Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

पर्यटन
  • नयाँ वर्षमा थाइल्याण्ड घु… Mar 28, 2017 Arthatantra
    काठमाण्डौं । आउटलुक नेपाल टुर्स एण्ड ट्राभल्सले ५६ हजार रुपैयाँमा ५ दिन चार रातको थाइल्याण्ड टुर प्याकेज ल्याएको छ । सस्तो देखि महंगोसम्म टुर प्याकेज हुनेगरे पनि यो मध्यम रेट भएको कम्पनीका प्रबन्ध निर्र्देशक उद्धव कुमार कोइरालाले जानकारी दिए । ‘ यो ५६ हजारको प्याकेजमा काठमाडौं एयरपोर्टबाट यात्रागरेपछि फर्केर आएसम्म पर्छ तर ग्रहकलाई प्याकेज बाहिरको अन्य खर्च भने यात्रुले नै खर्चनुपर्छ’ ...
  •  राष्ट्रकै पहिचान बन्दै प… Mar 27, 2017 Arthatantra
    नवलपरासी । केही वर्षअघिसम्म गाउँमा कुनै पशु चौपाया मरेमा महिनौँसम्म दुर्गन्ध फैलिने र स्याल, कुकुरजस्ता जनावरले सिनो जथाभावी फैलाउने समस्याले आजित बनेका नवलपरासीको पिठौली र कावासोती क्षेत्रका बासिन्दा अहिले गिद्ध रेष्टुराँ स्थापनापछि यस समस्याबाट मुक्तमात्र भएका छैनन्, अन्तर्राष्ट्रिय जगत्मा गाउँको पहिचान बनेकामा गौरवान्वित छन् । अशुभ र फोहरी पक्षीका रुपमा घृणा र तिरस्कार गरिने सामाजिक धारणालाई चुनौती दिँदै स्थानीय समुदायले रेष्टुराँ ...
  • सगरमाथा चढ्नेहरु अब निगरा… Mar 26, 2017 Arthatantra
    काठमाडौ। सगरमाथाको चुचुरोमा नपुगी सगरमाथा सफल आरोहण गरेको दाबी गर्नेको सङ्ख्या बढ्न थालेपछि सरकारले सगरमाथा आरोहीलाई ग्लोबल पोजिसिङ (जिपिएस) सिस्टममार्फत ट्याकिङ (निगरानी) गर्ने भएको छ । यसअघि विभिन्न मुलुकका आरोहीले झुटो विवरण पेस गरी सगरमाथा आरोहणको प्रमाणपत्र लिने प्रवृत्ति बढेपछि पर्यटन विभागले सरोकारवाला निकायसँग छलफल गरी जिपिएस प्रणाली सुरु गर्न लागेको हो । अघिल्लो वर्ष भारतीय एक दम्पतीले सगरमाथा चढेको भनेर ...
  • नेपालको पर्यटन प्रबद्र्धन गर्दै सोट्टो नेपालको टोली रसिया र फिनल्याण्ड… Mar 25, 2017 Arthatantra
    काठमाडौं । आन्तरिक तथा वाह्य दुबै किसिमको पर्यटन प्रबद्र्धन गर्दै आएको सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालको टोली वाह्य पर्यटन प्रबद्र्धनका लागि अहिले रसिया–फिनल्याण्ड सेल्स मिसन–२०१७ अभियानअन्तर्गत त्यहाँ रहेको छ । मार्च २४ देखि अप्रिल ५ सम्म अर्थात् १२ दिने सेल्स मिसनमा रसिया र फिनल्याण्डका विभिन्न सहरमा नेपाल प्रबद्र्धन गरिने सोट्टो–नेपालका महासचिव नारायण पराजुलीले जानकारी दिए । उनले रसियाको ...
  • एसइई दिएका विद्यार्थीले ३… Mar 24, 2017 Arthatantra
    काठमाडौ। शैक्षिक सत्र २०७३ को माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीहरुले तीन सय रुपैयाँ ( रु. ३००) मा केबलकार चढ्न पाउने भएका छन् । यो छुट व्यवस्था थानकोटस्थित चन्द्रागिरि केबलकारले यही चैत मसान्तसम्मका लागि मात्र ल्याएको हो । यो सुविधा लिनका लागि परीक्षार्थीहरुले परीक्षाको प्रवेश पत्र अनिवार्य रुपमा साथमा लिई आउनुपर्नेछ । छुट अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरमा मात्र उपलब्ध ...
