back
NMB ad

सेयर बजार : कुवाबाट समुद्रमा परिणत हुँदै, लगानीको सही समय यही !

Kumari bank ad

वाणिज्य बैंकको प्रशंगमा राष्ट्र बैंकको मौद्रिक नीति अन्तरगत बैंक र वित्तीय संस्थाको पूँजी अनिवार्य रुपमा ४ गुणाले बढाउनु पर्ने व्यवस्था नेपालको प्रगतीको लागि अत्यन्त जरुरी थियो । सोही अनुरुप २०७४ साल असार मसान्त भित्रमा तोकिएको पूँजी बिस्तार गर्नका लागि बोनस, हकप्रद र नयाँ सेयर निष्काशन भैरहेका छन् । बैंक र वित्तीय संस्थाहरुको प्रति सेयर आम्दानी नघटोस भन्नका लागि सबै बैंकहरुले व्यवशाय बिस्तारका क्रममा देश भरीमा १ सय २० भन्दा बढी शाखाहरु बिस्तार गरिसकेका छन् भने धमाधम अरु शाखा पनि बिस्तार हुने क्रम जारी नै छ ।

बैंकहरुले म्युचुअल फण्ड, माइक्रोफाइनान्स र शेयर रजिष्ट्रार लगायत क्षेत्रमा पनि काम गरिरहेका छन्, यो क्षेत्रमा बैंकहरुले हात हाल्ने क्रम पनि बढ्दै छ । यसले पनि बैंकहरुको आम्दानीलाई वृद्धि गर्न टेवा पुर्याइरहेको छ । फेरी वाणिज्य बैंकहरुलाई स्टक ब्रोकरको जिम्मेवारी पनि दिने सन्दर्भमा बहस चलिरहेका छन् र यो छिट्टै निष्कर्षमा पुग्दैछ । यसरी बैंकहरुले आफ्नो क्षमता र प्रभावकारिता अनुसार काम गर्ने प्रकृतिमा बढोत्तरी गरि समग्र मुलुकको अर्थतन्त्रलाई नै टेवा पुग्ने क्षत्रमा लगानी अभिवृद्धि गरिरहेका छन् ।

यसको फलस्वरुप बैंकहले गरेको प्रगती गत आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विबरणदेखि नै देखिन थालि सकेको छ । जहाँ बैंकहरुको प्रतिशेयर आम्दानी पनि पूँजीसंगै बढेर लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्ने क्षमता बनाएका छन् ।

आजको दिनमा पनि म भन्न चाहन्छु कि वाणिज्यहरुको शेयर मुल्य अझै पनि अण्डर भ्याल्युड छ । यस अर्थमा आजको दिनमा बैंकहरुको सेयरमा लगानी गर्नु सुरक्षित छ भन्ने मेरो बुझाई हो । यसको आधार के हो भने आज लगानी गर्दा लगानीकर्ताले वार्षिक १० प्रतिशतको व्याजदर, वार्षिक मुद्रा अवमुल्यनको दर औसतमा पाँच छ प्रतिशत जोडेर हुने खर्च भन्दा पनि बैंकहरुमा गरेको लगानीले दिने प्रतिफल उच्च हुन्छ । यसमा अलिकति पनि शंका नगर्दा हुन्छ ।

त्यस्तै बीमा क्षेत्रमा जीवन र निर्जीवन बीमा कम्पनीहरु दुवैको पूँजी अत्यन्त कम छ । राष्ट्र बैंकले जस्तै बीमा समितिले आगामी दिनमा पूँजी वृद्धि गर्दा जीवन बीमा कम्पनीको ५ अर्ब र निर्जीवन बीमा कम्पनीको ४ अर्ब बनाउन आवश्यक प्रकृया अघि बढाएको अवस्था छ । यसमा अलिकति थपघट हुन सक्ने आधारहरु पनि छन् । र बीमा क्षेत्रमा पनि शंका गर्नु पर्ने अवस्था छैन ।

