काठमाण्डौं । सेती फाईनाइन्सले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस दिने भएको छ । यो बोनस फाईनाइन्सको आगामी साधारणसभाबाट पारित भई राष्ट्रबैंकले अनुमोदन गरेपछि सेयरधनीले प्राप्त गर्नेछन् ।
फाईनाइन्स सञ्चालक समितिले ५७ लाख १० हजार आठ सय रुपैंयाँ बराबरको ५७ हजार एक सय कित्ता बोनस प्रस्ताब गरेको हो । त्यस्तै कम्पनीले कर प्रयोजनका लागि तीन लाख १६ हजार ३८७ रुपैंयाँ ८१ पैसा नगद लाभांशको पनि प्रस्ताव गरेको छ ।
टिकापुर कैलालीमा कार्यालय रहेको फाइनाइन्सको ६ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । फाईनाइन्सले पुस पाँचसम्म एक सय पचास प्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पूँजी १५ करोड ८६ लाख पुगेको छ । फाईनाइन्सले गत आर्थिक बर्षमा सेयधनीलाई १४ प्रतिशत बोनस प्रदान गरेको थियो ।
२६ पुस २०७३, ११।००
वि.सं.२०७३ पुस २६ मंगलवार १२:०२ मा प्रकाशित