back
NMB ad

किन थपियो सिरहामा ६ वटा मतदान केन्द्र थप ?

Kumari bank ad

लहान । आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि सिरहामा छ वटा मतदान केन्द्र थप गरिएको छ ।

गत असोज २ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा ४३१ मतदान केन्द्र कायम भएको सिरहामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख इन्दिारा यादवले जानकारी दिए । योसँगै सिरहामा अव मतदान केन्द्रको संख्या ४३६ पुगेको छ ।

यहाँ रहेका मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्र खारेज गरिएको छ भने स्थानीय तहकै निर्वाचनका बेला कायम भएको २३० वटा मतदान केन्द्र अहिले पनि कायम रहेको प्रमुख यादवले बताए ।

पछिल्लो पटक सिरहा नगरपालिका–१७ मा, लहान नगरपालिकाको वडा नं ३, गोलबजार नगरपालिका–२, औरही गाउँपालिकाको वडा नं ३, अर्नमा गाउँपालिका– ३ र नरहा गाउँपालिका–नं १ मा मतदान केन्द्र थप गरिएको तथा कल्याणपुर नगरपालिका– ६ को कटटहा मतदान केन्द्र खारेज गरिएको हो ।

प्रतिनिधिसभाका लागि चारवटा र प्रदेशसभाका लागि आठवटा निर्वाचन क्षेत्र रहेको सिरहामा पुरुष एक लाख ८४ हजार १०१, महिला एक लाख ६० हजार २६७ र दुई तेस्रो लिंगी गरी तीन लाख ४४ हजार ३७० मतदाता रहेका छन् । रासस

प्रकाशित मितिः२०७४ कार्तिक १५

वि.सं.२०७४ कात्तिक १५ बुधवार १३:२९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...