नेपालमा निर्जीवन बीमा कम्पनीको संख्या जम्मा डेढ दर्जनको हाराहारीमा मात्र छ । यी कम्पनीहरुको पूँजी हेर्दा औसतमा ३० करोडदेखि ३५ करोडको हाराहारीमा रहेको देखिन्छ । यस आधारमा डेढ दर्जन निर्जीवन बीमा कम्पनीहरुको पूँजीलाई जोडेर हेर्ने हो भने जम्मा ५ अर्ब ५० करोड जति पूँजी लगानी भएको छ । यो अहिलेको एउटा वाणिज्य बैंकको हाराहारीको रकम मात्र हो । अहिलेको व्यवस्था अनुसार नयाँ बीमा कम्पनी स्थापना गर्न पनि नपाउने व्यवस्था छ । भनाईको तात्पर्य यो हो कि, नेपालको बीमा व्यवशायमा अब अहिलेका कम्पनीको हिस्सा खोस्न थप नयाँ कम्पनी आउने छैनन् ।

भुकम्प पछि कतिपय क्षेत्रमा बीमालाई अनिवार्य गराइएको छ । यसले बीमा कम्पनीहरुको व्यवशाय पनि निरन्तर बढेको देखिन्छ भने आगामी दिनमा पनि यसले निरन्तरता पाउने अवस्था छ । यसरी बढेको बीमा व्यवशायबाट आउने प्रतिफल कम्पनीका लगानीकर्ताले पनि पाउँछन् भने हकप्रद र नयाँ सेयर निष्काशनबाट कम्पनीहरुले पूँजी बिस्तार गर्नु पर्ने हुन्छ ।

त्यसै गरि जीवन बीमा कम्पनीहरुको संख्या छ सात वटा मात्र छ । उनीहरुको पनि चुक्ता पूँजी थोरै छ । नेपालको कुल जनसंख्याको तीन चार प्रतिशत जनसंख्याले मात्र जीवन बीमाको सेवा लिइरहेका छन् । जबकी यो जीवन बीमा दर छिमेकी मुलुक भारतमा २० प्रतिशत भन्दा माथि छ । यस आधारमा पनि जीवन बीमा क्षेत्रको सम्भावना अधिक भएकाले कम्पनीहरुले क्षमता तथा पूँजी बिस्तारका लागि बोनस, हकप्रद, नयाँ सेयर निष्काशनका प्रकृयालाई निरन्तरता दिंदै जान्छन् यो संगै उनीहरुको व्यवसाय बिस्तार पनि तिब्र हुने कुरालाई नकार्न सकिन्न ।

आउने पाँच छ वर्षमा बीमा क्षेत्रले अहिलेको भन्दा धेरै प्रगती गरिसकेको हुनेछ भने अहिलेको भन्दा धेरै जनसख्या बीमा सेवाको पहुँच भित्र आइसकेको हुनेछ । यसमा छोटो समयका लागि र लामो समयका लागि लगानीकर्ताले गर्ने लगानीले उच्चतम प्रतिफल पाउँछन्, यो कुरा पक्का हो । अब अहिले १ दिन बजारमा सामान्य संकुचन आयो भनेर किन आत्तिने ?

यदि अहिलेकै सन्दर्भमा कुरा गर्ने हो भने लगानीकर्ता जुन लक्ष्य लिएर बजारमा प्रवेश गरेका छन्, उनीहरु रित्तोहात बाहिरिन खोज्दै छन् । किनभने गत आर्थिक वर्षको सुचिकृत कम्पनीहरुले लगानीकर्तालाई बितरण गर्ने प्रतिफलको प्रसंग सुरु हुँदै गर्दा ती लगानीकर्ता बाहिरिन खोज्नु अनि आत्तिनु भनेको हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै हो । किनकी आज सेयर बेचेर निस्कियो, भोलि सबै कम्पनीको लाभांसको कुरा आउन थाले पछि बजारले फेरी आफ्नो स्थान बनाउने छ, अनि जो अहिले बाहिरिन चाहन्छन् उनीहरुलाई बल्ल पछुतो हुनेछ ।

