back
NMB ad

एसइई परीक्षा सुरु, नियम उल्लंखन गरे १ लाख जरिवाना ६ महिना कैद

Kumari bank ad

काठमाण्डौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा आजदेखि देशभर एकैसाथ सुरु भएको छ। परिक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ। ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा छन्।

माध्यमिक शिक्षा परीक्षाको लागि देशभर कुल १ हजार ९ सय २३ केन्द्र निर्धारण गरिएको छ । परिक्षाका नियम उल्लंघन गरेमा १ लाख रुपैयाँ जरिवाना र ६ महिना जेल वा दुवै सजाय हुन सक्ने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष,निरीक्षक र कार्यालय सहायक गरी ६७ हजार ५ सय ९१ कर्मचारी खटाइएको छ। परीक्षा नियन्त्रक रेग्मीका अनुसार चैत ४ गते अनिवार्य नेपाली, ६ गते अनिवार्य गणित, ७ गते अनिवार्य विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्धितिय विषयको परीक्षा संचालन हुनेछ। विभिन्न प्राविधिक विषय समेत गरी चैत्र १४ गतेसम्म परीक्षा संचालन हुने परिक्षा निणन्त्रण कार्यालयले जनाएको छ।

यसअघि कक्षा १० लाई एसएलसी परीक्षा भनिएकोमा नयाँ व्यवस्था अनुसार कक्षा १२ मा मात्रै एसएलसी परीक्षा हुने भएकाले बिहीबार परीक्षा दिएका विद्यार्थीले २ वर्षपछि फेरि कक्षा १२ मा एसएलसी दिनुपर्ने छ।

३ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत ३ बिहीवार १३:३२ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...