back
NMB ad

ओठेभक्तिले मात्र पर्यटन बाँच्दैन : थापा

Kumari bank ad

भैरहवा (रुपन्देही) । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख सूर्य थापाले आठेभक्तिले मात्र पर्यटन क्षेत्र बाँच्न नसक्ने भएकाले व्यवहारिक योजनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औल्याएका छन् ।

नेपाल पर्यटन बोर्ड, सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपाल र सिद्धार्थ एशोसियसन अफ ट्राभल्स टूर एजेन्ट साट्टा नेपालद्धारा लुम्बिनीमा आयोजित पर्यटन प्रबद्र्धनसम्बन्धि कार्यक्रममा प्रमुख थापाले भने ओठेभक्तिले बाँचीरहेको पर्यटनलाई चुरो कुरोमा पुगेर माथि उठाउनुपर्ने धारणा राखे । उनले भने,ʽ पर्यटन आठेभक्तिमा मात्र बाँचिरहेको छ । नेपाल विकासको प्राथमिकताको क्षेत्रमा पर्यटनलाइ राखिन्छ, सबैले देश विकासको मुख्य आधार पर्यटन हो भन्न पनि भनिन्छ तर चुरोमा पुगेर काम गर्ने प्रवृतिको विकास नै भएन । कुरामात्र हैन काम गरेर देखाउँ ।ʼ

surya thapa sotto nepal

पर्यटन व्यवसायीलाई समाजसेवा नगर्न आग्रह गर्दै समाजसेवा गर्ने भए यो व्यवसाय छोड्न उनको आग्रह थियो । उनले भने, ʽभावनाले पर्यटन चल्दैन, मुनाफा र प्रतिफल लिने हिसाबले पर्यटन प्रोडक्ट तयार गर्नुस्, समाजसेवा नगर्नुस् ।ʼ

एनआरएनए तिर लक्षित गर्दै थापाले नेपालको पर्यटनमा नक्कली गहनाको आवश्यकता नभएको बताए । ʽएनआरएनएको नाम लिने, घरमा आएर खाने, सुत्ने बस्ने, पर्यटकको जस्तो बसाई र खर्च पनि नगर्ने अनि तिनीहरु के को ? पर्यटकʼ उनको प्रतिप्रश्न थियो ।

yam bdr khadka
सरकारले पर्यटन पूर्बाधार निर्माण गर्ने र नीजि क्षेत्रले प्रबद्र्धन गर्ने हो भने सरकार नीजि क्षेत्र दुवैलाई फाईदा हुने किसिमले पर्यटनको विकास हुने उनको दाबी थियो । पर्यटन क्षेत्रको विकासका लागि पूर्बाधार निर्माणमा आफुले सरकारलाई घच्घच्याउने उनले बताए । उनले पर्यटकका गतिबिधि लम्ब्याउने परिबेश निर्माण गर्न व्यवसायीहरुलाई आग्रह गरेका थिए ।

surya thapa
कार्यक्रममा सोट्टो नेपालका अध्यक्ष यमबहादुर खड्काले आन्तरिक पर्यटनको प्रबद्र्धन गर्नुपर्छ भन्ने उदेश्यका साथ करिब एक साताको अबधिमा लुम्बिनी,पाल्पा, गुल्मीको रिडी रेसुङ्गा,अर्घाखाँचीको सुपादेउराली–नरसिंह स्थान र प्यूठानको स्वर्गद्धारीसम्म पर्यटनका प्रबद्र्धनात्मक क्रियाकलापमा आफुहरु जुटेको बताए । लुम्बिनी प्रसिद्ध भएपनि बढिभन्दा बढि फाईदा लिन आसपासका गन्तव्यको प्रबद्र्धन आवश्यक रहेको उनको भनाई थियो ।

surya thapa 1
कार्यक्रममा साट्टाका अध्यक्ष सागर अधिकारीले राज्यले पर्यटनलाई उद्योगको मान्यता नदिनु, व्यवसायीक सुरक्षा नदिएर आफुहरुलाई ठगिरहेको गुनासो गरे । उनले भने हाम्रो काम बोल्ने सरकारको काम सुन्ने मात्र भएको छ । साँच्चै पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भिर बनिदिनुप¥यो ।

sotto
पर्यटन कार्यालय भैरहवाका प्रमुख खेम बहादुर थापाले पर्यटन बोर्डको कार्यालय भैरहवामा आवश्यक जनशक्ति नहुँदा संचालनमा आउन नसकेको पर्यटन प्रबद्र्धनको काम हुन नसकेको बताए ।

sotto programme bhairahawa
कार्यक्रममा सबैलाई स्वागत गर्दै पर्यटन व्यवसायी संजय बजीमयले अब संख्यात्मक भन्दापनि गुणात्मक पर्यटक भित्र्याउने व्यवस्था हुनुपर्ने तर्फ ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा साट्टाका संस्थापक अध्यक्ष विष्णु शर्मा, उद्योग वाणिज्य संघ रुपन्देहीका निवर्तमान अध्यक्ष खिमबहादुर खत्री, सिदार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्मा लगायतले लुम्बिनीको पर्यटन विकासका बारेमा चर्चा गरेका थिए ।

mayako chino surya thapalai

अन्तक्रियाको समापनपछि आन्तरिक पर्यटन प्रबद्र्धन अभियानको शिलशिलामा लुम्बिनी पुगेका पर्यटन व्यवसायी, पर्यटन बोर्डका प्रतिनिधी र पत्रकारहरुसहितले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको अध्ययन अवलोकन भ्रमण गरेको छ ।

भ्रमणमा बोर्डका प्रतिनिधि, व्यवसायी पत्रकार सहित २ दर्जन व्यक्तिको सहभागीता रहेको छ ।

sotto nepal surya thapa
आन्तरिक पर्यटन प्रबद्र्धनको कार्यक्रम अन्तर्गत आईतबार पाल्पाको होमस्टे लगायतको त्यस क्षेत्रका पर्यटकीय गन्तव्यको प्रबद्र्धनमा जुटेको छ ।

हरिशरण न्यौपाने 

७ चैत २०७२ / ७:४०:०९

वि.सं.२०७२ चैत ७ आइतवार ०७:५९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...