back
NMB ad

बुद्धिजीवीको समर्थन वामपन्थीलाई, मुख खोलेरै आग्रह गरे विजयी गराउन

Kumari bank ad

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ४ मा रहेका विभिन्न बुद्धिजीवीले आशन्न निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन् । शनिबार आयोजित भेलामा उनीहरुले प्रतिनिधिसभामा सो क्षेत्रमा नेकपा (एमाले) का डा. राजन भट्टराईसहितका उम्मेदवार जित्नुपर्ने जनाएका हुन् ।

डा भट्टराई वैदेशिक मामिलाका विज्ञसमेत भएकाले आफूहरु खुलेको बुद्धिजीवीको भनाइ छ । भेलामा उम्मेदवार डा भट्टराईले भावी सन्ततिका लागि सही दिशा दिन वाम गठबन्धनले जित्नुपर्ने बताए । सो क्षेत्रमा प्रदेशसभा १ र २ का उम्मेदवार क्रमशः निर्मल कुईंकेल र कुसुमकुमार कार्की उम्मेदवार छन् ।

बुद्धिजीवी सहयोग समितिका संयोजक प्रा जगतप्रसाद उपाध्यायले विगतमा तटस्थ रहेका बुद्धिजीवी पनि यसपटक गठबन्धनका पक्षमा खुलेको बताए ।

भेलामा राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा गणेश गुरुङ, विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्राडा विदुर उपाध्याय, त्रिविका पूर्वरजिस्ट्रार प्राडा पार्थिवेश्वर तिमिल्सिना, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्राडा शिवकुमार राई, विश्व सम्बन्ध परिषद्का पूर्वकार्यकारी निर्देशक प्राडा गोपाल पोखरेल, नेपाल सरकारका पूर्वसचिव, केशव भट्टराईलगायत थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७४

वि.सं.२०७४ मंसिर १७ आइतवार ०८:२७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...