back
NMB ad

सिन्धुलीगढीमा २५० औं विजयोत्सवलाई भब्य बनाउने जनप्रतिनिधिको प्रतिवद्धता

Kumari bank ad

काठमाडौं । सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस सैनालाई सिन्धुलीगढीमा गोर्खाली सेनाले परास्त गरेको सम्झनाको २ सय ५० औं विजयोत्सव भब्य रुपमा मनाउने स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । उनीहरुले ऐतिहासिक सिन्धुलीगढीको प्रबर्धनमा गर्दै आएको प्रयासलाई मन, बचन र कर्मले सघाउने प्रतिवद्धता जनाएका छन् ।
समृद्ध सिन्धुली नागरिक अभियानले राजधानीमा सिन्धुलीका स्थानीय तहका पदाधिकारीलाई बधाइ ज्ञापन तथा सिन्धुलीगढीमा मनाइने २५० औं विजयोत्सव तयारीबारे आयोजना गरेका अन्तक्र्रियामा उनीहरुले मुलककै गौरवका रुपमा रहेको सिन्धुलीगढीलाई देश, विदेशमा चिनाउन सबै जनप्रतिनिधि लाग्ने प्रतिवद्धता जनाए ।
सिन्धुलीगढीमा अंग्रेजी सेनालाई परास्त गरेको यस बर्ष २ सय ५० बर्ष पुग्दैछ । अभियानले यस अबसरमा गढीमा ऐतिहासिक युद्धको चित्र कोर्न आर्ट क्याम्प, युद्ध दर्शाउने नाटक प्रदर्शन, आर्ट बुक प्रकाशन, वेवसाइट निर्माण, सिन्धुलीगढी वरपर होमस्टे संचालनलगायतका कार्यक्रम गर्न लागेको छ । समृद्ध सिन्धुली अभियानले हरेक बर्षको विजयोत्सवका बेला काठमाडौंबाट सिन्धुलीगढीसम्म साइकल यात्रा गर्ने योजना बनाएको छ । आउँदो कात्तिक २३, २४ र २५ गते सिन्धुलीगढीहुँदै सिन्धुलीमाढीसम्म गरिने साइकलयात्रामा २५० जनालाई सहभागी गराउने लक्ष लिएर पूर्वाधार तयार गर्न लागिरहेको अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । अभियानले स्टोरी साइकल र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा गत कात्तिक २३ र २४ गते काठमाडौंबाट ऐतिहासिक स्थल सिन्धुलीगढीसम्म गरेको साइकल यात्रामा ८० जना सहभागी थिए । अभियानले ‘राइट टु सिन्धुलीगढी’ नाम दिएर साइकलयात्राको ब्रान्डिङ गर्न लागेको घिमिरेले बताए ।
कार्यक्रममा सिन्धुलीको कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री, उपप्रमुख मञ्जु देवकोटा, सुनकोशी गाउपालिका अध्यक्ष दीपा बोहरा, तीनपाटन गाउपालिका अध्यक्ष कर्णबहादुर थापा, मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जन, उपाध्यक्ष, संगीता माझी, हरिहरपुरगढी गाउपालिका अध्यक्ष कारसाङ थिङ र उपाध्यक्ष अनिता राईलाई अभियानले सम्मान गरेको थियो ।
कार्यक्रममा स्थानीय निकायका पदाधिकारीलाई चुनावमा गरेका प्रतिबद्धता अनुसार गाउँलाई समृद्ध बनाउन समृद्ध सिन्धुली अभियानले सघाउने अभियन्ता सौरभ ढकालले बताए । अभियानले गाउँलाई सुन्दर बनाउने ‘ड्रिम सिटी’ भिजन तयार गरेको बताउँदै त्यसलाई कार्यान्वयन गर्न जनप्रतिनिधिसँग सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
अर्का अभियन्ता भुवन थापाले हरेक गाउँलाई स्मार्ट बनाउन आवश्यक रहेको बताउँदै सहकार्यका लागि जनप्रतिनिधिसँग आग्रह गरे ।
कमलामाई नगरप्रमुख खत्रीले सिन्धुली ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थलहरुले भरिएको जिल्ला भएकाले ती स्थलहरुको प्रबर्धन गरेर जिल्लालाई समृद्ध बनाउन अभियानसँग सहकार्य गर्न आफूहरु अधिरताका साथ प्रतीक्षामा रहेको बताए । सुनकोशी गाउँपालिका प्रमुख बोहराले सिन्धुलीगढी जाने साइकल यात्रीहरुलाई स्वागत गर्न आफूहरु आत्तुर रहेको बताइन् । उनले गाउँको विकासका लागि आफूले विज्ञहरुसँग छलफल गरिरहेको बताउँदै त्यसमा सघाउन समृद्ध सिन्धुली अभियानलाई आग्रह गरिन् ।
२८ जेठ २०७४

वि.सं.२०७४ जेठ २८ आइतवार ०९:३७ मा प्रकाशित

You can share this post!

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजना पक्राउ   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५८

काठमाडौँ, १६ चैत : राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीनजनालाई...

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...