back
NMB ad

आफ्नो सेयर आफैंलाई बिक्री गरी मूल्य घटाएर सेयर किन्नेहरु प्रति सचेत बन्नुहोस् !

Kumari bank ad

हरिशरण न्यौपाने । तपाईले वाससेल भन्ने सुन्नुभएको छ । सुन्नुभएको छ वा छैन । यदि सुन्नुभएको छैन भने पनि ध्यान दिनुहोस् । वाससेलले आफूसँग भएको सेयर आफ्नो परिवार, नातेदार वा साथीभाईको नाममा बिक्री गर्छ ।

यसो भनिरहँदा यो कुनै बिक्री पनि होईन । तर यो कारोबार भनेको आफुसँग भएको सेयर आफैंलाई बिक्री गर्नु बराबरको कारोबार हो । अब बुझ्नुस्, वाससेलमा कुनैपनि लगानीकर्ताले एकै दिनमा एउटै कम्पनीको सेयर एकै मूल्यमा वा फरक मूल्यमा बराबर संख्यामा किनबेच गर्ने गर्दछ ।

तपाईलाई खुल्दुली लाग्नसक्छ, किनहोला लगानीकर्ताले एकै दिनमा एउटै कम्पनीको सेयर एकै मूल्यमा वा फरक मूल्यमा बराबर संख्यामा किनबेच गरेको भनेर ? फेरी पनि बुझ्नुस्, यसरी किनबेच गर्नुको उदेश्य कम्पनीको सेयरको ब्यापक कारोबार भएको अर्थात् मूल्य घटबढ भएको देखाउनु हो ।

यतिमात्रै होईन यसो गर्नुको अर्काे उदेश्य पनि छ । त्यो भनेको कम मूल्यमा कारोबार गराई घाटा देखाउनु र उक्त घाटालाई नाफामा घटाई कर छुटको फाईदा लिनु पनि हो । यतिले मात्रै यसको उदेश्य पुरा भएको छैन । यस्तै अर्काे उदेश्य पनि छ त्यो हो, कम मूल्यमा आफ्नो सेयर आफैंलाई बिक्री गरी बजारमा मूल्य घटेको देखाउने र सस्तो मूल्यमा थप सेयर खरिद गर्नु हो ।

तपाईलाई लाग्न सक्छ के नेपालमा यस्ता गतिबिधी हुन्छन् होला त ? जो गैर क्रियाकलापमा सक्रिय छन्, उनीहरुबाट यस्ता गतिबिधीको कमी छैन । त्यसैले सेयर बजारमा तपाई हरदम सचेत बन्नु जरुरी छ ।

प्रकाशित मितिः २०७३ मंसिर ४

वि.सं.२०७३ मंसिर ४ शनिवार १६:२८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...