back
NMB ad

नयाँ वर्षमा पोखराले यसरी गर्दैछ स्वागत, सडकमै खाने सडकमै नाच्ने

Kumari bank ad

काठमाडौँ । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा १९औँ पोखरा सडक महोत्सव आयोजना गरिने भएको छ ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराले यही पुस १३ गतेदेखि १७ गतेसम्म महोत्सव आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

स्वदेशी खानाका परिकारका साथमा सांस्कृतिक रहनसहनको प्रदर्शन तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न रेबान पोखराका अध्यक्ष चौबहादुर गुरुङको संयोजकत्वमा २२ सदस्यीय महोत्सव व्यवस्थापन मूल समिति तथा महोत्सव तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।

महोत्सव पोखराको मुख्य पर्यटकीयस्थल शहीद चोकदेखि खहरे डिहिकोपाटनसम्मको करिब साढे तीन किमी क्षेत्रमा आयोजना गरिने संयोजक गुरुङले बताए । पोखराका रेस्टुरेन्ट व्यवसायीले सडकमै विभिन्न खानाका परिकार पस्कने हुँदा महोत्सवबाट समग्र पोखराको आर्थिक क्रियाकलापलाई टेवा पुग्ने उनको विश्वास छ ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलिया, रेबानका अध्यक्ष प्रमोदकुमार जैसवाललगायतले आन्तरिक तथा विदेशी पर्यटक आकर्षणका लागि महोत्सव उपयोगी हुने बताए । महोत्सवको मुख्य आकर्षणका रुपमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, नेपालका सात प्रदेशका लोपोन्मुख सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिनेछ । त्यसैगरी भारत, चीन, जापान र दक्षिण कोरियाका सांस्कृतिक प्रदर्शनी समेत प्रदर्शन गरिनेछ ।

महोत्सवका क्रममा विभिन्न मनोरञ्जनात्मक खेलकुद, हस्तकला, वृत्तचित्र प्रदर्शनी, विभिन्न जिल्लाका उत्पादित कृषि जन्य पदार्थको प्रदर्शनी गरिनेछ । कार्यक्रमस्थलमा नेपाल मेडिसिटी अस्पतालका चिकित्सकबाट स्वास्थ्यसम्बन्धी जानकारी तथा मधुरोग जाँच निःशुल्क गरिनेछ । ख्यातिप्राप्त राष्ट्रिय कलाकारको लाइभ कन्सर्ट र लोक दोहोरी प्रस्तुति रहने बताइएको छ । महोत्सवको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ भने मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि रहेको छ ।

प्रकाशित मिति : १० पुस २०७४

वि.सं.२०७४ पुस १० सोमवार ०९:३३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...