back
NMB ad

पर्यटनका लागि वर्ष– २०७३ उत्साहपूर्ण,हेर्नुहोस के के भए ?

Kumari bank ad

काठमाडौ। भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन क्षेत्र २०७३ का लागि उत्साहपूर्ण रहयो । वर्षको सुरुवातमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा देखिएको उत्साहले नेपालको पर्यटनबारे विश्व बजारमा सकारात्मक सन्देश पुग्यो । पर्यटन विभागको विवरण अनुसार ९वैशाख २९ बाट सुरु भएको० २०७३ को वसन्त ऋतुमा चार सय बढीले सगरमाथा आरोहण गरेका थिए ।

त्यस्तै अन्नपूर्ण, मनास्लु, मकालुलगायत हिमालको १०० जनाले सफल आरोहण गरेका थिए । यसबाट नेपालको हिमाल आरोहण सुरक्षित रहेको सन्देश प्रवाह भयो । आरोहण सफलतासँगै ‘मनास्लु–ल्होत्से र मकालु कञ्चन्जङगा’ हिमालको हीरक महत्सवले नेपालको पर्वतीय पर्यटनलाई विश्वमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्यो । महोत्सवको अवसरमा विश्वचर्चित जुनको तावेइलगायत आरोहीको नेपाल आगमन र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीको जमघटले नेपालको पर्वतीय पर्यटनको सकारात्मक सन्देश पुग्यो ।

त्यस्तै गत मे २९ २०१६ मा मनाइएको अन्तर्राष्ट्रिय सगरमाथा दिवसको कार्यक्रममा विश्वभरका आरोहीको आवागमनले थप उत्साह जगायो । पोखरामा सम्पन्न विश्व शान्ती पूजामा विश्वभरबाट आएका पाहुनाका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा सहयोग पुग्यो । नेपाल पर्यटन बोर्डले निजी क्षेत्रको सहकार्यमा देश तथा विदेशमा गरेका विभिन्न कार्यक्रमले पनि नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुगेको छ । साथै बोर्डले भूकम्प र नाकाबन्दीबाट थलिएको नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न चर्चित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी, रोयटर र ट्रिप एडभाइजरसँग गरेको साझेदारीले वर्षको उत्तरार्धमा थप सकारात्मक सन्देश गयो ।

यसैगरी गत चैत २५ गते राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी ‘ए’ ३३०–२०० विमान खरिदका लागि अमेरिकी कम्पनी एएआरसँग खरिद सम्झौता गरेको छ । नेपालको उड्डयन इतिहासमा यति ठूलो रकम खर्चेर एकै पटक विमान खरिद गरेको यो पहिलो पटक हो । यसले नेपालको पर्यटन क्षेत्रमा निकै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउँदा पर्यटन व्यवसायी झन उत्साहित भएका छन् ।

nepal airlinesअर्कोतर्फ सरकारले घोषणा गरेको घुमफिर वर्ष २०७३ का कारण आन्तरिक पर्यटनप्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्यो । यसरी एकपछि अर्को अन्तर्राष्ट्रियस्तरका पर्यटकीय गतिविधि, गन्तव्य प्रवद्र्धनका नयाँ प्रयास, पर्यटन सेवाको विविधिकरण र सेवा विस्तारको तीव्रताले २०७३ साललाई उपलब्धिमूलक बनायो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय पर्यटनको हिसाबले २०७३ साल उत्साहजनक रहेको र यस वर्ष पर्यटकको सङ्ख्यामा ४० प्रतिशतले वृद्धि भएको बताउँछन् ।

घुमफिर वर्ष २०७३ ले आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो उपलब्धि हासिल गरेको र पर्यटक आवागमन बढको उहाँको बुझाइ छ । प्रवक्ता उपाध्यायका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तीव्रता र हालै एनएसीले दुई बाइड बढी विमान खरिदका लागि गरेको सम्झौताले वर्ष २०७३ लाई निकै उपलब्धिमूलक बनायो ।

