँखामा छारो हाल्ने प्रकारको मात्र भएको गुनासो गदृै योजना सम्पन्न गर्नसक्ने बजेट उपलब्ध गराउन माग गरे ।

एमाले पर्यटन विभाग प्रमुख थापाले छ नं प्रदेशका जिल्लालाई केन्द्रित गरेर पर्यटनका बहुआयामिक सम्भावना, पूर्वाधार निर्माण, बसोबासको व्यवस्थापन, गन्तव्य पहिचान र प्रवद्र्धनसहित बजारीकरणका लागि एकीकृत कार्य गर्नुपर्ने र यसलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक जोशीले पर्यटन व्यवसायीको अगुवाइमा भएका प्रवद्र्धनसम्बन्धी कार्यक्रम सफल हुने भन्दै मध्यपश्चिमको यस नयाँ कार्यक्रमलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । मानिसलाई आकर्षित पार्ने विषयहरुलाई पर्यटन प्रबद्र्धन र प्याकेज कार्यक्रममा समेट्नुपर्ने उनको सुझाव थियो ।
कार्यक्रममा सोट्टो नेपालका अध्यक्ष यमबहादुर खड्काले रारा प्रबद्र्धनका लागि सम्पन्न गरिएको अध्ययन भ्रमणले पर्यटन क्षेत्रमा नयाँ आयाम थपिएको भन्दै शब्द र चित्रका माध्यमबाट राराबासदेखि रारासम्मका गन्तव्यहरुको एक कार्यपत्रमार्फत उजागर पार्ने काम गरेका थिए ।
कार्यक्रमका अन्य सहभागीहरले गन्तव्यको प्रचारप्रसारर प्रबद्र्धनमा सोट्टो–नेपालले गरेको कार्यको प्रशंसा गरेका थिए ।

प्रकाशित मितिः २०७३ असोज १७

वि.सं.२०७३ असोज १७ सोमवार १८:१२ मा प्रकाशित

You can share this post!

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...