back
NMB ad

अबदेखी शिक्षकहरुलाई महिनैपिच्छे तलब

Kumari bank ad

काठमाडौ । सरकारले विद्यालय शिक्षकको तलब अब महिनैपिच्छे भुक्तानी गर्ने निर्णय गरेको छ । तलब वितरण प्रणालीलाई चुस्त बनाउन तथ्यांक प्रविधिको प्रयोग गर्ने तयारी भएको छ ।

यसअघि चौमासिक रूपमा तलब वितरण गर्दा व्यवस्थापन सजिलो र व्यवस्थित भए पनि मासिक भुक्तान प्रणालीमा एकरूपता ल्याउन मासिक तलबलाई तथ्यांक प्रणाली विकास गरी वितरण गर्न लागिएको हो । सरकारले अब शिक्षकको तलबका लागि मात्र लगभग २ अर्ब ७० करोड रूपैयाँ मासिक निकासा गर्नुपर्ने भएको छ । मासिक रूपमा तलब वितरण गर्नुपर्ने बाध्यताका कारण समयमै शिक्षकको हातमा रकम पुर्याउन चुनौती देखिएपछि तथ्यांक प्रणाली विकास गर्न लागिएको शिक्षा विभागले जनाएको छ ।

सरकारले शिक्षकको मासिक रूपमा वितरण गर्नुपर्ने २ अर्ब ७० करोड रुपैयाँ बराबरको रकम समयमै शिक्षकको हातमा पु¥याउन कागजातको सट्टा तथ्यांक प्रणाली प्रयोग गरी वितरण गर्ने योजना बनाएको छ ।

यो प्रणाली विकासपछि प्रत्येक शिक्षकले पाउने रकम, शिक्षकको संख्या र अवस्था खोजी गर्न सजिलो हुनेछ । देशभर रहेका शिक्षकलाई चौमासिक रूपमा तलब वितरण गर्दा शिक्षण पेशाको भरमा मात्र जीवनयापन गर्ने शिक्षकलाई असजिलो भएका कारण मासिक रूपमा वितरण गर्ने योजना बनाएको शिक्षा मन्त्रालयकी सहप्रवक्ता सरस्वती पोखरेलले बताइन् ।

यसअघि चौमासिकरुपमा शिक्षकहरुलाई तलब भुक्तान गरिंदै आएको थियो ।

प्रकाशित मितिः २०७३ माघ २५

वि.सं.२०७३ माघ २५ मंगलवार ०८:१० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...