back
NMB ad

बैंकबाट गरिएको ब्याजदर वृद्धिले पर्यटन व्यवसायी प्रत्यक्ष मारमा

Kumari bank ad

पोखरा । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको सोमबार पोखरामा आयोजित २२ औँ साधारणसभामा पर्यटन क्षेत्रको विकासका लागि पर्यटन सम्बद्ध सबै पक्ष र निकायको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइएको छ ।

नेपाल पर्यटनको दृष्टिबाट अत्याधिक सम्भावनायुक्त देश भएको बताउँदै वक्ताले पर्यटन क्षेत्र सम्बद्ध ऐन नियम पनि पर्यटनमैत्री बन्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा क्षेत्रीय प्रशासक यामकुमारी खतिवडाले पर्यटन क्षेत्रको समग्र विकासमा पर्यटनमा क्रियाशील व्यवसायी, सङ्घ संस्था एवम् सरकारी निकायको सामूहिक प्रयास आवश्यक हुने बताइन्। पर्यटन व्यवसायको विकासलाई दृष्टिगत गरी यसलाई उद्योगका रुपमा अघि बढाउनेतर्फ सरकार लागेको बताउँदै उनले यस सम्बन्धी ऐन नियम एकापसमा बाझिन नहुने उल्लेख गरिन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका धेरै पर्यटकीय आकर्षण प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताउँदै ती स्थलको प्रचारप्रसार एवम् प्रवद्र्धन आवश्यक भएको बताए । पर्यटकीय स्थलको प्रचारप्रसारका लागि नेपालमा ट्राभल मार्ट आवश्यक भएको उनले उल्लेख गरे । नाट्टा पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष डिल्लीप्रसाद गौतमले भूकम्प र नाकाबन्दी पछि प्रभावित नेपालको पर्यटन विस्तारै पूर्ववत् अवस्थामा फर्कदै गरेको अवस्थामा पछिल्ला समयमा बैंकबाट गरिएको ब्याजदर वृद्धिले पर्यटन व्यवसायी प्रत्यक्ष मारमा परेको बताए ।

नाट्टाका केन्द्रीय अध्यक्ष मधुसुदन आचार्यले नेपालको पर्यटनलाई विश्वबजारमा परिचित गराउन ट्राभल मार्ट जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा कार्यक्रम संयोजक एवम् नाट्टा पश्चिमाञ्चल क्षेत्रीय सङ्घका प्रथम उपाध्यक्ष हर्कबहादुर गुरुङ, नाट्टा पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्व अध्यक्ष हरि शर्मा, टान पश्चिमाञ्चलका अध्यक्ष दीपक अधिकारी, पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनलगायतले नेपालको पर्यटकीय विकास देशको समृद्धिका लागि महत्वपूर्ण आधार भएको बताए ।

१७ फागुन २०७३, रासस, ११।००

वि.सं.२०७३ फागुन १७ मंगलवार १२:४१ मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...