back
NMB ad

लुम्बिनी केन्द्रित गन्तव्य प्रबर्द्धन गर्दै सोट्टो नेपाल

Kumari bank ad

काठमाडौं । भगवान गौतमबुद्धको जन्मस्थल लुम्विनी र त्यस आसपासका पर्यटकीय गन्तव्यहरुको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो–नेपाल)ले फार्म ट्रिपको आयोजना गर्ने भएको छ ।

यही चैत ५ देखि १० गतेसम्म सञ्चालन गर्न लागिएको फार्म ट्रिप लुम्बिनी, पाल्पा, गुल्मीको रिडी–रेसुङ्गा, अर्घाखाँचीको सुपादेउराली–नरसिंह स्थान हुँदै प्युठानको स्वर्गद्वारी पुगेर समापन हुनेछ ।

फार्म ट्रिपमा ट्राभल तथा ट्रेकिङ व्यवसायी, पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन पत्रकारहरु र सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहने सोट्टो नेपालले जनाएको छ ।

लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणधिन अवस्थामा छ तापनि सो आसपासका गन्तव्यहरुको अझै प्रबद्र्धन हुन नसकिरहेको अवस्थामा यस किसिमको प्रबद्र्धनात्मक कार्यक्रम गर्न लागिएको सोट्टो नेपालका अध्यक्ष यामबहादुर खड्काको भनाई छ ।

‘आधा घण्टा लुम्विनी घुमेपछि पर्यटकहरु त्यस आसपास कहाँ जाने ? त्यसैले हामीले त्यस आसपासको गन्तव्यको प्रबद्र्धन र बजारीकरणका लागि व्यवसायी र स्थानीयलाई जागरुक गराउन यस कार्यक्रमको आयोजना गर्न लागेका हौं ।’ खड्काले भने ।

उक्त फार्म ट्रिपको समयमा प्रत्येक गन्तव्यका निजी पर्यटन व्यवसायी, सरकारी संयन्त्रका प्रतिनिधि, स्थानीय बासिन्दा तथा पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रम पनि गरिने उनले बताए । फार्म ट्रिपको अवसरमा पाल्पाको होमस्टे प्रबद्र्धनका लागि एक रात होमस्टेमा बस्ने कार्यक्रम समेत राखिएको उनको भनाइ छ । भ्रमणले लुम्बिनी आसपासका गन्तव्य प्रबद्र्धन गर्न, बजारीकरण गर्न र पर्यटन प्याकेज निर्माणका लागि सहज हुने सोट्टो नेपालको आशा छ ।

सोट्टो नेपालले हरेक वर्ष आन्तरिक पर्यटन प्रबद्र्धन र गन्तव्यको बजारीकरणका लागि यस किसिमको कार्यक्रम संचालन गर्दै आएको छ ।

१ चैत २०७२ / ७:३९

वि.सं.२०७२ चैत १ सोमवार १९:४१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...