back
NMB ad

एमाले नेता नेपालको प्रचारमा राज्यमन्त्री लामा

Kumari bank ad

काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकलाई विकसित राष्ट्र बनाउन जनताले अब वाम गठबन्धनलाई मतदान गर्नुपर्नेमा जोड दिएका छन् ।

वाम गठबन्धनले कोटेश्वरमा आज आयोजना गरेको चुनावीसभामा उनले देशमा स्थिर सरकार र जनतालाई समृद्ध बनाउन अब देशमा वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने निश्चित भएको बताए ।

काठमाडौँ–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उनले मुलुकमा लोकतान्त्रिक व्यवस्था कायम गरी जनतालाई अधिकार प्रदान गर्न वाम शक्तिले ठूलो संघर्ष गरेको बताउँदै उक्त गठबन्धन अधिनायकवादी चरित्रको नहुने बताए ।

एमालेका पोलिटब्युरो सदस्य अग्नि खरेलले देशमा राजनीतिक क्रान्ति पूरा भएकाले अब आर्थिक विकासका लागि औद्योगिक क्षेत्रको विकास गरी नागरिकलाई समृद्ध बनाउने प्रष्ट दृष्टिकोण उक्त गठबन्धनसँग रहेको बताए ।

उद्योगराज्यमन्त्री रेशम लामाले मुलुकमा जनताले राजनीतिक स्थायित्व र परिवर्तन खोजिरहेकाले त्यसको उत्तम विकल्प भनेको वाम गठबन्धन भएको टिप्पणी गरे ।

प्रदेशसभा (क) का उम्मेदवार सानुकुमार श्रेष्ठले सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मापदण्ड वृद्धि गर्न स्थानीयको १४० रोपनी जग्गा अतिक्रमण गरेकाले प्रचलित मूल्यअनुसार उनीहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे । ख का उम्मेदवार मणिराज फुँयालले दार्शनिक दृष्टिकोण निकट रहेका वभिन्न वाम शक्तिबीच भएको गठबन्धनले नागरिकलाई आर्थिक पहुँच वृद्धि गरी मुलुकलाई समृद्धतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा (माओवादी केन्द्र) का नेता कुमार पौडेलले राजनीतिक स्थायित्व, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका लागि वाम गठबन्धनको विजय अपरिहार्य रहेको बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७४

वि.सं.२०७४ मंसिर १८ सोमवार २२:२२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...