Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

पर्यटन
  • ट्रिप एड्भाइजरमा ल्याण्ड… May 9, 2016 Arthatantra
    चितवन । लामो समयदेखि पर्यटन क्षेत्रमा लागेको सम्राट ग्रुपले बाघरमारा सौराहामा संचालनमा ल्याएको सुविधासम्पन्न होटल ‘ल्यान्डमार्क फरेस्ट पार्क’ले स्थापनाको दोस्रो वर्षमै  ट्रिप एड्भाइजरिमा चितवनकै उत्कृष्ट बन्न सफल भयो । यस बर्षको ट्रिपएडभैजरीको होटेल बर्गिकरणमा नेपालभरीमा तेस्रो र चितवनमा पहिलो स्थान ओगट् सफल भएको छ । प्रकृति र वन्यजन्तुसँग रमाउने पर्यटकलाई लक्षित गरी सम्राट ग्रुपले दुई वर्ष अघि सौराहामा यो होटल संचालनमा ...
  • २०१८ ‘पर्यटन भ्रमण वर्ष’, … May 9, 2016 Arthatantra
    काठमाण्डौं । भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन प्रवद्र्धनका लागि सरकारले रणनीतिक योजना अघि सारेको छ । सन् २०१८ लाई ‘पर्यटन भ्रमण वर्ष’का रुपमा घोषणा गर्दै सरकारले १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको हो । व्यवस्थापिका–संसद्मा प्रस्तुत आव २०७३/०७४ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले आगामी सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र छिमेकी मुलुकबाट बढी पर्यटक भित्र्याउन आवश्यक ...
  • ढोरपाटनमा नेपाली सेना परि… May 8, 2016 Arthatantra
    बागलुङ । ढोरपाटन सिकार आरक्षको सुरक्षार्थ नेपाली सेना खटिएको छ । चोरी सिकार, अतिक्रमणजस्ता अवैध कार्य रोक्न सरकारले सेना राखेको हो । नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु निर्देशनालयमार्फत हनुमान ध्वज गुल्म आरक्ष क्षेत्रमा पुगेको छ । मन्त्रिपरिषद्ले सेना राख्ने निर्णय गरेको दुईवर्षपछि आरक्षमा सेना परिचालित भएको हो । भौतिक पूर्वाधार, बजेट र जनशक्ति व्यवस्थापन समयमै नहुँदा सेना आउन ढिला भएको ...
  • जाने हैन त नारच्याङ हुँदै … May 6, 2016 Arthatantra
    म्याग्दी । जिल्लाको नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण हिमालको प्रथम आधार शिविर पुग्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागको रु ४० लाखको लगानीमा नारच्याङ–अन्नपूर्ण पदमार्ग सञ्चालनमा ल्याइएको हो । चार वर्षको अवधिमा प्रत्येक वर्ष रु १० लाख बजेटबाट नारच्याङ हुँदै आधार शिविरसम्मको पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो । नारच्याङ ...
  • पूर्वाञ्चल महोत्सवको तया… May 5, 2016 Arthatantra
    त्रियुगाईघाट । गा उद्योग वाणिज्य सङ्घ, गाईघाटको आयोजनामा जेठ १ देखि १० गतेसम्म उदयपुरको सदरमुकाम गाईघाटमा सञ्चालन हुन लागेको तेस्रो पूर्वाञ्चल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवका लागि अहिले २०० सम्म व्यापारिक स्टल राख्ने निर्धारण भइसकेको छ भने सोही अनुसार तयारी अन्तिम चरणमा पुगेको त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गजेन्द्र भगतले बताए । गाईघाटस्थित त्रियुगा बसपार्क क्षेत्रमा सञ्चालन हुन गइरहेको ...
