back
NMB ad

यी हुन नाट्टाका कान्छा उम्मेदवार, यस्तो छ योजना

Kumari bank ad

काठमाडौं । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस्को आगामी पुस २८ गते हुने अधिवेशनमा कान्छा उम्मेदवारका रुपमा परिचित सुदर्शन नेपाल सबैको प्रिय पात्र बनेका छन् । धादिङ गंगाजमुला –५ का उनी २७ वर्षको उमेरमै व्यवसायमा छलाङ मारेका युवा व्यवसायी हुन् । विग माउण्टेन ट्राभलका प्रबन्ध निर्देशक उनी सदस्यहरु मध्य सबैभन्दा लोकप्रिय मतका साथ विजयी हुने आंकलन व्यवसायीहरुबीच हुने गरेको छ ।
चाइनाको मार्केटलाई मात्र फोकस गरेर व्यवसाय सुरु गरेका उनले नेपाली पर्यटन बजारमा चीनबाट ठुलो मात्रामा पर्यटक भित्र्याएर राष्ट्रलाई समेत योगदान दिइरहेका छन् । चाइनिज भाषाका विज्ञ उनले चीनको तीन वटा शहरमा कम्पनीको शाखा खोलेर चीनियाँ कर्मचारीलाई रोजगारी दिएका छन्, भने नेपालमा समेत चीनिया कर्मचारी राखेर पर्यटक आकर्षित गरिरहेका छन् । उनले डिजिटल मार्केटिङ गर्दै ग्वाङझाउ, छ्वाङछिङ र बेइजिङ विग माउण्टेनको आफिस राखेर पर्यटक भित्र्याइरहेका छन् ।

 

२७ वर्षको उमेरमै व्यवसायमा छलाङ मारेका युवा व्यवसायी उनी विग माउण्टेन ट्राभलका प्रबन्ध निर्देशक हुन् । चाइनाको मार्केटलाई मात्र फोकस गरेर व्यवसाय गरेका उनले नेपालमा समेत चीनिया कर्मचारी राखेर पर्यटक आकर्षित गरिरहेकाछन भने चीनको तीन वटा शहरमा कम्पनीको शाखा खोलेर चीनियाँ कर्मचारी मार्फत मार्केटिङ गर्दै आएका छन् ।

तातोपानी नाकालाई पुर्ववत् अवस्थामा सञ्चालन गर्न र रसुवागडी–गल्छी हाइवे छिटो सञ्चालन गर्न सके पर्यटन क्षेत्रमा ठुलो योगदान पुग्ने उनको धारणा छ । उनी भन्छन् ‘म नाट्टामा पुग्नु भनेको आफ्नो व्यवसाय प्रवद्र्धन मात्र नभई समग्र पर्यटन क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय योगदान दिनको लागी हो । यसका लागि मैले देखेको संभावना र भोगेका चुनौती संगठित रुपमा राज्य सामु आवाज बुलन्द गराई सहज वातावरण निर्माण गर्न लाग्नेछु ।’
सन् २०१३ देखि पर्यटन क्षेत्रमा प्रवेश गरेका नेपाल भौतिक पुर्वाधार व्यवस्थित गर्न सके नेपालको पर्यटन क्षेत्रमा आधा हिस्सा चीनले ओगट्नेमा विश्वस्त छन् । उनले आफुमा युवा जोश जाँगरका साथै सामाजिक हितका निम्ति केही गरौं भन्ने भावना जागृत भएर उम्मेदवार बनेको बताए । ‘मलाई विश्वास छ मेरा अग्रज पर्यटन व्यवसायीले अत्याधिक मतका साथ विजयी गराई हौसला प्रदान गर्नुहुनेछ ।’

२०७४ पुस २६ गते प्रकाशित

वि.सं.२०७४ पुस २६ बुधवार १४:३६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...