back
NMB ad

३ कम्पनीको हकप्रद सेयर निष्काशन हुँदै,तपाई पनि आफ्नो सेयर सुरक्षित गर्न तयार हुनुहोस् !

Kumari bank ad

काठमाडौ । नेपाल धितोपत्र बोर्डले ३ वटा कम्पनीलाई हकप्रद निष्काशन गर्ने अनुमति प्रदान गरेको छ । १ डेभलपमेन्ट बैंक, १ इन्सुरेन्स कम्पनी र १ फाइनान्स कम्पनीलाई बोर्डले अनुमति दिएको हो ।

धितोपत्र बोर्डले सांग्रिला डेभलपमेन्ट बैंकलाई ८० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । बैंकले १०ः८ अनुपातमा १०० रुपैयाँ दरको १ करोड ८ लाख ६७ हजार ७९८.५० कित्ता अर्थात १ अर्ब ८ करोड ६७ लाख रुपैंया बराबरको सेयर बिक्री गर्न लागेको हो । सांग्रिलाको हकप्रदमा प्रभु क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

त्यस्तै प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले १ः०.३ अनुपातमा १०० रुपैयाँ दरको १२ लाख ८३ हजार ४० कित्ता अर्थात १२ करोड ८३ लाख रुपैंया बराबरको हकप्रद सेयर बिक्री गर्न लागेको हो । प्रुडेन्सियलको यो हकप्रदमा एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धको काम गर्नेछ । बिमा समितिले तोके अनुसारको चुक्ता पुँजी बढाउने अभियानमा रहेको प्रुडेन्सियल इन्सुरेन्सले २० प्रतिशत बोनस सेयर र १.०५५ नगद लाभांश दिने घोषणा गरीसकेको छ । कम्पनीले मंसिर १ मा हुने साधारण सभामा उक्त प्रस्ताव लैजाँदैछ ।

सेन्ट्रल फाइनान्सले पनि बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएको छ । सेन्ट्रलले बोर्डबाट ५० प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति पाएको हो । फाइनान्सले २ः१ अनुपातामा १०० रुपैयाँ दरको २६ लाख ३ हजार ३१४.०८ कित्ता अर्थात २६ करोड ३ लाख बराबरको सेयर बिक्री गर्न लागेको हो । सेन्ट्रलको हकप्रदमा एनआइबिएल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्नेछ ।

बोर्डले कार्तिक २३ गते यी तीनै कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो ।

प्रकाशित मितिः २०७४ कार्तिक २७

वि.सं.२०७४ कात्तिक २७ सोमवार १२:०२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...