  • बन्यो अत्याधुनिक ‘वेदर स्… May 4, 2016 Arthatantra
    म्याग्दी । जिल्लाको घार गाविस–१ घोडेपानीमा मौसमी अवस्थाको जानकारी दिने अत्याधुनिक उपकरण जडित ‘वेदर स्टेसन’ स्थापना भएको छ । समुद्री सतहदेखि दुई हजार ८०० मिटरको उचाइमा रहेको घोडेपानी डाँडाको एक घरमा जोमसोमतर्फ फर्काएर राखिएको स्वचालित क्यामेराले खिचेको दृष्य इन्टरनेटमार्फत अवलोकन गर्न सकिने भएको छ । तारा एयर प्रालिले पोखरा–जोमसोम हवाईमार्गमा पर्ने घोडेपानी क्षेत्रको मौसमी अवस्थाको बारेमा जानकारी प्राप्त गर्न दुई हप्ताअघि वेदर ...
  • चम्पादेवी मन्दिर फेरि बन्… May 3, 2016 Arthatantra
    काठमाण्डौँ । भूकम्पले क्षति पुगेको चम्पादेवी मन्दिर पुनःनिर्माण हुने भएको छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको चम्पादेवी मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागले रु आठ लाख सहयोग गरेको छ । मञ्जुश्रीले तपस्या गरेको चम्पादेवीमा हरेक वर्षको नयाँवर्षमा मेला लाग्ने गर्दछ । यस वर्षको नयाँवर्षमा पनि कीर्तिपुर, पाङ्गा, फर्पिङ, भक्तपुर, ललितपुरका ५० हजार मानिसले चम्पादेवी मेला भर्न आएको चम्पादेवी क्षेत्रसुधार तथा व्यवस्थापन ...
  • सेभेन समिट र ट्रेकिङ क्याम… May 2, 2016 Arthatantra
    काठमाडौँ, १९ वैशाख । यस बर्षको वसन्तऋतुमा आठ हजार मिटरमाथिको पहिलो आरोहण सफल भएको छ । यो मौसमको पहिलोपटक आज आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल दुई भिन्न समूह (टिम) का १४ विदेशी आरोहीले सफल आरोहण गरेका छन् भने उनीहरुसँगै १८ जना नेपाली शेर्पाहरुले पनि आरोहण गरेका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार आरोहण गर्नेमध्ये सेभेन समिट ...
  • काठमाण्डौं घुम्नका लागि द… May 1, 2016 Arthatantra
    काठमाण्डौं । विश्वभरमा घुम्नका लागि उत्कृष्ट गन्तव्यमा दक्षिण एसियाका सहरलाई पछि पार्दै काठमाडौं विश्वको २३ औं स्थानमा परेको छ। योसँगै यात्रा सम्वन्धि विश्वको सवैभन्दा ठूलो ट्राभल अनलाइन पोर्टल ट्रिप एडभाइजरले काठमाडौलाई ट्राभलर च्वाइस आवार्ड २०१६ वाट समेत सम्मानित गरिसकेको छ। काठमाण्डौं शहरमा उपलब्ध होटेल, रेस्टुरेन्टको समिक्षा, मुल्याङ्कन र आकर्षणको मात्रा प्रयोग गरेर १२ महिनाको अवधिमा यहाँ भ्रमणमा आएका पर्यटकसँगको अन्तरक्रियामा आधारित ...
  • नेपालका हिमशृङ्खला राष्ट… Apr 30, 2016 Arthatantra
    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता, समन्वय, भ्रातृत्व र सहिष्णुताको प्रतीक नेपालका हिमशिखर अमूल्य निधि एवम् राष्ट्रिय धरोहर भएको बताएकि छिन । मनास्लु–ल्होत्से हिमालको प्रथम आरोहणको ६० वर्ष पूरा गरेका उपलक्ष्यमा शनिबार काठमाडौँमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक विशिष्टता र अनुपम पहिचान बोकेको हिमालय पर्वत आफैँमा विश्वको ज्यादै ठूलो महत्वपूर्ण धरोहर भएको उल्लेख गरिन । राष्ट्रपति भण्डारीले नेपालको ...

[aas_zone zone_id=”6988″]