back
NMB ad

सेयरधनीले पाउने भए ११४.२२ प्रतिशत बोनस साथमा एफपिओ पनि…

Kumari bank ad

काठमाडौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले थप नयाँ सेयर (एफपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले संस्थापक र साधारण सेयर अनुपात ७०ः३० कायम गर्न एफपिओ जारी गर्न लागेको जनाएको छ ।

हाल कम्पनीमा नेपाल सरकार, नेपाल बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषको गरी ८०.४६ प्रतिशत र सर्वसाधारणसँग १९.५४ प्रतिशत सेयर रहेको छ ।

कम्पनीले शुक्रबार तीन आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक सम्पन्न गर्यो । ०७५ असार मसान्तसम्ममा एक अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन कम्पनीले एक सय १४ दशमलव २२ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय पारित गर्यो । साथमा, सो साधारणसभामार्फत एफपिओ निष्काशनको बाटो समेत खुला गर्यो । कम्पनीले बोनस सेयर वितरण गरेपछि एफपिओ निष्काशन गर्न विशेष साधारणसभा डाक्ने प्रस्ताव साधारणसभाले पारित गरेको हो ।

हाल राष्ट्रिय बीमा कम्पनीको चुक्तापुँजी १२ करोड ४४ लाख ३९ हजार पाँच सय रुपैंया रहेको छ । बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैंया पुग्नेछ । त्यसपछि कम्पनीले एफपिओ जारी गर्ने प्रक्रिया अघि बढाउनेछ ।

प्रकाशित मितिः २०७४ बैशाख २४

वि.सं.२०७४ वैशाख २४ आइतवार ११:०६ मा प्रकाशित

You can share this post!

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

आज ४ बैशाख २०८१ मंगलवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

चैते दसैँका अवसरमा प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०६

कास्की : गण्डकी प्रदेश सरकारले आज  वैशाख ४ गते प्रदेशभर...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:०१

काठमाडौँ : पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...