back
NMB ad

नागार्जुन नगरपालिकाको मेयरमा पर्यटन ब्यबसायी खत्रीको उम्मेद्वारी !

Kumari bank ad

काठमाडौं । स्थानीय तह निर्वाचनमा पर्यटन व्यवासायी कृष्णहरि खत्री नागार्जुन नगरपालिकाबाट मेयर पदका दावेदार बनेका छन् ।स्थानीयस्तरमा लोकप्रिय रहेका खत्री नेकपा एमालेको तर्फबाट मेयर पदको उममेद्वार बन्ने तयारीमा जुटेका हुन् ।

नागार्जुन १० का स्थायी बासिन्दा खत्री नेकपा एमाले केन्द्रीय पर्यटन विभागका सदस्य समेत हुन् । उनी २०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविकको स्युचाटार गाविस अध्यक्षमा नेकपा एमालेका तर्फबाट प्रत्यासी थिए । खत्री स्युचाटार सहित रामकोट, भिमढुङ्गा, सितापाइला, इचंगुनारायण गरी पाँच वटा गाविस मिलेर बनेको नागार्जुन नगरपालिकामा २० वर्ष पछि हुन लागेको निर्वाचनमा नगर पिता बन्ने योजनासाथ चुनावी गतिविधिमा सकृय बनेका छन् । नेपाल राष्ट्रिय पर्यटन ब्यवसायी संगठनका केन्द्रीय सचिव, नेपाल उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य र नेकपा एमाले नागार्जुन नगर संगठन कमिटीका सदस्य समेत हुन् ।

नागर्जुन – १३, स्युचाटारका एक हजार भन्दा बढी घरधुरीलाई खानेपानी उपलव्ध गराउने तारकेश्वर खानेपानी उपभोक्त समितिका का.वा. अध्यक्ष खत्री स्थानीय जनतामाझ लोकप्रिय छन् । धु्रवतारा बालविकास समाजका संस्थापक अध्यक्ष, स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाका संचालक, मण्डला इन्टरनेशनल स्कूलका संस्थापक तथा हाल विद्दयालय व्यवस्थापन समितिका अध्यक्ष, अमरज्योती उच्चमावि, स्यूचाटारका सल्लाहकार, प्रगतिशिल कृषक समूहका सचिवको भुमिकामा समाज सेवामा समर्पित खत्री राजनीति र समाजसेवामा स्थापित व्यक्तित्व भएको स्थानीयबासी बताउँछन् । सिभिल इञ्जिनियरिङमा डिप्लोमा र समाज शास्त्रमा स्नातकोत्तर गरेका खत्री सामाजिक रुपान्तरणमा सैद्धान्तिक र व्यवहारिक ज्ञान भएका व्यक्तित्व हुन् । आफुले आकाँक्षा राखेपनि पार्टीले टुंगो लगाइनसकेको खत्री बताउँछन् । स्थानीय जनतामाझ सामाजिक कामका कारण जनताको मन जित्न सफल खत्री पार्टीले विश्वास गरे मत पनि जितेरै अझ जनताको असली प्रतिनिधिको रुपमा काम गरेर देखाउन चाहेको बताउँछन् । आफुले टिकेट पाए लोकप्रिय मतका साथ विजयी हुने खत्रीको दावी छ । खत्री भन्छन् २० वर्ष अघि चुनाव लड्दा जुन खालको जोश र स्फुर्ति थियो अहिले झन खारिएर परिपक्व अवस्थामा पुगेको छु । खत्री भन्छन् २० वर्ष यही ठाउँमा बसेर जनताको सेवा गरेको छु । यस पटक पार्टीले विश्वास गरे जनताले माया गर्ने आशमा रहेका छन् । खत्री आफु उम्मेद्वार भएर जितेको खण्डमा गर्नु पर्ने जनताको काम र विकास निर्माणको सूचि र योजना निर्माणमा जुटेका छन् ।

मेयर पदमा खत्रीको उमेदवारी किन  ?