  • वनले लोभ्याउँदैछ पर्यटकक… Mar 23, 2017 Arthatantra
    पाल्पा। कालीगण्डकीले टापु आकारमा घेरेको खैरेनी वन क्षेत्र प्राकृतिकरुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । यसको प्राकृतिक सुन्दरताले बालबालिका, युवायुवती या बूढापाका सबैको मनलाई लोभ्याइरहेको हुन्छ । उत्तर र दक्षिण दिशाबाट कालीगण्डकीले टापु आकारमा खैरेनी वनलाई घेरेको यो प्राकृतिक दृश्य नियाल्दै मनमा धेरैले प्रकृतिसँगै रमाउँदै आनन्दको अनुभूति लिइरहेका हुन्छन् । पौराणिक कथनअनुसार पवित्र कालीगण्डकी नदीको उद्गमस्थल मुक्तिनाथदेखि नदी बगेर आएका बखत ...
  • सिम्रिकको काठमाडौँ–भरतपु… Mar 22, 2017 Arthatantra
    चितवन । सिम्रिक एयरले आजदेखि काठमाडौँ– भरतपुर–काठमाडौँका लागि उडान सुरु गरेको छ । बिहान ९ः५५ मा काठमाडौँबाट भरतपुरका लागि उडेको सिम्रिकको नाइन एन एजिआई विमान बिहान १०ः२० मा भरतपुर विमानस्थलमा अवतरण भएको भरतपुर विमानस्थलका प्रमुख शिव शर्मा उपाध्यायले जानकारी दिए । सिम्रिकसँगै काठमाडौँ–भरतपुर–काठमाडौँ उडान भर्ने एयरलाइन्सको सङ्ख्या तीन पुगेको छ । सिम्रिकको १८ सिटको सो जहाजले १५ जना यात्रु ल्याएको थियो भने ...
  • अछामको बुढिगंगामा जलयात्… Mar 22, 2017 Arthatantra
    अछाम । अछाम जिल्लाकोे बुढिगंगा नदिमा पहिलो पटक सम्भाव्यता अध्ययनका लागि जल यात्रा गरिएको छ । मष्टो आउटडोर्स प्रालिको आयोजनामा जलयात्रा गरेर सम्भाव्यता अध्ययन गरिएको हो । साँफेबगरको पक्की पुलदेखि, बैजानाथ धाम, जिउराडी हँुदै चित्रे पुलसम्म टोलिले जलयात्रा गरेको थियो । ‘अछाम जिल्लाको बुढीगंगा नदीमा जलयात्राको प्रचुर सम्भावना रहेको छ, ‘सम्भाव्यता अध्ययनको नेतृत्व गरेका पर्यटन ब्यवसायी रमेशबहादुर कुँवरले भने जल यात्राका ...
  • विमानस्थलको काम सुरु हुन द… Mar 21, 2017 Arthatantra
    बुटवल। ठेकेदारको विवादका कारण चार दिनदेखि ठप्प रहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको काम सुरु हुन दुई साता लाग्ने भएको छ । विमानस्थलको निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली सप्लायर्स नर्थ वेस्ट इन्फ्रा नेपालबीच आपसी लेनदेनको विषयमा विवाद भएपछि निर्माणको काम चार दिनदेखि ठप्प भएको हो । चाइनिज कम्पनी र नेपाली कम्पनीबिच हालसम्मको कामको सम्पूर्ण मूल्याङ्कन गरेर लेनदेनको ...
  • ढोरपाटनमा सिकारको याम सुर… Mar 20, 2017 Arthatantra
    बागलुङ । ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाम सुरु भएको छ । विदेशी सिकारी नाउर तथा झारलको सिकार गर्न आरक्ष आउन थालेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० वटा नाउर र तीनवटा झारलको सिकारका लागि अनुमति दिएको छ । नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि र ट्र्याक एन्ड टे«ल्र्स प्रालिले सिकार खेलाउने छन् । बोलपत्र ...

[aas_zone zone_id=”6988″]