back
NMB ad

नेपाल सोलिडारिटी कपको फाइनलमा,किरण बने नायक

Kumari bank ad

काठमाडौं । लाओसलाई टाइब्रेकरमा हराउँदै नेपाल सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाल एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो ।

शनिबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनलको निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

नेपालका तीन खेलाडीले लगातार गोल गरे भने पेनाल्टीमा नेपालका गोलकिपर किरण चेम्जाङले लाओसका खेलाडीको लगातार दुई प्रहार रोके । लाओसको तेस्रो पेनाल्टीले सही दिशा लिन सकेन र नेपाल टाइब्रेकरमा ३–० ले विजयी भएको छ ।

यसअघि निर्धारित समयको खेलमा भने लाओसले अग्रता लिएको थियो । १७ औं मिनेटमा गोल गरेको उसले पहिलो हाफसम्म त्यसलाई जोगाएर राख्यो ।

तर, दोस्रो हाफको सुरुमा नै नेपालमा नेपालले बराबरी गोल फर्कायो । नेपालका लागि विमल घर्ती मगरले गोल गरेका हुन् ।

दुबै टोलीले केही मौका पाएपनि थप गोल गर्न सकेन र, निर्धारित समयको खेल १–१ को बराबरीमा सकियो । अतिरिक्त समयको खेलको १०४ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई २–१ अग्रता दिलाए ।

तर, अन्त्यतिर नेपालले गोल खानपुग्यो । र,खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
फाइनलमा मकाउ प्रतिद्वन्द्वी पायो

एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउ प्रतिद्वन्द्वी पाएको छ । शनिबार नै भएको दोस्रो अर्को सेमिफाइनलमा मकाउले ब्रुनाईलाई टाइब्रेकरमै ३–१ ले हराएको छ ।

यसअघि निर्धारित समयको खेलमा ब्रुनाईले पहिलो हाफमा अग्रता लिएको थियो । तर, दोस्रो हाफमा मकाउ बराबरी गोल फर्काउन सफल भयो ।

९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा पनि दुबै टोलीले गोल गर्न सकेनन् र खेल टाइब्रेकरमा गयो । टाइब्रेकरमा मकाउका सबै खेलाडीले गोल गर्दा ब्रुनाईका दुई खेलाडीको प्रहार विपक्षी गोलरक्षकले रोकेका थिए ।

प्रकाशित मितिः २०७३ कार्तिक २७

वि.सं.२०७३ कात्तिक २७ शनिवार २१:३८ मा प्रकाशित

You can share this post!

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...