back
NMB ad

३७ हजारको व्यापारबाट करोडपति, आधा दर्जनभन्दा बढीलाई रोजगारी

Kumari bank ad

भक्तपुर । जिल्लाको अनन्तलिंगेश्वर नगरपालिका दधिकोटकी बिनु श्रेष्ठ जुत्ता मात्रै बनाउँदिनन्, त्यसको डिजाइनसमेत गर्छिन् । उनी जुत्ता बनाएरै अहिले करोडपति भएकी छन् ।

केही हजार रुपैयाँबाटै सुरु गरेको व्यवसाय सफल भएपछि त्यसको लागत अहिले एक करोड रुपैयाँभन्दा बढी पुगेको छ । बिनु हस्तकला तथा तालिम केन्द्र सञ्चालन गरेर त्यहाँबाट बनाइएका जुत्ता अहिले धेरै महिला तथा बालिकाले प्रयोग गरिरहेका छन् । आफूले बनाएका जुत्ताको बजार माग अहिले बढी रहेको उनले बताइन् ।

उनले मखमलीका जुत्ता बनाउँछिन्, जुन जुत्ता उपहारका रूपमा विदेशमा समेत लैजाने गरिएको छ । ‘केन्द्रबाट उत्पादित जुत्ता भक्तपुरसँगै काठमाडौं, ललितपुर, चितवन र बुटवलका बजारमा उपलब्ध छन्’, बिनु भन्छिन्, ‘धेरैले विदेशमा उपहार पठाउन भनेर लैजाने गरेका छन् । केन्द्रबाट उत्पादित जुत्ता अहिलेसम्म युरोपका विभिन्न देश पुगेका छन् ।’

केन्द्रले दुई सय पचासदेखि ६ सय रुपैयाँसम्म मूल्यका जुत्ता तयार गरिरहेको छ । सबै जुत्ता हातैले बनाउनुपर्ने भएकाले बजारमा पाइनेभन्दा केही महँगो पर्ने उन

२०७२ वैशाख २ गते करिब ३७ हजार रुपैयाँबाट मखमली जुत्ता बनाउने व्यवसाय सुरु गरेकी बिनुले जिल्ला विकास समिति भक्तपुरअन्तर्गत स्थानीय विकास कोषबाट आधारभूत एवं विशिष्ट तालिम लिएकी हुन् ।

खेर गइरहेको समयमा के गर्ने भन्ने अन्योलमा रहेकी बिनुलाई श्रीमान्ले जुत्ता उत्पादन गर्न सुझाएको सल्लाह फापेको छ । ‘व्यवसाय सुरु गर्ने समयमा घरमा १२ हजार रुपैयाँ मात्रै थियोु, उनले भनिन्, ‘काम सुरु गर्ने अठोट लिएका कारण स्थानीय सरस्वती महिला सामुदायिक संस्थाबाट २५ हजार ऋण लिएँ ।’

३७ हजार रुपैयाँबाट सुरु गरिएको व्यवसायमा अहिले एक करोड रुपैयाँभन्दा बढी पूँजी भइसकेको उनले बताइन् । व्यवसायबाट मासिक ५० हजार रुपैयाँबराबरको कारोबार हुने उनले जानकारी दिइन् । ‘महिनामा करिब ८०–९० जोर जुत्ता बनाउँछौं । ५० हजार रुपैयाँबराबरको कारोबार हुन्छु, बिनुले भनिन्, ‘कारोबार भएको रकमबाट आधा नाफा हुन्छ ।’

बिनुले अहिले घरमै बसेर काम गर्न चाहने सातजना महिलालाई रोजगारीसमेत दिएकी छन् । त्यति मात्रै होइन, फुर्सदको समयमा अन्य महिलालाई मखमली जुत्ता बनाउने तालिमसमेत दिँदै आएकी छन् । स्वरोजगारमार्फत सुरु गरिएको व्यवसायमा सफलता हात लागेकाले आफ्नो खुसीको सीमा नरहेको उनको भनाइ छ । ‘संघर्ष गर्नुपर्छ, प्रतिफल पाउन धेरै समय नलाग्ने रहेछु, उनले भनिन्, ‘अहिले म सन्तुष्ट छु । आफैप्रति गौरवको अनुभूति भएको छ ।’

बिनुले अहिले घरमै काम गर्न चाहने सात जना महिलालाई रोजगारी दिएकी छन् । फुर्सदको समयमा उनले महिलालाई मखमली जुत्ता बनाउने तालिमसमेत दिन्छिन् ।

३ पुस २०७३, ईश्वरकाजी खाइजू, अन्नपूर्णपोष्ट, १।००

वि.सं.२०७३ पुस ३ आइतवार १३:३९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...