  • भुकम्प पिडितलाई सरकारले घोषणा गरेको अनुदान तत्काल उपलव्ध गराउन समन्वयकारीको भूमिका निर्वाह गर्न ।
  • भुकम्पका कारण भत्किएका सामूदायिक विद्यालहरुको तत्काल पुनर्निमाण गर्न । विद्यालयहरुमा बालमैत्री तथा प्रविधिमा आधारित शिक्षा प्रदान गर्न ।
  • एक घर, एक धाराको अवधारणालाई लागू गर्न ।
  • सबै बस्तीमा सडक सञ्जालको विस्तार गर्न ।
  • नयाँ निर्माण भएको बस्ती र परम्परागत रुपमा बसिरहेका रामकोट, भिमढुङ्गा जस्ता ठाँउको विकासलाई सन्तुलित रुपमा लिएर जान ।
  • स्थानीय रुपमा आवश्यक सामुदायिक अध्ययन केन्द्र, सूचना केन्द्र , लाईब्रेरिको स्थापना गर्न ।
  • स्यूचाटार, रामकोट, भिमढुङ्गाको माथिल्लो भेगलाई ग्रामिण पर्यटन केन्द्रको रुपमा विकास गरी घरघरमै रोजगारीको सिर्जना गर्न ।
  • नगर भित्रको एक वडा देखि अर्को वडा जोड्नेगरी न्यूनतम शूल्कमा सार्वजनिक यातायातको व्यवस्था गर्न ।
  • नगर भित्रका स्वास्थ्य चौकी, प्राथमिक उपचार केन्द्र, बर्थिङ्ग सेन्टरहरुलाई प्रभावकारी रुपमा संचालन गरी ब्लड प्र्रेसर, सुगर, रगत पिसाव जाँचहरुलाई निशुल्क बनाउन । नगरपालिकाले आफै सुविधा सम्पन्न एक अस्पताल संचालन गर्न ।
  • घनावस्तीहरुमा ढलव्यवस्थापन गर्न, प्रयोग गरिएका पानीलाई आवश्यक प्रसोधन पछि मात्र खोलानालामा फाल्न ।
  • सामूदायिक जंगलहरुको संरक्षण र उचित प्रयोग गर्न ।
  • जनताले तिरेको करको सम्मान गर्नुपर्छ भन्ने अवधारणाका साथ सेवाग्राही प्रति अत्यन्त जिम्मेवार, सक्षम तथा पारदर्शी कर्मचारी प्रशासनको निर्माण गर्न । शून्य भ्रष्टारको नीतिलाई कडाईका पालना गर्न / गराउन । सम्भव भएसम्म घरदैलोमा नै सेवा पु¥याउन वा अनलाईन सेवा पु¥याउन ।
  • सांस्कृतिक तथा धार्मिक स्थलहरुको सूचि बनाई संरक्षण गर्न । ईचंगुनारायण, आदेश्वर, भिमसेनथान जस्ता धार्मिक तथा पूरातात्विक स्थलहरुलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न ।
  • सूचना प्रवाहको लागि नगरपालिकाको आफ्नै एफएम संचालन तथा पत्रपत्रिकाहरु प्रकाशन गर्न ।
  • सार्वजनिक पोखरी, कुवा, ईनारको संरक्षण तथा आकाशे पानीको संकलन स्थलहरुको निर्माण तथा जमिनमा पुर्नभरण (recharge)  को व्यवस्था मिलाउन ।
  • यूवा तथा महिला लक्ष्ति सिपमूलका तथा क्षमता अभिबृद्धि सम्बन्धि तालिम संचालन गर्न, व्यवसायी वन्न उत्प्रेरकको काम गर्न ।
  • जेष्ठ नागरिका लागि निशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउन, डे–केयरको निर्माण गर्न ।
  • आफ्नो टोल आफै सफा राखौंलाई अभियानको रुपमा व्यवस्थित गर्दै प्लास्टिक जन्य सामानको प्रयोग न्यून पार्न, सार्वजनिक
  • स्थलमा धुम्रपान तथा मदिरा जन्य पदार्थको प्रयोग निरुत्साहित तथा विस्तार कडाईका साथ निषेध गर्न ।
  • खुल्ला क्षेत्रहरुको पहिचान, खेलमैदानहरुको संरक्षण, योगा तथा ध्यान केन्द्रहरुको निर्माण गर्न ।
  • सून्दर नगरको रुपमा विकास गर्न मुख्य सडकहरुका विजुली, टेलिफोन, ईन्टरनेट, टेलिभिजन केवलाहरुलाई भूमिगत बनाउन ।
  • दिगो विकासको अवाधारणालाई उच्च प्राथमिकतामा राख्दै अन्य कामहरु गर्न ।
  • ३१ चैत २०७३

वि.सं.२०७३ चैत ३१ बिहीवार १६:१३ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...