back
NMB ad

कार दुर्घटना परि पद्मकन्याकी पूर्व स्ववियू सभापति लालकुमारी पोखरेलको मृत्यु

Kumari bank ad

काठमाडौं । नेपाल विद्यार्थी संघकी नेतृ एवम् पदमकन्या क्याम्पसकी स्ववियु पूर्व सभापति लालकुमारी पोखरेल (स्वस्तिका)को सडक दुर्घटनामा निधन भएको छ।
बारा जिल्लाको अमलेखगञ्जमा आज बिहान पाँच बजे भएको सडक दुर्घटनामा पोखरेलको निधन भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा पोखरेलसँगै ध्रबु कार्कीको पनि निधन भएको छ ।
उदयपुर कटारी २ की ३७ बर्षीया पोखरेल वीरगन्जबाट काठमाडौंको लागि बा३च ८०९७ नम्बरको कारमा जाँदै थिइन् । उनी काँग्रेस महासमिति सदस्य पनि थिइन् ।

कार चालक काभ्रे महादेव स्थान १ घर भई काठमाडौं बानेश्वर बस्ने ४२ बर्षीय ध्रुवबहादुर कार्कीकोसमेत सोही दुर्घटनामा निधन भएको हो ।

नेपालगन्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ५६९६ नम्बरको बसले वीरगन्जबाट काठमाडौतर्फ गइरहेको बा३च ८०९७ नम्बरको कारलाई ठक्कर दिंदा दुर्घटना भएको प्रहरी निरीक्षक पुरुषेत्तम खड्काले बताए ।

घटनाबारे थप अनुसन्धान गर्न बस चालकलाई नियन्त्रणमा लिइएको उनले बताए । मृतकद्वयको शव नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा पोस्टमार्टमको लागि राखिएको छ ।

प्रकाशितः २०७२ चैत्र १५ 

 

वि.सं.२०७२ चैत १५ सोमवार १०:३६ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...