back
NMB ad

भोलिबाट सुरु हुने एसएलसीमा हट्यो फलामे बार !

Kumari bank ad

भक्तपुर । यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षा देशभर भोलि बिहीबार बिहान ८ बजेबाट सुरु हुँदैछ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन विद्यार्थी, अभिभावक, शिक्षक र राजनीतिक दलका प्रतिनिधि एवम् सबै सरोकारवालालाई आग्रह गरेका छन्।

यस पटक परीक्षामा कुल छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुने भएका छन्। जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र ‘एक्ज्याम्टेड’तर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुनेछन् ।

यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ जना परीक्षार्थी सहभागी हुने छन्। सबैभन्दा बढी काठमाडौँमा ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिने छन्। परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरेको छ।

एसएलसी परीक्षा भोलि चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ। जसअनसार चैत १८ गते अङ्ग्रेजी, चैत १९ गते नेपाली, चैत २१ गते गणित, चैत २२ गते विज्ञान, चैत २३ गते सामाजिक, चैत २४ गते स्वास्थ्य तथा जनसङ्ख्या, चैत २५ गते ऐच्छिक प्रथम, चैत २६ गते ऐच्छिक द्वितीय, चैत २७, २८ र २९ गतेसम्म भने प्राविधिक विषयको बाँकी विषयको परीक्षा हुनेछ ।

गत वर्ष चैत ५ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको परीक्षा यस वर्ष भने तराई आन्दोलनका कारण १३ दिन ढिलो सुरु हुने भएको हो।

कार्यालयले यस वर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीलाई परीक्षा सकिएकै दिन उनीहरुको परिचयपत्र वितरण गर्ने भएको छ। एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्दा विद्यार्थीको नामथर, जन्ममिति, ठेगाना, अङ्ग्रेजी हिज्जे र परीक्षा दिएको विषय गल्ती कम गर्न परीक्षार्थीलाई परीक्षा सकिएको दिन परिचयपत्र वितरण गर्ने भएको हो।

यसरी परिचयपत्र वितरण गर्दा त्यसमा भएको विवरण र प्रवेश पत्रमा भएको विवरण फरक परेमा विद्यार्थीले गल्ती भएको विवरण सच्याउन १५ दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनसक्ने काप्रीको भनाइ थियो।

यस वर्षको एसएलसी परीक्षाको नतिजा ‘लेटर ग्रेडिङ’ मा सार्वजनिक गरिने भए पनि परीक्षा सञ्चालनको विधि भने विगतका वर्षमा जस्तै हुने परीक्षा नियन्त्रक काप्रीले जानकारी दिए।

परीक्षामा अमर्यादित कार्य गर्ने व्यक्ति र नक्कली परीक्षार्थीलाई एक लाख रुपैयाँ जरिवाना वा छ महिना कैद वा दुवै सजाय गर्ने व्यवस्था गरेको छ।

१७ चैत २०७२, ११।००

वि.सं.२०७२ चैत १७ बुधवार १२:१८ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...