back
NMB ad

टानमा बाम गठबन्धनको बर्चस्व : हेर्नुहोस कस्को कति मत (सूचि सहित)

Kumari bank ad

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को सन् २०१७–०१९ को लागि नवराज दाहाल नेतृत्वको समूह विजयी भएको छ ।

यो पनि पढ्नुहोस् 

को हुन् टानका नव निर्वाचित अध्यक्ष नवराज दाहाल (संक्षिप्त परिचय)

तीव्र प्रतिस्पर्धामा देखिएको अध्यक्ष पदमा १८ मतान्तरसहित बामगठबन्धनका दाहालले जित हाँसिल गरेका हुन् । कुल ११८६ मत मध्ये ७२७ मत खसेकोमा दाहाललाई ३३१ मत प्राप्त भयो । उता, लोकतान्त्रिक समुहबाट उम्मेद्वार बनेका लम्साललाई भने ३१३ मात्र प्राप्त भयो । अध्यक्षमा तीन जना प्रतिस्पर्धि रहेकामा स्वतन्त्र उम्मेद्धार नुरु जांबु शेर्पाले ५० मत प्राप्त गरेका छन् ।

टान निर्वाचन समितिकाअनुसार अध्यक्षसहित अधिकांश पदाधिकारीहरु दाहाल समूहका विजयी भएका छन् । प्रथम उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र ६ जना कार्यसमिति सदस्यमा पनि दाहाल समूहबाट विजयी भएका छन् । लोकतान्त्रिक समुहबाट भने बरिष्ठ उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महिला सदस्य र अन्य २ सदस्य पद जित्न सफल भएको छ ।

विजयी भए लगत्तै नव निर्वाचित अध्यक्ष नवराज दाहालले यो जित व्यक्तिको नभइ समग्र व्यवसायीहरुको भएको र अबका दिनमा व्यवसायीकै हीतका लागि काम हुने बताए । नवनिर्वाचित कोषाध्यक्ष रामकृष्ण तिमल्सिनाले टानलाई आर्थिक समृद्धितिर लैजाने जिम्मेवारी आम व्यवसायीले आफूलाई दिएको भन्दै व्यवसायीको म्यान्डेट अनुरुप काम गर्ने बताए ।

टानको ३९औ वार्षिक साधारणसभा तथा निर्वाचन ह्यात होटलमा सम्पन्न भएको थियो । दिउँसो १ बजेबाट सुरु भएको निर्वाचन साँझ ५ बजे सकिएको थियो भने राति नौ बजेबाट सुरु भएको मत गणना विहान २ बजे सम्पन्न भएको थियो ।

हेर्नुस् मतान्तरः

(अध्यक्ष):

नवराज दाहाल ३३१  विजयी
मोहन लम्साल–  ३१३
नुरुजाङ्बु शेर्पा (स्वतन्त्र)–

(वरिष्ठ उपाध्यक्ष):
पूर्ण चन्द्र भूषाल –३२८
खुम बहादुर केसी –३५९  विजयी

(प्रथम उपाध्यक्ष):
जीवन थापामगर –  ४०८
बाबुकाजी सिटौला – २८०

(द्धितिया उपाध्यक्ष):
ऋषि प्रसाद नेपाल – ३१९
निलहरी बास्तोला – ३६४  विजयी

(महासचिव):
आङ पेम्बा शेर्पा – ३७७  विजयी
चेवन देवकोटा – ३२५

(सचिव):
सुजन लामिछाने –३५९  विजयी
चोलेन्द्र बहादुर कार्की – ३३०

(कोषाध्यक्ष):
रामकृष्ण तिमल्सिना –  ३४२ विजयी
सुवास केसी – ३३९

(सह-कोषाध्यक्ष):
तारा राना –३५८  विजयी
किरण धरेल –२८२

(महिला सदस्य):
कविता लामिछाने –२६१
ऋतु ग्याम्दान – ४१७  विजयी

(सदस्य):
रविन्द्र अधिकारी –३७१  विजयी
राजन प्रसाद काप्री –  ३४२   विजयी
गोपाल श्रेष्ठ –  ३६३   विजयी
जीवन लामा – ३७५  विजयी
बाबुराम गुरुङ –  ३६२  विजयी
सुक बहादुर लामा – ३४०  विजयी

शेर बहादुर परियार – ३३४  विजयी
जंग बहादुर लामा – ३४३  विजयी

वि.सं.२०७४ कात्तिक १३ सोमवार ०७:४४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...