back
NMB ad

अबदेखि सेयर खरिदविक्री गरेको रकम तथा सेयर दुई दिनभित्रै बुझाउनुपर्ने

Kumari bank ad

काठमाडौ । सेयर खरिद गर्दा वा बिक्री गर्दा कारोबार गरेको दुई कार्य दिन भित्रै रकम तथा सेयर बुझाउनु पर्ने भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लि.ले बुधबार (असार २१ गते)देखि लागू हुने गरी धितोपत्र कारोबार भएको दुई कार्यदिनभित्र धितोपत्र बिक्री गर्ने लगानीकर्ताहरुले धितोपत्र तथा खरिद गर्ने लगानीकर्ताहरुले धितोपत्र खरिद बापतको रकम बुझाईसक्न निर्देशन जारी गरेको हो ।

तोकिएको समयावधी भित्र आफ्नो दायित्व पूरा गर्न नसकी कारवाहीमा परेमा सम्बन्धित लगानीकर्ता आफैँ नै जिम्मेवार हुने भन्दै कम्पनीले आफ्ना ग्राहकहरुलाई सोही बमोजिम आफ्नो दायित्व पूरा गर्न गराउन सम्बन्धित पक्षलाई आह्वान गरेको छ । कम्पनीले विज्ञप्तिमार्फत राफसाफ सदस्यहरु तथा निक्षेप सदस्यहरुले समेत लगानीकर्ताहरुलाई मर्का नपर्ने गरी कार्यविधिमा तोकिए बमोजिम आफ्ना दायित्व पूरा गर्न पनि निर्देशन दिएको छ ।

राफसाफ सदस्यहरु तथा निक्षेप सदस्यहरुको लापरवाहीले गर्दा लगानीकर्ताहरुलाई क्षति हुन गएमा सम्बन्धित पक्ष नै सोको जिम्मेवार हुने सिडिएससिले प्रष्ट पारेको छ ।

1 2
प्रकाशित मितिः २०७४ आर २१

वि.सं.२०७४ असार २१ बुधवार १४:३२ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...