back
NMB ad

तयार हुनुहोस्, हाइड्रोले ल्याउँदैछ एक अर्ब बराबरको हकप्रद सेयर

Kumari bank ad

काठमाण्डौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडले महत्वपूर्ण दुई जलविद्युत् आयोजना निर्माणका लागि रु एक अर्ब बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

सेयर निष्कासनका लागि सानिमाले धितोपत्र बोर्डमा निवेदनसमेत दर्ता गरिसकेको छ । कुल ८२ मेगावाट क्षमताका दुई आयोजना अगाडि बढाउन हकप्रद सेयर निष्कासनको तयारी गरिएको सानिमा माई हाइड्रो पावरका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले जानकारी दिए।

सो कम्पनीले २८ मेगावाटको तल्लो लिखु र ५४ मेगावाटको मध्य तमोर आयोजना बनाउनका लागि एक बराबर एक अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन पछि कम्पनीको चुक्तापुँजी रु दुई अर्ब ११ करोड ५० लाख पुग्नेछ । हाल कम्पनीको चुक्तापुँजी रु एक अर्ब पाँच करोड छ ।

लगानीको अन्य स्रोत हुँदाहुँदै पनि दुई आयोजनामा सर्वसाधारणको स्वामित्व होस् भनेर सेयर निष्कासन गर्न लागिएको आयोजनाले जनाएको छ । यसअघि सानिमाले २२ मेगावाटको माई, सात मेगावाटको माइक्याकेड र साढे २ मेगावाटको सुनकोसी साना जलविद्युत् आयोजना निर्माण गरिसकेको छ ।

१५ फागुन २०७३, रासस, ११।००

वि.सं.२०७३ फागुन १५ आइतवार ११:१८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...