back
NMB ad

सात लाख कित्ता साधारण सेयरको बिक्री प्रक्रिया अचानक रद्द !

Kumari bank ad

काठमाण्डौं । नेपाल बैंकले तारागाउँ रिजेन्सीको शेयर लिलामको प्रक्रिया रद्ध गरेको छ । नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको तारा गाउँ रिजेन्सी होटलको सात लाख कित्ता साधारण शेयर लिलाममा राखेको थियो । साथै बैंकले लिलामको शेयर खरिदका लागि आवेदन दिएका आवेदकलाई बोलपत्र फिर्ता लिन आग्रह गरेको छ ।

यसअधि नेपाल इन्स्योरेन्सको दश लाख कित्ता शेयर लिलाम गरेको बैंकले तारागाउँको शेयर लिलामी प्रक्रिया भने एकाएक रद्ध गरेको हो ।

तारागाउँको शेयर लिलामीको लागि बैंकले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्ती गरेको थियो । पहिलो पटकको लिलामी सूचना प्रकाशीत गरेको अवधिभर आवश्यक मात्रामा आवेदन नपरेपछि बैकले पुन म्याद थपेर द्रोस्रो पटक सूचना प्रकाशीत गरेको थियो ।

तारागाउँको शेयर बिक्रीका लागि नेपाल बैंकले तारा गाउँ होटलसँगनै कुरा छिनोफानो नगरी एकैपटक लिलामीमा गएकोले रद्ध गर्नु परेको बुझिएको छ । तारा गाउँसँगको कुरा टुङ्एिपछि पुन लिलामको सूचना जारी हुने बैंक स्रोतले जनाएको छ ।

बैंकले लिलामी प्रक्रिया अवरुद्ध भएको सूचना प्रकाशीत गर्नु अगाडि आवेदन दिएका आवेदकको बोलपत्र फिर्ता गर्ने जनाएको छ । जसका लागि आज सोमबार अपरान्ह तीन बजेसम्म सिद्धार्थ क्यापिटलमा सप्रमाण सम्पर्क गर्न आग्रह गरेको छ ।

बैंकले तारा गाउँ रिजेन्सी होटलको शेयर प्रति कित्ता दुई सय रुपैयाँमा नघटाई बोलकबोलमा लिलामीमा राखेको थियो ।सो शेयर बिक्रीबाट नेपाल बैंकले कम्तिमा १५ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको थियो ।

१७ जेठ २०७३, ९।००

वि.सं.२०७३ जेठ १७ सोमवार ११:२१ मा प्रकाशित

You can share this post!

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...