त्यस्तै पुरातात्विक सम्पदाको पुनःनिर्माणको तीव्रताले पर्यटन क्षेत्रमा थप उत्साह थपेको उहाँको भनाइ छ । मुलुकको अर्थतन्त्रको मूलआधार मानिने पर्यटन क्षेत्र २०७३ का लागि उत्साहपूर्ण बन्यो । साहसिक पर्यटन पर्वतारोहण र पदयात्रा पर्यटनका लागि उपयुक्त मौसम मानिने वसन्त ऋतुको आवागमनसँगै अहिले उल्लेख्य रुपमा आरोही र पदयात्री आइरहनुले पर्यटन क्षेत्रमा आसाका किरण देखिएका छन् ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पा पनि भूकम्प र नाकाबन्दीपछि २०७३ सालमा नेपालको पर्यटन क्षेत्रले निकै राम्रो पुनरुत्थान गरेको बताउनुहुन्छ । यस वर्ष गरिएको चर्चित अन्तर्राष्ट्रिय ‘इभेन्ट’ पर्यटन प्रवद्र्धनका नयाँ आयाम आदिले पर्यटनमा नयाँ उत्साहज जगाएको उनको भनाइ छ । मुलुकको पर्वतीय पर्यटनमा वर्षको सुरुमै उत्साहजनक नतिजा देखिएकोमा यस पटक पनि धेरै आरोही सगरमाथासहितका हिमाल आरोहणका लागि आएका छन् । यस वर्षको वसन्त ऋतुमा आठ सयदेखि नौ सय स्वदेशी तथा विदेशी आरोही हिमाल आरोहणमा जाने अध्यक्ष शेर्पाले बताए ।

पदयात्रा पर्यटनका लागि पनि २०७३ साल निकै उपलब्धिमूलक र उत्साहजनक रहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०का अध्यक्ष चन्द्र रिजाल बताउँछन् । उनका अनुसार यस वर्ष पदयात्रामा कुनै अप्रिय घटना भएनन् । थुप्रै पदयात्री गन्तव्यमा पुगे । पदयात्रामा समेत आन्तरिक पर्यटन प्रबद्र्धन भयो । अध्यक्ष रिजाल २०७३ हालसम्मकै उत्साहजनक वर्ष भएको दाबी गर्छन् ।

वर्ष २०७३ मा मुलुकको होटल व्यवसायले निकै प्रगति हासिल गरेको पाइयो । पर्यटकीय याममा बुकिङ राम्रो भएका कारण पर्यटक बढ्ने होटल एसोसिएसन नेपाल९हान०का महासचिव विनायक शाह बताउँछन् । हानको विवरण अनुसार होटलमा हाल ३८ हजार सुविधायुक्त वेड रहेका छन् । अझै थपिने क्रम जारी छ । सन् २०२० सम्ममा चार हजार अन्तराष्ट्रियस्तरका सुविधायुक्त वेड थपिदैछन् । होटल व्यवसायमा लगानी पनि बढेको छ ।
काठमाडौँलगायत मुख्य सहरमा उत्साहपूर्ण लगानी रहेको हानले जनाएको छ । विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार यस वर्ष ९सन् २०१६० मा सात लाख २९ हजार पर्यटक नेपाल घुम्न आएका छन् । अहिलेसम्म सबैभन्दा बढी सन् २०१२ मा आठ लाखको हाराहारीमा पर्यटक नेपाल आएका थिए । अध्यागमन विभागको विवरणअनुसार सन् २०१५ मा जम्मा पाँच लाख ५४ हजार ७४७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सिबी अधिकारी,रासस

प्रकाशित मितिः २०७४ बैशाख १

वि.सं.२०७४ वैशाख १ शुक्रवार १३:५७ मा प्रकाशित

You can share this post!

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ६ बैशाख २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ६ बिहीवार ०६:१५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:३४

कोलम्बो(श्रीलङ्का), ५ वैशाख : श्रीलङ्काली सरकारले सन् २०२४ मा चार...

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा   

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:२६

घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता...

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने  

वि.सं.२०८१ वैशाख ५ बुधवार २१:१९

गोरखा, ५ वैशाख : गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना...

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:२२

काठमाडौँ, ५ वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी...

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित   

नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ५ बुधवार १६:१५

काठमाडौँ, ५ वैशाखः एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको...