काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज (बिहीबार) बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा बोर्डका अनुसार ४२.३३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । नियमित तर्फ कुल १ लाख ९३ हजार १ सय २५ जनाले परीक्षा दिएकोमा ८१ हजार ७ सय ५८ उतिर्ण भएका हुन् । ७७जनाको परीक्षा रद्द भएको छ ।
कक्षा १२ को नतिजा हेर्नको लागि तपाईको मोवाइलमा NEB (space ) symbol no . टाइप गरि ३१००३ मा एसएमएस पठाउनुहोला
प्रकाशित मितिः २०७४ भाद्र १५
वि.सं.२०७४ भदौ १५ बिहीवार २१:०७ मा प्रकाशित