back
NMB ad

संघियतामा पर्यटन, के भन्छन त सरोकारवालाहरु ? (भिडियो सहित)

Kumari bank ad

काठमाडौं । मुलुकमा संविधान जारी भएसंगै संघीयता कार्यान्वयन स्वरुप तीन वटा सरकारको निर्वाचन सम्पन्न भई विकासको गति लिएको छ । तर पर्यटन क्षेत्रमा संघीयताले ल्याएका द्विविधाहरु चुनौतीको रुपमा खडा भएर उभिएका छन् ।

नेपाल पर्यटन बोर्डको संयोजनमा संघीयतामा पर्यटन विषक अन्तरक्रियामा पर्यटन क्षेत्रका सरोकारवालाहरुले संघीयता कार्यान्वयनका सिसिलामा पर्यटन क्षेत्रमा देखिन सक्ने द्विविधाहरु संविधान संसोधन मार्फत नै समाधान गरी सहज बनाइनु पर्ने आवाज उठाएका छन् ।

IMG_0298

पुर्व पर्यटन सहससचिव प्रतिक ढकालद्वारा प्रस्तुत संघीयता कार्यान्वयनका सिसिलामा पर्यटन क्षेत्रमा देखिन सक्ने द्विविधाहरु विषयक कार्यपत्रमा तीन वटै तहमा पर्यटन क्षेत्रलाई समेट्न खोजिए पनि राजस्व, कार्यक्षेत्र र स्वामित्वका सवालमा चुनौति रहेको स्पष्ट पारिएको छ ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले यो कुरालाई बहसको रुपमा लैजानु पर्ने आवश्यकता रहेको औंल्याए । उनले स्थानीय, प्रदेश र केन्द्र सरकारकाबीच यी कुराहरु कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा गहन छलफल गरेर नीति निर्माण गर्नु पर्ने बताए ।

IMG_0323

सो कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले यो ट्रान्जेस्नल फेज भएकाले तत्काललाई विभागले सहजिकरण गर्नु पर्ने बताए । उनले भने तीन वटै तहमा पर्यटनलाई महत्व दिइएको छ, यसको व्यवस्थापनमा लाग्नु खाँचो देखिएको छ ।हेर्नुहोस् भिडियो

नेपाल पर्यटन बोर्डका सदस्य कृष्णकुमार अर्यालद्वारा सञ्चालन गरिएको कार्यक्रममा टान, नाट्टा, हान, एनएमए, सोट्टो, भिटोफ लगायत पर्यटन क्षेत्रका संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थिति थियो ।

२०७४ पुष १३ गते प्रकाशित

वि.सं.२०७४ पुस १३ बिहीवार १३:१७ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...