back
NMB ad

पैसा ठिक पार्नुहोस, माघमा मात्रै आउदैछ ६ अर्बको हकप्रद, हेर्नुहोस कस्को कती ?

Kumari bank ad

काठमाडौ । पछिल्लो समय विभिन्न बैङ्क तथा वित्तिय संस्थाहरुले हकप्रद निष्काशनलाई तिव्रता दिएका छन् । विभिन्न कम्पनीहरुले १० देखी सतप्रतिशत सम्म हकप्रद निष्कासन गरेका छन् । नेपाल राष्ट्र बैङ्कले तोकेको पुँजिको सिलिङ भेट्नको लागि बैङ्क तथा वित्तिय संस्थाहरु यतीबेला बोनस तथा हकप्रद निष्काशनमा जुटेका छन् । पछिल्लो समय अधिकांश बैङ्क तथा फाईनान्सहरुले हकप्रद तथा हकप्रदको प्रस्ताव पारित गरिसकेका छन् भने कतिपय पारित गर्ने तयारीमा छन् । अर्थतन्त्रले विभिन्न कम्पनीहरुको हकप्रद सेयरको बारेमा यो सामाग्री तयार पारेको छ ।

कुन कम्पनीको कती आउदैछ हकप्रद ?

(१) प्रभु बैंक लिमिटेडले २ अर्ब ३५ करोड २५ लाख बराबरको हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले दश बराबर चारको अनुपात अर्थात ४० प्रतिशत हकप्रदको सेयरको बिक्री माघ ७ गतेदेखि खुलाउने भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यका दरले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले हकप्रदको लागि फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन् । हाल बैंकको चुक्तापूँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी ८ अर्ब २३ करोड ३९ लाख पुग्नेछ ।

(२) पोखरा फाईनान्सले हकप्रद बाडने भएको छ । फाइनान्स कम्पनीले कम्पनीले १५ प्रतिशत हकप्रद विक्री गर्दैछ । कम्पनी सञ्चालक समितिको ४३९ औं बैठकले सो घोषणा गरेको हो । कम्पनीले १५ प्रतिशत बराबरको ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद विक्री गर्देछ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ८१ करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।

(३) कर्णाली विकास बैंकले ३३ करोड ९७ लाख रुपैया बराबरको हकप्रद सेयर जारी गर्नको लागि अनुमती पाएको छ । बैङ्कले १ः२.२५ अनुपातमा अर्थात २२५ प्रतिशत हकप्रद सेयरको बिक्री माघ ११ गतेदेखि खुल्ला गर्ने भएकोे छ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा कर्णाली विकास बैंकका शाखा कार्यालय, प्रभु बैंकका विराटनगर, विरगंज, पोखरा, बुटवल र धनगढी शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

(४) सेन्ट्रल फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यका २६ करोड ६ लाख रुपैयाँ बराबरको २६ लाख ३ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले दुई बराबर एक अर्थात ५० प्रतिशत हकप्रद शेयरको निष्कासन गरेको हो। हाल कम्पनीको चुक्तापूँजी ५२ कारेड रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी ७८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

(५) एशियन लाइफ इन्स्योरेन्सले ४० करोड २७ लाख बराबरको हकप्रद निष्कासन गर्ने भएको छ । ईन्स्योरेन्सले वीमा समितिको निर्देशन अनुसार दुई अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा ५० प्रतिशत हकप्रद बिक्री गर्न लागेको हो । कम्पनीलाई धितोपत्र बोर्डले उक्त हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआएबीएल क्यापिटल रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ५४ पैसा छ ।

(६) फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले २२ लाख ८१ हजार कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद जारी गर्न अनुमति पाएको छ । बोर्डले दुई बराबर एक अनुपातमा २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद सेयर बिक्री गर्न लघुवित्तलाई अनुमति प्रदान गरेको हो । चालु आवको पहिलो त्रैमासमा कम्पनीले दुई करोड ४१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २१ रुपैयाँ कायम गरेको छ । कम्पनीले गत आर्थिक बर्षमा वितरण गरेको १५ प्रतिशत बोनस सेयर गत भदौ २७ गतेसम्म डिम्याट गरेका सेयरधनीहरुको खातामा नै मंसिर २७ गतेदेखि जम्मा गरिएको जनाएको छ ।

