back
NMB ad

सेकेण्डह्याण्ड स्वास्नी !

Kumari bank ad

 ‘श्रीपेचधारी सम्राटको वंश—शासनको पत्तासाफ त भयो । तथापि, हालीमुहाली चल्न थाल्यो, श्रीपेचविनाका सम्राटहरूको ।’

बिहानको साढे चार बजेको हुँदो  हो । साहित्यकार शेखर विलोम उपन्यासको सम्पादन र पुनर्लेखन गर्दै थिए, डेक्सटप कम्प्युटरमा । डा.दिलमायाको घरको माथिल्लो फ्ल्याट उनका लागि ज्यादै अनुकूल ठहरिएको थियो ।

शेखर अघिल्ला हरफहरूमा नजर कुदाउँदै थिए— ‘मुलुकलाई अनिर्णयको बन्दी बनाएर शासन चलाइरहेका थिए, श्रीपेचविनाका सम्राटहरूले । विवापाले केही गर्छजस्तो लागेको थियो । तर ऊ पनि संसदीय राजनीतिको पुँजीवादी चास्नीमै लटपटिँदै गयो । संसदीय व्यवस्था मान्ने दलहरू सबै फटाहा हुन् भनेर नारा लगाउँथे । धोखेबाज हुन् भन्थे । संविधानसभाको माग हाम्रो हो भनेर दावी गर्थे । गौरवशाली सर्वहारा विवापा पनि दलाल, नोकरशाही र पुँजीपति वर्गकै मतियार बन्न पुग्यो । गौरवशाली पार्टीका नाममा राताराता झण्डाहरू देखाएर तर्साइरहन्थे । राता टाउकेहरूले शहर, गाउँ जुरूक्कै उचालेका थिए ।

तर राता टाउकेहरूले देश हाँक्न सकेनन् । कमरेडहरूले वनमा कालिज मारेजस्तो सोचेका रहेछन् । तर होइन रहेछ । सत्ता हाँक्नु र गुलेली खेलाउनु आकाश—जमिनको अन्तर रहेछ, विवापालाई धेरै पछि थाहा भयो ।’

त्यसरी वरिष्ठ साहित्यकार शेखर विलोम नयाँ उपन्यासमा राजनीतिक फ्ल्यास ब्याकमा विचरण गरिरहेका थिए । महाभारतकी गान्धारीले पन्ध्र महिनामा एकसय सन्तान जन्माइदिएकी थिइन्, कौरवहरू । तर गणतान्त्रिक संविधान ? गर्भमै आएको थिएन ।

उपन्यास पुनर्लेखन गर्दागर्दै विलोमजीलाई लाग्यो, उपन्यासको शीर्षक फापेन । ‘समाप्त’ उपन्यास असमाप्तको कालो बादलभित्र रुमलिन थाल्यो, प्लेन हराएभैmँ । शेखर शीर्षक बदल्ने टुङ्गोमा पुगे । संविधान र शेखरको नयाँ उपन्यासको एउटै हविगत भइरहेको थियो । लाग्थ्यो, कब्जियतले थला परेको मानिस हो । जत्ति कने पनि बाहिर निस्कन मुश्किल ?

शेखरलाई कफीको तलतल लागेछ । नीलिमालाई भन्ने हो कि ? यही सोचेर मोबाइल हातमा लिए । फेरि मन बदलियो । उनी तलतिर ओर्लिए । उप्m ! कस्तो समयमा पुगेछन् ! बाहिरैबाट शेखरले चाल पाए । नीलिमा र युग किचेनमा चुम्मासुम्मा गर्नमा व्यस्त रहेछन् ! साहित्यकारको दिमागमा करेन्ट लाग्यो । स्तब्ध भए उनी । टक्क रोकिए । एकाबिहानै अनौपचारिक लोग्नेस्वास्नीबीच अश्लील हर्कत ? रातभरि के गरेर बसेछन् कुन्नि ? कविजीका कानसम्म यस्ता सम्वाद ठोकिन आइपुगे ।

नीलू लाडे पल्टेर भन्दै थिइन्— ‘छिः यो डाक्टर त ! शरम लाग्दैन ? अहिले कसैले देख्यो भने ? जानोस् खुरुक्क । एकाबिहानै दुष्ट काम गर्ने हो !’

