back
NMB ad

पेनाल्टीमा गोल गर्न चुकेपनि रोनाल्डोको किर्तिमान !

Kumari bank ad

रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपका शीर्ष ६ लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोले आफ्नो खेल जीवनमा अहिलेसम्म पोर्चुगलको प्रिमियरा लिगा, इंग्लिस प्रिमियर लिग र ला लिगा गरी ३ सय ६७ लिग गोल गरेका छन् ।

यो सँगै उनी युरोपका शीर्ष ६ लिगमा अहिलेसम्मकै धेरै गोल गर्ने खेलाडी बनेका हुन् ।

उनी इंग्ल्याण्डको प्रिमियर लिग, स्पेनको ला लिगा, इटालीको सिरी ए, जर्मनीको बुण्डेस लिगा, फ्रान्सको लिग वान र पोर्चुगलको प्रिमियरा लिगामा खेल्ने खेलाडी मध्ये सबै भन्दा धेरै गोल गर्ने खेलाडी बनेका हुन् । ला लिगा अन्तर्गत शनिबार राति भएको भ्यालेन्सियासँगको खेलमा २७ औं मिनेटमा रोनाल्डोले गरेको गोल ला लिगामा यो सिजन उनले गरेको २० औं तथा समग्र लिगमा गरेको तीन सय ६७ औं गोल हो ।

रोनाल्डोले इंग्ल्याण्ड तथा टोटनह्यामका स्ट्राइकर जिम्मी ग्रेएवेसले बनाएको कीर्तिमान भंग गरेका हुन् । जिम्मीले सन् १९५७ देखि १९७१ को बिचमा टोटनह्याम, चेल्सी, एसी मिलान, वेष्ट ह्यामबाट गरी पाँच सय २८ खेलमा तीन सय ६६ गोल गरेर कीर्तिमान बनाएका थिए । रोनाल्डोले म्यानचेस्टर युनाइटेड र रियल मड्रिडबाट गरी ४ सय ८३ खेलमा तीन सय ६७ गोल गरेर युरोपका शीर्ष ६ लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

उनले प्रिमियरा लिगामा स्पोर्टिङ सिटीका लागि तीन, प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडबाट ८४ तथा ला लिगामा रियल मड्रिडबाट दुई सय ८० गरी समग्रमा तीन सय ६७ लिग गोल गरेका हुन् । शनिबार रातिको खेलमा पहिलो हाफमा गोल गर्दै कीर्तिमान बनाएका रोनाल्डोले दोस्रो हाफमा पाएको पेनाल्टीमा भने उनले गोल गर्न सकेनन् ।

प्रकाशित मितिः २०७४ बैशाख १७

वि.सं.२०७४ वैशाख १७ आइतवार १४:३३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...