back
NMB ad

दुईमध्ये तपाईसँग कुन बैंकको सेयर छ ? क्रमशः८०% र ५०% हकप्रद आजबाट खुल्यो !

Kumari bank ad

काठमाडौ । तपाईसँग सिन्धु विकास बैंक लिमिटेड वा काबेली विकास बैंक लिमिटिेड कुन बैंकको सेयर,यी दुई बैंकले क्रमश: ८० प्रतिशत र ५० प्रतिशत हकप्रद सेयर आज अर्थात् भदौ १८ गते आईतबार देखि खुल्ला गरेका छन् ।

सिन्धुले १०० रुपैंया अंकित २० लाख ९७ हजार ५ सय ४० कित्ता अर्थात २ करोड ९ लाख रुपैंया बराबरको हकप्रद निष्काशन गरेको हो । बैंकको हकप्रद बिक्री तथा निष्काशनको काम एनआइबीएल लिमिटेडले गर्नेछ । बैंकको हकप्रद भर्ने अन्तिम म्याद असोज २१ सम्म रहेको छ ।

सिन्धुको हकप्रदमा भदौ ७ सम्म कायम भएका सेयरधनीले भाग लिन पाउनेछन् । हकप्रद निष्काशनपछि सिन्धुको चुक्तापुँजी ४७ करोड १९ लाख पुग्नेछ । हाल बैंकको चुक्तापुँजी २६ करोड २१ लाख रुपैंया रहेको छ ।

हकप्रद भर्न चाहने सेयरधनीहरुले एनआईबिएल क्यापिटल मार्केट्स,लाजिम्पाट,सिन्धु विकास बैंकका सबै शाखा कार्यालयका साथमा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय चिप्लेढुँगा पोखरा, विराटनगर, वीरगञ्ज, नारायाणघाट, बुटवल, नेपालगञ्ज र धनगढीबाट पनि आवेदन दिन सकिनेछ ।

यता काबेली विकास बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ५० लाख ४८ हजार रुपैयाँ बराबरको तीन लाख ५० हजार आठ सय ८० कित्ता सेयर निष्काशन गर्नेछ । उक्त सेयरमा साउन १९ गतेसम्म कायम सेयरधनीले असोज २२ गतेसम्म आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

हकप्रद भर्न चाहने सेयरधनीले ग्लोबल आइएमई क्यापिटल जमल, काबेली विकास बैंकका केन्द्रिय तथा शाखा कार्यालयहरु, ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु वीरगञ्ज, इटहरी, जनकपुर, चितवन, पोखरा, नेपालगंज, बुटवलमा हकप्रदका आवेदन दिन पाइनेछ ।

५० प्रतिशत हकप्रद बिक्रीपश्चात बैंकको चुक्तापूँजी करिब दश करोड ५२ लाख रुपैयाँँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ भदौ १८

वि.सं.२०७४ भदौ १८ आइतवार १०:१५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...