— ‘देखे के हुन्छ त ?’ युगको कामुक प्रतिप्रश्न थियो । शेखरलाई द्विविधा भयो । झ्वाट्ट अगाडि गइदिऊन्,…लाईभन्दा देख्नेलाई लाज ! त्यत्तिकै फर्किऊन्, कफीको तलतलले सताइरहेको थियो । तर जोईपोइ भनौदाहरू अश्लील प्रेममा निर्लिप्त छन् !

युगले ‘च्वाप्प, च्वाप्प’ म्याइँ खाएको आवाजै सुने शेखरले । भित्तालाई चुमेका त पक्कै हैन होला ? उसो त गाला पनि एक प्रकारको भित्तै त हो नि । रमाइलो गर्न पाए भित्तो । नपाए रित्तो !

युग भन्दैछन्— ‘किन नाकनिक गरेकी मैया ? जब तिमी मेरी नै हौ भने फेरि लोकाचार किन भन त ? फेरि यो कुन नौलो कुरा भयो र ? किन हच्केकी मसँग ? प्लिज, नीलिमा ।’

— ‘छिः अचेल हजुर किन यसरी छिल्लिनु भएको होला ! यो अमेरिका हो र सबै कुरा सबै ठाउँमा फ्री हुनलाई ?’ नीलू गुनासोको पेटारो फुकाउँदै थिइन्— ‘बिहे गरिहालौँ भन्दाचाहिँ मान्नुहुन्न । आफन्तहरूसँग कट्टी भैसक्यो । समाजले पनि कुरा काटिरहेको छ । जानोस् तपाईँ । शेखर अङ्कल उठिसक्नुभयो । चिया बनाउन आउनुभयो भने…?’

एकछिन सन्नाटा !………

शेखरलाई असह्य भैसकेको थियो । सन्नाटा छाएको देखेर पाइला बढाउँदै थिए । फेरि अडिए । नीलिमा पति—प्रेमीलाई वचनवद्ध गराउँदै थिइन् । झ्याइँझ्याइँ बाजा बजाएर विवाह गर्नुपर्छ । बाघी समाजलाई देखाइदिनु पर्छ । आँट छ ? एक वेश्यासँग लगनगाँठो कस्ने मुटु छ ?

नीलूले युगलाई चुनौती नै दिइन् । युगले उही राग अलापे । नयाँ संविधान बनेको भोलिपल्टै यो घरमा औपचारिक किसिमले बेहुली भित्रिन्छिन् । र, ती बेहुली हुनेछिन्, नीलू ।

‘संविधान अभैm दस वर्ष बनेन भने ? बिह्यै नगरी सँगै सुतिरहन्छन् यिनीहरू, एउटै पलङमा ?’ शेखर मसिनु स्वरमा बरबराउन थाले— ‘आखिर कति दिनसम्म चल्छ यो ‘लिभिङ टुगेदर ?’ हैन यिनीहरू अभैm चुम्माचाटीमा लिप्त छन् कि क्या हो ?’ शेखरले अरू प्रतीक्षा गर्न सकेनन् । टुप्लुक्क पुगिहाले तिनका अगाडि । दुबै जना छक्क !

नीलूले हत्त न पत्त गाला छोपिन् । शेखरले केही पनि पत्तो नपाएभैmँ गरे । कफीको कुरा गरे । युगले लोकाचार पार्न कस्तो जानेका । हजुरकी नीलिमाले ल्याइदिइहाल्छिन् नि भन्दै कोठातिर टाप कसे । नीलू कफीको सुरसार गर्न लागिन् । शेखरका आँखा छलेर जुठो गाला सारीको आँचलले पुछिन् । नाइटो पनि छोपिन् । शेखर आफ्नै कोठातिर उक्लिए । कम्प्युटर खुल्लै थियो । अघि किचेनबाहिरबाट अनुभव गरेको घटनालाई उपन्यासको एक परिच्छदमा घुसाइदिए ।

