"/>

२०% बोनस ११.५७% नगद लाभाँँश र ५०% हकप्रद लिन कुन सेयर कहिलेसम्ममा किन्नुपर्छ ? जान्नुहोस् !

काठमाडौ । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको चौथो वार्षिक साधारण सभा मंसिर १६ गते हुने भएको छ । सभामा समताले २० प्रतिशत बोनस सेयर दिने बिशेष प्रस्ताव पेस गर्ने भएको छ । कम्पनीले ११.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि लैजानेछ ।

कम्पनिले २० प्रतिशत बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीबाट ५० प्रतिशत हकप्रद निष्काशन गर्ने अर्को प्रस्ताव पनि साधारण सभामा पेस गर्नेछ । बोनसपछि समताको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

साधारण सभा प्रयोजनका लागि समताले मंसिर १ देखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसआधारमा मंसिर १५ गतेसम्म मात्र कायम सेयरधनीले बोनस र नगद लाभांश पाउनेछन् ।

samata book closed

प्रकाशित मितिः २०७४ कार्तिक २१

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com