काठमाडौं । सिन्धु विकास बैंकको ७ लाख ८ हजार ९७५ कित्ता सेयर लिलाममा आवेदन खुलेको छ । बैंकले ५ लाख ८७२ दशमलव ४० कित्ता संस्थापक र एक लाख ४२ हजार १०२ कित्ता साधारण सेयर लिलामीमा निकालेको हो ।
लिलामीका लागि बैंकले एनआइबिएल क्यापिटल मार्केट्सलाई बिक्री प्रबन्धक तोकेको छ ।
लिलामी सेयरमा विक्री प्रबन्धकको कार्यालयलाजिम्पाट, शाखा कार्यालयहरु लगनखेल, ललितपुर र चिप्लेढुंगा पोखराबाट आवेदन समेत आवेदन दिन सकिने छ ।
त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, बुटवल, नारायणगढ र धनगढी शाखा कार्यालयबाट पुस १२ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।
प्रकाशित मिति : ५ पुस २०७४
वि.सं.२०७४ पुस ५ बुधवार १२:२५ मा प्रकाशित