back
NMB ad

प्रचण्डको धम्कीले काँग्रेस डराउँदैनः कोइराला

Kumari bank ad

भक्तपुर । नेपाली काँग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री सुजता कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धम्कीले नेपाली काँग्रेसमा विचलन नआउने बताएकी छन् ।

रफत सञ्चार क्लबमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कोइरालाले बेला बखतमा धम्की दिने प्रचण्डले पछिल्लो समयमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका विषयलाई लिएर नयाँ सत्ता समिकरणका बारे दिएको अभिव्यक्ति एक धम्की मात्र भएको र धम्कीलाई काँग्रेसले गहन रुपमा नलिएको उनले बताईन् ।

कोइरालाले प्रदेश र संसदीय निर्वाचन तोकिएकै समयसीमाभित्र पुरा गर्नुपर्ने बताईन् । यसका लागि सरकार र निर्वाचन आयोगले प्रक्रिया तत्काल अघि बढाउनुपर्ने उनको भनाई छ । निर्वाचनमा कसले जित्छ कसले हार्छ भन्नु भन्दा पनि पहिलो कुरा निर्वाचन समयमै गराउनु नै हो । नेतृ कोइरालाले भनिन् ‘सबैलाई समेटेर तीनै तहका निर्वाचन सहज रुपमा सफल बनाउनुपर्छ ।’

नेतृ कोइरालाले प्रदेश नंम्बर दुईको सहित तीनवटै तहको निर्वाचनका लागि नेपाली काँग्रेस तयार भैसकेको बताईन् । निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक कानून तथा विद्येयकहरुलाई छिटोभन्दा छिटो पास गर्नुपर्नेमा उनले जोड दिईन् ।

तराई मधेशका जनता निर्वाचनका लागि आतुर भैसकेको कारण तत्काल विधेयक र नीतिहरु पास गरि जनताको अपेक्षा अनुसार निर्वाचन गर्न जरुरी रहेको उनले बताईन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण मुलुकको हितकै पक्षमा रहेको बताउँदै यो भ्रमणका क्रममा मुलुकको र आम नेपालीका हितका विषयमा दुईपक्षिय कुराकानी र विविध विषयमा आपसी सहमति तथा सम्झौता हुन सक्ने पनि बताईन् ।

पछिल्लो समय भारत र नेपालबीच केही बिग्रिएको सम्बन्धमा सुधार ल्याउन पनि प्रधानमन्त्रीको भ्रमणले सकारात्मक रोल खेल्ने उनले बताईन् । नेपालमा राजनीतिक दलहरुबीच सहमति सहकार्य भै दलहरु आपसमा मजबुद भएको अवस्थामा बाह्रय शक्तिले हस्तक्षेप गर्न नसक्ने उनको भनाई छ ।

पछिल्लो समय राप्रपाको फुटका विषयलाई लिएर उनले भनिन् नेपालमा दलहरुबीच टुटफुटको क्रमले राजनीतिक संक्रमण बढेको छ । राप्रपाको फुटपनि अपरिपक्क राजनीति खेल भएको उनले बताईन् ।

प्रकाशित मितिः २०७४ साउन २६

वि.सं.२०७४ साउन २६ बिहीवार १७:२८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...