back
NMB ad

बैंकको एक लाख ५८ हजार पाँच सय १७ कित्ता सेयर बजारमा, ३९ प्रतिशत बोनस पनि पाइने

Kumari bank ad

काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडको एक लाख ५८ हजार पाँच सय १७ कित्ता सेयरको लिलामी बिक्री खुलेको छ । बैंकले गत कात्तिक ११ गते देखि मंसिर १५ गतेसम्म जारी गरेको हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा राखेको हो ।

बोलकबोल आवेदन फारम बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल अनामनगरका साथै सिद्धार्थ बैंकको केन्द्रीय कार्यालय हात्तिसारबाट समेत प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

बोलकबोल माघ १७ गते कार्यालय समयसम्म गर्न सकिनेछ भने माघ १८ गते दिउँसो ३ बजे सिद्धार्थ क्यापिटलमा बोलकबोल खोलिने बिक्री प्रबन्धकले जनाएको छ । बोलकबोलबाट सेयर किन्न ईच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ अंकित गरि सोभन्दा धेरै मुल्य तोकेर बोलपत्र फारम बुझाउन सक्नेछन् ।

साथै बैंकले गत आर्थिक बर्षको नाफाबाट प्रदान गर्ने ३९ प्रतिशत बोनस र साधारणसभा प्रयोजनका लागि माघ २० गतदेखि सेयरधनी पुस्तिका बन्द गर्ने भएको छ । बैंकले फागुन ५ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । साधारण सभाले ३० प्रतिशत हकप्रदको प्रस्ताव समेत पारित गर्देछ । लिलामीबाट सेयर सकार्नेले पनि बैंकको बोनस पाउनेछन् ।

११ माघ २०७३, १।००

वि.सं.२०७३ माघ ११ मंगलवार १३:५८ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...