काठमाण्डौं । निर्जिबन बिमा क्षेत्रको अग्रणी कम्पनी शिखर ईन्स्योरेन्सले आफ्ना लगानीकर्ताहरुको लागि घोषणा गरेको ६० प्रतिशत बोनस सेयर सुरक्षित गर्न सेयर किन्ने आज अन्तिम दिन हो ।
भोलिबाट साधारणसभाका लागि कम्पनीले आगामी पुस ८ गतेसम्मका लागि सेयर धनी दर्ता पुस्तक बन्द गर्दैछ । कम्पनीको १२ औं साधारणसभा पुस ८ गते हुँदैछ । सो अवसरमा कम्पनीले सर्बसाधारणको हिस्सा ४० प्रतिशत पुर्याउन १० प्रतिशत थप नयाँ साधारण सेयर (एफपीओ) जारी गर्ने प्रस्ताव पनि गरेको छ ।
५० करोड ९८ लाख ९७ हजार ३ सय रुपैंया चुक्ता पूँजी रहेको कम्पनीको ६० प्रतिशत बोनस बितरण पश्चात चुक्ता पूँजी ८१ करोड ५८ लाख ३५ हजार रुपैंया पुग्नेछ ।
२३ मंसिर २०७३, ११।००
वि.सं.२०७३ मंसिर २३ बिहीवार १६:४२ मा प्रकाशित