चौथो त्रैमासिक वित्तीय विबरण निकालेका झण्डै दर्जन वाणिज्य बैंक, २ दर्जन बढी विकास बैंक, फाइनान्स कम्पनीको वित्तीय विबरणले अहिले बजार झर्नु पर्ने कुनै आधार देखाउँदैन, बरु उल्टै उनीहरु विगतको भन्दा उच्चतम प्रतिफल दिन सक्ने आधार बनाएर उदाइ रहेका छन् । यस आधारमा पनि गत आर्थिक वर्षको बोनसले मात्र पनि अहिलेको बजारलाई यथास्थानमा राख्न सक्छ भन्ने मेरो बुझाई हो र बीमा कम्पनीहरुको हकमा पनि यो कुरा लागु हुन्छ । अहिले त एक सातामा बजार झण्डै ११ प्रतिशतले मात्र करेक्सन भएको छ, यहि अवस्थामा अब बजार अडिन सक्ने हो भने पनि सुचिकृत कम्पनीहरुले औसतमा २५ प्रतिशतको हारहारीमा लगानीकर्तालाई प्रतिफल दिन सक्छन् र त्यो बेला फेरी नेप्सेले ऐतिकासिक रेकर्ड बनाउने निश्चित ।

अहिलेको सेयर बजार कुवाबाट समुद्रको रुपमा परिणत भैसकेको छ । गागर सागरमा परिणत भैसकेको छ । पहिले हजारको संख्यामा सिमित रहेका लगानीकर्ताको संख्या अहिले लाखौंमा पुगिसकेको छ । माझिले चिच्याउँदैमा उर्लिएर आएको बाढी रोकिन्न, किनकी अहिले नेपालको शेयर बजार दशक पहिलेको भन्दा धेरै आधुनिक र आकारका हिसाबले पनि बिशाल भैसकेको छ ।

हाम्रो छिमेकी मुलुक भारतको सेयरको सुचांक २ सय देखि ३ सयको हारहारीबाट बढेर आजको दिनमा २७ हजार अंकभन्दा माथि पुगेको छ । त्यसै गरि दक्षिण एशियाली मुलुकका बंगलादेश, श्रीलंका लगायत मुलुकमा पनि सेयर बजार परिसुचक ४ हजार ५ सय अंकभन्दा माथि छन् । यदि नेपालको सेयर बजारको उचाई तोकेर कति अंकमा गएर बस्नु पर्ने भन्ने आधार सहितको जवाफ कोहीसंग छ भने बजार घट्नु र बढ्नुको पनि उसले प्रष्ट जवाफ दिन सक्नु पर्छ । हैन भने धितोपत्र बोर्डले पनि सोमबार एकाएक किन लगानीकर्तालाई हतोत्साहित नहुन आग्रह गर्दै विज्ञप्ती निकाल्यो त ? उसले पनि भनेको छ कि बजार घट्नु पर्ने कुनै कारण छैन, तर बढ्नका लागि गत आर्थिक वर्षको प्रतिफल काफी छ ।

वास्तविकता यहि हो कि बजार कति बढ्ने भन्ने कुरालाई कसैले अन्दाज गर्न सक्दैन, बिना कुनै कारण अचानक बजार घट्दा बोर्डले अन्तिम समयमा चासो देखाउनु सकरात्मक छ, लगानीकर्ताले पनि किन बजार घट्यो त ? यसको खास कारण के हो भनेर वास्तविकता त बुझ्न पर्छ । मेरो भनाई यत्ति हो कि अहिले बजार कुनै कारणले घटेको हैन, धितो पत्र बोर्डले पनि विज्ञप्तीबाट यस्तै भनेको छ । लगानीकर्ता आत्तिनु पर्ने कुनै जरुरत छैन । अहिले घटेको बजार पनि अब आउने प्रतिफलले रिकभर गर्न सक्छ आत्तिनु पर्ने कुनै काराण छैन, बरु सस्तोमा सेयर किन्ने मौका पाउनु भएको छ, यसको सदुपयोग गर्नुहोस् ।

छोटेलाल रौनियार, २५ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन २५ मंगलवार १३:०० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...