back
NMB ad

विज्ञानको दुनियाँमा विश्वकै पाँच शक्तिशाली महिला

Kumari bank ad

काठमाडौ । विज्ञानको दुनियाँमा उनीहरु सबैभन्दा महत्वपूर्ण संस्थाको नेतृत्व गरिरहेका छन् । यी महिला यो तथ्यको जीवन्त उदाहरण हुन् कि विज्ञान पनि रणनीति, सहयोग र संवादको नतिजा हो । आउनुहोस्, विज्ञानका यी पाँच शक्तिशाली महिलाबारे जानकारी लिऔंः

फाबिओला जानोती, इटालीः

सन् २०१४ मा बेलायतको अखबार ‘द गार्डियन’ ले इटालीकी भौतिक विज्ञान शास्त्री फाबिओला जानोतीलाई ‘ब्रम्हाण्डको रहस्यको समाधान भएकी महिला’ को उपाधि दिएको थियो । फाबिओलाले सन् २०१६ मा स्विटजरल्याण्डस्थित संसारका महत्वपूर्ण विज्ञान केन्द्र युरोपियन अर्गनाइजेशन फर न्यूक्लियर रिसर्चमा पार्टिकल फिजिक्सको अगुवाई गरिन् ।

सन् १९९४ देखि फाबिओला यो सेन्टरमा एक महत्वपूर्ण खोजकर्ता थिइन् । सन् २००९ देखि २०१३ सम्म लार्ज हेड्रन कोलाइडरमा एटलसकी प्रवक्ता रहिन् । उनले प्रकृतिमा यति धेरै मात्रामा पार्टिकल किन हुन्छ भन्ने विषयलाई संसारसामू प्रस्तुत गरिन् ।

क्रिस्टिना फिगेरस, कोस्टा रिकाः

क्रिस्टिनालाई विज्ञानसँग कसरी प्रेम बस्यो भन्ने प्रश्न सोध्दा उनले प्रकृति आफ्नो पहिलो घर भएको भन्दै उत्तर दिइन् । क्रिस्टिनाका अनुसार प्रकृति अहिलेपनि उनको पहिलो घर नै भएको बताएकी छिन् । क्रिस्टिना एन्थ्रोपोलोजिस्ट हुन् र उनी कोस्टा रिकाको तीनपटक राष्ट्रपति बनिसकेका जोसे फिगेरस फेयरकी छोरी हुन् ।

क्रिस्टिना सन् २०१२ र २०१६ का बिच संयुक्त राष्ट्र संघमा फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्जकी कार्यकारी सचिव रहिन् । क्रिस्टिनाले सन् २०१० मा कानकुन, सन् २०११ मा डर्बन, सन् २०१३ मा वार्सा र सन् २०१४ मा लिमाको जलवायु परिवर्तनको सम्मेलनको अगुवाई गरेकी थिइन् । पेरिसमा सन् २०१५ को ऐतिहासिक जलवायु सम्झौतामा क्रिस्टिनाको महत्वपूर्ण भूमिका रह्यो ।

किरण मजूमदार–शा, भारतः

आफ्नो योगदानका कारण किरण विज्ञानको दुनियाँमा नौलो पहिचान भने होइन । योटेक्नोलोजीमा आफ्नो योगदानका कारण उनलाई हिरोको श्रेणीमा स्थान दिइएको थियो । सन् २०१४ मा फ्युचर म्यागजिनले किरणलाई एशिया–प्यासिफिकमा सबैभन्दा प्रभावशाली व्यक्तिमा स्थान दिएको थियो ।

भारतमा जन्मिएकी किरण बायोकोनकी संस्थापक अध्यक्ष हुन् । यो कम्पनीले बायोटेक्जोलोजीको क्षेत्रमा अनुसन्धान गर्दछ ।

गोयन शाटवेल, अमेरिकाः

अमेरिकी म्यागजिन फोर्ब्सले संसारको १०० शक्तिशाली महिलामा गोयनलाई ७६ औं स्थानमा राखेको थियो । यो सूचीमा कन्स्ट्रक्सन र इन्जिनियरिङको क्षेत्रमा उनी एकमात्र महिला थिइन् ।

गोयनको विशेषज्ञता अप्लाइड म्याथ्समा पनि छ । उनी स्पेसएक्सकी अध्यक्ष हुन् । यो कम्पनी स्पेश प्रविधिमा काम गर्दछ । यो कम्पनीले विशेषगरी स्पेश ट्रान्सपोर्टको खर्चलाई कम गराउने गर्दछ ।

मारग्राटा चान, चीनः

चीनियाँ फिजिशियन मारग्राटा चानले रोगाणुरोधकको विषयमा काम गरेकी छिन् । चानले गानरीअजस्ता रोगको विषयमा सतर्क गरेकी थिइन् । उनी विश्व स्वास्थ्य संगठनकी महानिर्देशक पनि भएकी छिन् । चान साससम्बन्धि रोग र बर्ड फ्लूकी विशेषज्ञ हुन् । चानले महिला र बच्चाको स्वास्थयको विषयमा निकै काम गरेकी छिन् । बीबीसीबाट
प्रकाशित मितिः २०७४ साउन ३

वि.सं.२०७४ साउन ३ मंगलवार १३:४६ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...