कफी लिएर युगको प्रवेश भयो । उनले कफीको कप शेखर अङ्कलको हातमा दिए । कफीको सुर्को लगाउनुभन्दा पहिले शेखरले कुण्ठा ओकले— ‘अघि तिमीहरू भान्सामा के चर्तिकला देखाउँदै थियौ ? नढाँटी भन त ।’

— ‘ह्या अङ्कल पनि…!’ झिँझिँदै युगले कुरा छल्न थाले— ‘लोग्नेस्वास्नीबीचमा केके चल्छ, चल्छ नि बूढा । यद्यपि, अघि हामीले कुरा मात्र गरेका थियौँ । अङ्कलकी नीलिमालाई सिन्दूरपोते लगाउने रहर रहेछ, चाँडै झ्याइँ पारौँ भन्छिन् । खैर, यो कुरालाई यहीँ थाती राखौँ शेखर अङ्कल । बरू यो भन्नोस् कि यो डा.युगको फार्महाउस हेर्न कहिले सवारी हुन्छ ? अब त हजुर पनि यो घरको सदस्य भइसक्नु भयो । मेरो अर्गानिक खेतीबारे पनि जानकारी त हुनु प¥यो नि अङ्कल ।’ उनले धरपकड गरिरहे ।

— ‘संविधान बनेपछि । हा..हा…हा…।’ शेखरले ठट्टाको हाँसो उडाए । डा.युग लाजले भुतुक्कै भए । यस्तैमा नीलू आइपुगिन् । उनको हातमा बिस्कुटले भरिएको प्लेट थियो । उनले पनि लोकाचार पारिन् । कारण उही हो, बिस्कुट ल्याउन अलि विलम्ब भएको थियो । शेखरले प्लेट हातमा लिएर एकातिर राखे । कफी पिउने क्रम चलिरह्यो । उनी सोचिरहेका थिए, उनले भावनालाई गरेको माया पुरानो भयो । युग र नीलूको नयाँ । अत्याधुनिक प्रेम ! नयाँ सहस्राब्दिको प्रेम । हाइब्रिड जमानाको प्रेम ।

साहित्यकार तथा गीतकार शेखरको मगजमा एक गीत खोपिइरहको थियो । अहिले प्रकट भइ मनैमन छरियोे—

‘तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको
तिमीप्रति चाहना जुन मेरो सधैँ चोखो…।’ आदि ।

युग तलतिर गइसकेका थिए । नीलूले शेखर अङ्कलको एकाग्रतालाई भत्काइदिइन् । शेखरको अभिनय हेर्न लायकको थियो । केही नसोचेको बहाना पार्दै हाँसिरहे । मन परेकी महिला पात्र नीलिमा ! साहित्यकारजी उपन्यासको कथालाई अनायासै टुइस्ट गर्न चाहन्थेनन् । उनको ध्यान उपन्यासतिरै मडारिइरहेको थियो । नीलिमा शेखरलाई केही भन्न खोजिरहेकी थिइन् । तर भन्न सकिरहेकी थिइनन् । शेखरले अनुमति दिए । मनको कुरा खुलस्त भन्दा के फरक प¥यो र । नीलूले सुझाव दिइन्, शेखर अङ्कलले यो उपन्यास कतै टाढा र एकान्तमा गएर पूरा गरून् । नीलिमाको विचार र शेखरको सोचाइ ठ्याम्मै मिलेछ । शेखर केही दिनका लागि कलेजबाट बिदा लिने सुरमा रहेछन् । उनकी प्रिय महिला पात्रले समेत सुझाव दिइन् । उनले नमान्ने कुरै भएन । तर आजचाहिँ अर्गानिक कृषि फार्म हेर्न जाने निश्चय गरिसकेका थिए । शेखरले नीलिमालाई पनि लैजान चाहेका थिए । तर उनी केही नबोली बाहिर निस्किइन् ।

chalkhel second hand wife sagarmani thapa 1

(सागरमणि थापाको उपन्यास ‘चल—खेल’ को एक भागबाट साभार)
क्रमशः….

प्रकाशित मितिः २०७४ असोज १०

वि.सं.२०७४ असोज १० मंगलवार ०८:०५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...