back
NMB ad

तमोर करिडोर : धनकुटा र पाँचथरका स्थानियको भाग्यविधाता

Kumari bank ad

धनकुटा । जोगवनीदेखि पूर्वी पहाड हुँदै छिमेकी मुलुक चीनसम्म जोड्ने छोटो मार्गका रुपमा रहेको तमोर करिडोर मार्ग खोलिएसँगै यातायात सञ्चालनमा आउन थालेकाले स्थानीयवासी खुशी भएका छन् ।

तमोर नदी गड्तिरबाट गाडी चढ्न तीन घण्टा बढी पैदलदूरी यात्रा गरेरमात्र सम्भव हुने सो क्षेत्रमा यातायात सञ्चालन भएसँगै मानिसमात्र होइन स्थानीयस्तरमा उत्पादित कृषि उपजसमेत बजारसम्म पु¥याउन सहज भएकाले यहाँका बासिन्दा खुशी भएका स्थानीयवासी नरेन्द्र याख्खाले बताए ।

सपनामा समेत नसोचेको घरछेउमा गाढी चढ्नमात्र होइन कृषि उपज पनि बजार पुग्ने भएका कारण तमोर नदी किनाराका बासिन्दाले निकै सहज महसुस गरेका छन् । पूर्वी पहाडका धनकुटा, पाँचथर, तेह्रथुम र ताप्लेजुङ जिल्लालाई तराईका बजार जोड्ने सबैभन्दा छोटो मार्ग तमोर करिडोर अन्तर्गत पाँचथरको फिदिमबजारदेखि धनकुटाको मुलघाटसम्म सवारी साधन सञ्चालनमा आएसँगै स्थानीयवासीले राहत महसुस गरेका छन् ।

धनकुटाको मूलघाटदेखि पाँचथरको सावाखोलासम्म ५२ किमी मार्ग खोल्ने काम पूरा भएसँगै पाँचथरको सदरमुकाम फिदिमदेखि तमोर करिडोर हुँदै तराईका विभिन्न जिल्लातर्फ दैनिक दर्जनभन्दा बढी साना सवारी साधन सञ्चालनमा आउन थालेका छन् ।

तमोर करिडोरमा यातायात सञ्चालन भएसँगै साना होटल व्यवसाय पनि सञ्चालनमा आएका छन् । यात्रुलाई सेवा दिने उद्देश्यले तमोर करिडोर विभिन्न क्षेत्रमा तीन दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् । करिडोरमा नियमित रुपमा गाडी चल्न थालेपछि व्यापार व्यवसाय बढेको हंशमोरङका होटल व्यवसायीको रेणुदेवी दाहालले बताइन् ।

यातायातका साधन सञ्चालनमा आएसँगै अहिले दैनिक उपभोग्य सामान गाउँसम्म पु¥याउन तथा गाउँमा उत्पादन भएको कृषिजन्य उत्पादनबजार लैजान पनि निकै सहज भएको स्थानीयवासी बताउँछन् । धनकुटाको मूलघाटबाट पाँचथरको माझीटार, ताप्लेजुङको सुकेटार र ओलाङ्चुङ्गोला हुँदै चीनको तीब्बतसँग जोड्ने लक्ष्यका साथ आयोजनाको काम भइरहेको आयोजना प्रमुख कुबेर नेपालीले बताए ।

उनका अनुसार तमोर करिडोर अब बराहक्षेत्र हुँदै सुनसरीको चतरा जोड्ने ठेक्का सम्झौता एक महिनभित्र हुने र पाँचथरको सुवाङ खोलादेखि चतरा १४० किमी सडक हुनेछ । नेपालीका अनुसार करिब रु ६५ करोड खर्चमा मूलघाट ताप्लेजुङ सडकखण्डमा काम भइरहेको छ ।

मेची पहाडको ताप्लेजुङबाट तराई पुग्न ८ देखि १० घण्टा र पाँचथरदेखि इलाम हुँदै तराईसम्म छ घण्टा लाग्ने अवस्था रहेकामा हाल तमोर करिडोर हुँदै तराई पुग्न ताप्लेजुङबाट चारदेखि पाँच घण्टामा तराईका जिल्ला पुग्न सकिने यातायात व्यवसायीको भनाइ छ । मेची राजमार्ग हुँदै तराई जानुभन्दा ५० प्रतिशत कम समय तमोर करिडोरमा लाग्ने भएकाले उपयुक्त र सहज पहुँचमार्ग बन्ने स्थानीयवासीको भनाइ रहेको छ ।

धनकुटाको मूलघाटदेखि तमोर करिडोर १८० किमी र मोरङको रानीभन्सारदेखि ताप्लेजुङ ओलाङ्चुङ्गोला हुँदै चीन जोड्न कूल २७० किमीसम्म उत्तर–दक्षिण सडक हुने आयोजनाका प्रमुख नेपालीले बताए । यता तमोर करिडोरकै मूलघाट–चतरा ३३ किमी सडक मार्ग खोल्न बजेटसमेत विनियोजन भइसकेकाले चीन र भारत जोड्ने थप छोटो पहुँचमार्ग बन्नेसमेत निश्चित छ ।

२०७४ माघ १५ गते प्रकाशित

वि.सं.२०७४ माघ १५ सोमवार १४:३८ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...