back
NMB ad

असन्तुष्टलाई प्रतिकित्ता ४४८४ रुपैया फिर्ता गर्दै बैङ्क, हेर्नुहोस पुर्ण विवरण

Kumari bank ad

काठमाडौ । पछिल्लो समय बैङ्कहरुको मर्जर तथा प्राप्ती सामान्य बनीसकेको छ । विभिन्न बाणिज्य तथा विकास बैङ्क र वित्तिय संस्थाहरु एक आपसमा गाभिने अथवा एकले अर्कोलाई प्राप्तीको खबर त धेरै नै आईसके तर अब दुई सरकारी स्वामित्वको बैङहरु

राष्ट्रिय बाणिज्य बैंक र एनआईडिसी डेभलपमेन्ट बैंक एक बराबर एक सेयर स्वापको समान हैसियतमा गाभिने भएका छन् । वाणिज्य बैंकसँग गाभिने औपचारिक निर्णय लिन एनआईडीसीले माघ १९ गते विशेष साधारणसभा बोलाएको छ ।

२०७३ माघ १४ गतेको मन्त्रीपरिषद बैठकले एनआईडिसिलाई वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको थियो । यसअघि दुबै संस्थाबीच भदौ १२ गते भएको औपचारिक सम्झौतामा माघ १ गतेदेखि एकिकृत कारोबार गर्नेगरि प्रकृया अगाडि बढेपनि ढिलासुस्तीले केही लम्बिएको छ । मर्जर प्रकृया अहिले राष्ट्र बैंकबाट सैद्धान्तिक स्वीकृति पश्चात निणार्यक चरणमा प्रवेश गर्न लागेको हो ।

दुबै बैंकको सम्पति तथा दायित्व मूल्याङ्कनबाट समान सेयर स्वाप रेसियो तय भएको हो । सेयर आदनप्रदान अनुपातमा मर्जरमा असन्तुष्ट लगानीकर्तालाई कम्पनी ऐनको दफा १७७ को उपदफा ७ अनुसार एनआईडीसीले सम्पत्ति तथा जायजेथा मूल्याङ्कनअनुसार कायम भएको मूल्य प्रतिकित्ता ४ हजार ४८४ रुपैयाँ ३० पैसाका दरले फिर्ता दिने प्रस्ताव विशेष साधारण सभामा गरेको छ ।

८ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको राष्ट्रिय बाणिज्य पूर्ण सरकारी स्वामित्वको बैंक हो भने ४१ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको एनआइडिसीमा सर्वसाधारण सेयरधनीको एक प्रतिशत ९३० हजार ९१० कित्ता० सेयर स्वामित्व रहेको छ । सरकारको स्वामित्व ९९।२६ प्रतिशत छ । दुबै बैंकको मर्जर पश्चात चुक्क्ता पूँजी ९ अर्ब रुपैयाँ पुग्नेछ भने जगेडा कोषको रकम ७ अर्ब आठ करोड पुग्नेछ ।

एनआईडिसी बैंकमा लगानीकर्ता रहेका सर्वसाधारण सेयरधनीले असन्तुष्टि व्यक्त गरेपछि बैंकले विशेष साधारण सभामा रकम फिर्ता गर्ने प्रस्ताव गरेको हो । अहिले डिडिए मूल्याङ्कन अनुसार कायम भएको चार हजार ४८४ रुपैयाँ फिर्ता लिनु नै एनआईडिसीका सेयरधनीलाई फाइदा पुग्ने देखिएको छ । लामो समय पर्खिएर प्राप्त गर्ने लाभांशको अनुपातमा अहिले वितरण हुने रकम भुक्तानी नै सेयरधनीलाई फाइदा पुग्ने देखिन्छ ।

बाणिज्य बैकले चुक्ता पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने बताउँदै आएपनि अहिलेसम्म प्रकृया अगाडि बढेको छैन । राष्ट्रिय बाणिज्य बैंकले साधारण सेयर दुबै बैंकको मर्जर पश्चात कायम हुने पूँजीको ३० प्रतिशत सेयर जारी गर्दा दुई करोड ७० लाख कित्ता हाराहारीमा बजार आउने हुन्छ । त्यो समयमा अहिले पाउने लाभांशको तुलनामा बाणिज्य बैंकको सेयरमूल्य यति नै हुन्छ भन्ने निश्चितता नभएकाले अहिलेको रकम भुक्तानी रकम नै सेयरधनीलाई फाइदा पुग्ने निश्चित छ ।

२०७४ माघ ४ गते प्रकाशित

वि.सं.२०७४ माघ ४ बिहीवार १२:४९ मा प्रकाशित

You can share this post!

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...