(७) किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २ करोड ४० लाखको हकप्रद निष्कासन गर्ने भएको छ । संस्थाले गतबर्षको बोनस पश्चात कायम पूँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री गर्न लागेको हो । कम्पनीको कैलालीमा सम्पन्न पाँचौ बार्षिक साधारण सभाले २०.१२५ प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको हो । गतबर्ष मात्रै २४ हकप्रद सेयर बिक्री गरेर चुक्ता पुँजी ४ करोड रुपैयाँ पुर्याएको किसान माइक्रोले पुन हकप्रद बिक्री गर्ने भएको हो । बोनसपछि कम्पनीको पूँजी ४ करोड ८० लाख पुग्छ । त्यसपश्चात ५० प्रतिशत हकप्रद बिक्री गर्दा ७ करोड २० लाख ७५ हजार पुग्नेछ ।

(८) एशियन लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद जारी गर्ने भएका छन् । बीमा समितिको निर्देशन अनुसार दुई अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा रहेको एशियन लाइफ इन्स्योरेन्सको ५० प्रतिशत हकप्रदमा माघ ७ गतेसम्म कायम सेयरधनीले आवेदन गर्न पाउनेछन् । तेस्तै नेको इन्स्योरेन्स कम्पनीले धितोपत्र बोडबाट चुक्ता पूँजीको ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ता अनुपातमा ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद सेयर विक्री गर्न अनमुति पाएको हो ।

नेकोले हकप्रद निष्काशन गर्नका लागि एनएमबि क्यपिटललाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले मंसिर ५ गते हकप्रद जारी गर्न निवेदन पेश गरेकोमा पुस २५ गते अनुमति पाएको हो । ७८ करोड ४१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको नेको इन्स्योरेन्सको हकप्रद विक्रीपछि एक अर्ब १७ करोड ६२ लाख नाघ्नेछ । यता एसियन लाईफले धितोपत्र बोर्डबाट २ः१ अनुपातमा ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको छ । गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस बितरण गरि चुक्ता पूँजी ८० करोड ५५ लाख रुपैंयाँ पुर्याएको एसियन इन्स्योरेन्सले ४० करोड २७ लाख रुपैंयाँको हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।

(९) श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले २८ करोड ६७ लाख रुपैया बराबरको हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले माघ १५ गतेदेखि ८३ प्रतिशत हकप्रद जारी गर्ने भएको छ । फाइनान्सले १० बराबर आठ दशमलव तीन कित्ताको अनुपातमा २८ लाख ६७ हजार २२५ दशमलव ६२ कित्ता सेयर हकप्रद जारी गर्न लागेको हो । फाईनान्स कम्पनीको सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । हकप्रदमा आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट ७५ जिल्लाबाटै आवेदन गर्न सकिन्छ ।

(१०) अरुण फाइनान्स कम्पनीले नाम परिवर्तन गर्ने भएको छ । अरुण फाईनान्स लाई परिवर्तन गरेर हाथवे फाइनान्स कम्पनीमा रुपान्तरण हुने लागेको छ । साथै कम्पनीले चुक्ता पूँजी बढाउन ५४ करोड रुपैया बराबरको १८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ । धरानमा सम्पन्न साधारणसभाले हाल कायम चुक्ता पूँजी ३० करोड रुपैयाँको १८० प्रतिशत हकप्रद जारी गरेर राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ । १८० प्रतिशत हकप्रद सेयर जारी गरेर पूँजीकरण गरेपछि संस्थाको चुक्ता पुँजी ८४ करोड पुग्नेछ ।

(११) सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले २८ करोड ८७ लाख बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद जारी गर्ने प्रकृया अगाडि बढाएको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनसपछि कायम पूँजीको ४० प्रतिशत हकप्रद विक्री गर्न लागेको हो । हकप्रद जारी गर्न इन्स्योरेन्सले एनआइसी एशिया क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी तोकोको छ । कम्पनीको गत भदौ २७ गते सम्पन्न साधारण सभाले बोनसपछि कायम हुने चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

२०७४ पुष २९ गते प्रकाशित

वि.सं.२०७४ पुस २९ शनिवार १०:३१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...