back
NMB ad

सेयर बजार : ‘एभ्री ट्रेण्ड इज योर फ्रेन्ड’, तपाई कत्तिको मान्नुहुन्छ ?

Kumari bank ad

काठमाण्डौं । सेयर बजारमा एउटा भनाई छ, ‘एभ्री ट्रेण्ड इज योर फ्रेन्ड’ अर्थात् बजारको जुनै प्रवृत्ति पनि तपाईको साथी हुन सक्छ ।
यसपटक पनि त्यही भएको छ । बजारमा अहिले बजार घट्नै पर्छ भन्ने एकथरी छन् बजार बढ्नै पर्छ भन्ने अर्काथरी अतिवादी रुपमा वकालतमा लागेका छन् । सामाजिक सञ्जालमा यो बिषयमा लिएर यी दुई पक्ष कोको होलो मचाई रहेका छन् । तर, यसबीच बजारमा खेल्न जानेका लगानीकर्ताहरु भने यसलाई पनि अवसर बनाइरहेका छन् ।

दुईथरीका फेसबुके अन्तरक्रियाका बीच सेयर लगानीकर्ता तथा विश्लेषक रविन्द्र भट्टराईले गत फागुन ३ गते फेसबुकमै लेखे : बजार किन घट्यो भनेर बिश्लेषण गरेर धेरै समय विताउनुभन्दा बजारले कस्तो अवसर दिदैछ भनेर त्यसको विश्लेषण गरेर फाइदा लिने तयारी गर्नु राम्रो हुन्छ ।

बजारको पछिल्लो तथ्यांक प्रस्तुत गर्नुअघि नेप्सेको उतार चढावलाई हेर्दा यो सुचक दुई पटक १३ सय मुनि पुगेर फर्केको देखिन्छ । यहाँ अधिक लगानीकर्ताको मनोविज्ञान नेप्से १३ सय मुनि झर्नु पर्ने अवस्था छैन् भनेर रहेको देखिन्छ । यही कारण १३ सय मुनिको बिन्दुलाई नेप्सेले पनि दरिलो टेवा बनायो । पहिलो पटक नेप्से १२५२ बाट फर्केर १३६९ मा आइपुग्दा लगानीकर्ताले केही कम्पनीमा २० प्रतिशतसम्म प्रतिफल निकाल्न भ्याए ।

दोस्रो पटक १२९९ बिन्दुमा पुगेर आइतबारसम्म १३८१ मा आइपुग्दा लगानीकर्ताले यसपटक ३३ प्रतिशतसम्म लाभ पाएका छन् । १० प्रतिशतभन्दा माथी प्रतिफल पाउँने कम्पनीको संख्या नै ३१ व्टा रहेका छन् । १० भन्दाकम र ५ प्रतिशतभन्दा बढि प्रतिफल मिलेको कम्पनीको संख्या नै २२ वटा छ ।

यसबीच याद राख्नु पर्ने कुरा के छ भने एकाध कम्पनी जसमा ठुला लगानीकर्ता छन्, तिनमा नियोजित रुपमा पनि मूल्य उच्च बनाइएको भने छ । आइतबार एकै दिन उच्चले वृद्धि भएको कारण पनि केही कम्पनीको समग्रमा निकै उच्च प्रतिफल देखिएको छ । त्यसबाहेक कतिपय कम्पनीको हकप्रद, नयाँ सेयर लगायतका खबरले पनि मूल्यलाई भने प्रभाव गरेको भने देखिन्छ ।

तर यसबचि याद गर्नै पर्ने कुरा के हो भने बजारमा सबैबाट नाफा मात्र हुँदैन् । यो अवधिमा १२ कम्पनीको मूल्य २ प्रतिशतदेखि ५१ प्रतिशतसम्म घटेको पनि छ । यसमा केही कम्पनीको भने बोनस तथा हकप्रद समायोजनले पनि मूल्य उच्च घटेको हो । यस्तोमा प्राप्त हुने बोनस वा हकप्रदबाट केही घाटा परिपुर्ती भएको वा नाफा नै भएको अवस्था पनि हुन भने सक्छ । यसबाहेक बजार भनेको जोखिममुक्त क्षेत्र भने होइन त्यसैले कम्पनी वा सेयर प्रवृत्ती नबुझिकन लगानी गर्दा भने घाटामा पर्न सकिने सम्भावना नकार्न सकिदैन् ।

 


७ चैत २०७३, अनलाईनखबर, ११।००

वि.सं.२०७३ चैत ७ सोमवार ११:१७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...