back
NMB ad

अल्लारे उमेरमै कसरी भइन् अमेरिकाकै नम्बर १ धनी ?

Kumari bank ad

इलिजावेथ होम्स, फोब्र्स म्यागजिनले निकालेको सन् २०१६ का धनीहरुको सूचिमा उनी ४ सय ३५ मा पर्छिन् । हाल उनीसँग ३ दशमवलव ६ अर्ब सम्पत्ति रहेकोछ । उनी संसारकै कम उमेरकी आफ्नै बलबुतामा बनेकी धनी महिलाको सूचिमा १ नम्बरमा पर्छिन् ।

इलिजावेथ होम्सको जन्म् १९८४ मा वासिङटन डिसीमा भएको थियो । उनका बुवाले युएसआईडी संस्थासँग आबद्ध भएर अमेरिका, अफ्रिका र चीनमा सेवा गरेका थिए । यहीबाट प्रेरित भएर इलिजावेथले विज्ञान पढ्ने र त्यही क्षेत्रमा काम गर्ने विचार गरिन् ।

जब इलिजावेथ ९ वर्षकी थिइन् तब नै उनले आफ्नो बुवालाई एक चिठी लेख्दै भनेकी थिइन् कि उनी जीवनमा केही नयाँ खोज्न चाहन्छु, जुन कुरा सम्पूर्ण मानिसहरुलाई अत्यन्तै सम्भव लागोस् ।

विद्यालय शिक्षा सकेपछि उनी स्यानफोर्ड विश्वविद्यालयमा केमिकल इञ्जिनियरिङ अध्ययनका लागि भर्ना भइन् । तर उनले आफ्नो अध्ययनलाई पूरा गरिनन् । उनले विज्ञानसँगको आफ्नो रुचिलाई उपयोग गर्दै अन्य क्षेत्रबाटै यसलाई चुनौति दिने विचार गरिन् ।
यसका लागि उनले आफ्नो बाबुआमाले उनको शिक्षाका लागि वचत गरेर राखेको पैसाको उपयोग गरिन् ।

उनले एउटा ल्याव खोलिन्, केही विद्यार्थीहरुलाई सहयोगीका रुपमा राखिन र अनुसन्धान सुरु गरिन् । त्यसको केही समयपछि उनले एउटा कम्पनी खोलिन् जसको नाम थियो, रियल टाइम क्योर्स । पछि उनले यही कम्पनीको नाम नै परिवर्तन गरेर थेरानोस राखिन्, थेरापी र डायग्नोस शब्दको संयोजनबाट यो कम्पनीको नामाकरण गरिएको उनको भनाई छ ।

अमेरिकाको क्यालिफोर्निया राज्यको पालो अल्टोमा १९ वर्षको उमेरमा उनले सन् २००३ मा खोलेको यो कम्पनीले औषधि विज्ञानको दुनियाँमा एउटा तहल्का नै ल्याइदियो । पहिले पहिले कुनै पनि रोगको बारेमा पत्ता लगाउनु परेमा सानो सिसीमा एक मिलिलिटर रगत निकाल्नु पथ्र्यो । तर उनको यो आविष्कार पछि कुनै पनि टेष्ट गर्नका लागि अत्यन्त थोरै रगत भए पुग्ने भयो । त्यसपछि उनले उक्त रगत जाँच्ने डिभाइसको नाम इडिसन राखन् । यसमा केही थोपा भएमा सम्पूर्ण टेष्टहरु गर्न सकिन्छ ।

रगत जाँच्ने तरिका सन् १९६० देखि चलिआएको पुरानै तरिका थियो । यो तरिका अनुसार कुनै रोग लागेको शंका लागेर केही टेष्ट गर्नु परेमा अत्यधिक रगत निकाल्नु पर्ने थियो । स्वास्थ्यसँग सम्बन्धित यो विषयलाई उनले चुनौति दिने ठानिन् र त्यसपछि नै थेरासनले रगत जाँच्ने सजिलो उपाय खोज्न थालेको उनको भनाई छ।

उनले पत्ता लगाएको माध्यम प्रयोग गर्दा डक्टरकोमा लगातार धाइराख्नु पर्दैनथ्यो । नजिकैको औषधि पसलमा गएर इडिशनको प्रयोग गरेर रगत जाँचेपछि आएको रिपोर्ट लिएर पछि आफै डाक्टरकोमा जान सकिन्थ्यो । जसले गर्दा समय र पैसा दुबैको वचत भयो । मानिसहरु आफैले पनि यसको प्रयोग गर्न सक्ने भए । यो अत्यधिक सस्तो माध्यम पनि थियो किनभने यसको प्रयोग गर्दा जम्मा ३५ अमेरिकी डलर खर्च हुन्थ्यो भने त्यही जाँच गर्न डक्टरकोमा जाँदा २ हजार अमेरिकी डलर खर्च हुन्थ्यो ।

यसरी इलिजावेथको एउटा आइडियासँगै निस्किएको प्रविधिले उनलाई रातारात अबरपति बनाइदियो । हाल उनको कम्पनीले एक हजार टेक्निसियनहरु काम गरिरहेका छन् । आफ्नो कम्पनीले मानिसको जीवन रक्षा गरिरहेको उनको भनाई छ ।

उनको यो आविष्यकारसँगै सन् २०१४ मा अमेरिकामा आफ्नै बलबुतामा धनी हुने महिलाहरुको सूचिमा १ नम्बरमा मात्र परिनन्, उनी  ४० वर्षभन्दा कम उमेरका धनीहरुमध्ये छैठौंमा परेकी थिइन् । थेरानोस कम्पनीको मूल्यांकन ९ अर्ब अमेरिकी डलर भएको बताइएकोछ ।

सन् २०१५ को अक्टोबरमा थेरानोसको बारेमा द वाल स्ट्रिट जर्नलमा छापिएको एउटा खोजमुलक लेखले यसका बारेमा शंकाहरु उत्पन्न गरायो । यी खबरहरुलाई इलिजावेथ आफैले वकवापस भनिन् तर पनि यसका बिरुद्धमा उनीहरुले कुनै प्रमाण जुटाउन सकनेनन् ।

त्यस्तै जनवरी २०१६ मा केन्द्रीय स्वास्थ्य विभागले थेरानोसलाई पत्र काट्दै वालग्रिन्समा भएको ल्यावबाट गरिएका टेष्टहरु विश्वासयोग्य नभएको बतायो । यो पत्रपछि थेरानोसले त्यो ल्यावमा भएको गल्तीलाई सुधार्न सुरु गरिएको र एरिजोना राज्यमा भएको ल्यावहरुमा कुनै खराबी नभएको बताएकोछ । अझै यसका २ सय ५५ टेष्टहरुको परीक्षण हुन बाँकी नै छ भने यसको नतिजाले नै थेरानोसको भविष्य बताउनेछ ।

– इरादा पहाडी, एजेन्सीको सहयोगमा

१९ चैत २०७२, ५.००

वि.सं.२०७२ चैत १९ शुक्रवार १८:१३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...