back
NMB ad

यात्रा सस्मरण : कैलाश, मानसरोवर पर्यटन विकासमा महत्वपूर्ण गन्तव्य

Kumari bank ad

Amar adhikari

हिन्दूहरुको आराध्यदेव शिवलाई योगका गुरु मानिन्छ । उनी प्रायजसो ध्यान मुद्रामा देखिन्छन् । उनको पूजा लिंगकोरुपमा गरिन्छ । भगवान शिव सौम्य आकृति एवं रौद्रमय दुवैको लागि विख्यात छन् । सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिवलाई मानिन्छ । शिवको अर्थ कल्याणकारी हुन्छ । तर उनी सधै लय एवं प्रलय दुवैलाई आफ्नो अधिनमा राख्न सक्छन् भन्ने विश्वास छ । शिवको वासस्थान कैलास पर्वतलाई मानिन्छ ।
चीनको स्वशासित क्षेत्र तिव्वतको पश्चिमी भेगमा पर्ने मानसरोवर र कैलाश पर्वतको दर्शन गर्न हजारौ तीर्थयात्रीहरु त्यहाँ पुग्ने गर्दछन् । सन् २०१२ मा पहिलो पटक टच कैलास ट्राभल एण्ड टुर्सवाट काठमाडौं कोदारी मार्गहुदै खासा, न्यालम, सागा, दोङवाको मार्ग हुदै मानसरोवर र कैलास यात्रा गर्ने मौका जुरेको थियो । जसमा १२९ भारतीय नागरिक पनि सहभागि थिए । यसपटक पनि सो स्थानको भ्रमण गर्ने मौका जुर्यो । मौका जुराइदियो टच कैलास ट्राभल एण्ड टुर्स ठमेलले । सो कम्पनीले सञ्चालन गरेको कैलास–मानसरोवर यात्रामा भारतीय नागरिकहरु ७८ जना र केही नेपाली सहित सहभागि हुने अवसर प्राप्त भयो । नेपालमा गएको महाविनासकारी भूकम्पले क्षती पु¥याएपछि वन्द भएको तातोेपानी खासा नाका हाल सम्म पनि सञ्चालनमा नरहेकोकोले यस पटकको यात्रा नेपालगञ्ज, सिमीकोटको मार्गवाट शुरुभयो ।
पहिलो दिन दिउसो ३ वजेको वुद्ध एयरको जहाजवाट करीव १ घण्टाको यात्रापछि नेपालगञ्ज पुगियो । भोली पल्ट विहानको हवाई उठानवाट सिमीकोट पुग्ने कार्यक्रम भएतापनि उदान रद्द भएकोले नेपालगञ्जमा ने वास वस्न वाध्य भयो । गर्मी र स्थानीय निर्वाचनको माहोलले नेपालगञ्ज तातेको देखियो । सिमीत हवाई जहाज र प्रतिकुल मौसमका कारणवाट कैलाश यात्रामा हिडेका हजारौं यात्रुहरु नेपालगञ्जमा अलपत्र जस्ता देखिन्थे ।

Kailash by Amar adhikari
यात्राको तेस्रो दिन विहान ९ः०० वजेको उडानवाट हुम्लाको सदरमुकाम सिमीकोट पुगियो । ४५ मिनेटमा पुग्न सकिने सिमिकोटको उचाई ३००० मीटर रहेको छ । वरिपरी हिमालले घेरिएको यो स्थान प्राकृतिरुपमा सुन्दर मानिन्छ । हावाको झोक्का र कम तापमानले नेपालगञ्जको गर्मीलाई यो स्थानले सहजै भुलाइदिन्छ । सिमीकोटवाट हेलिकप्टरवाट हिल्सा पुग्नुपर्ने भएको हुदाँ त्यो यात्रापनि त्यति सहज थिएन । सिमीकोट एयरपोर्टमा पनि हजारौं पर्यटकहरु अलपत्र थिए । कम हेलिकप्टर, इन्धनको समस्या र मर्मत संभारको असुविधाले गर्दा यात्रुहरुको संख्या अनुसार सेवा दिन नसक्दा पनि यात्रुहरु अलपत्र रहेका थिए । होमस्टेटको अवधारणवाट वनेका ५० भन्दा वढी सिमीकोटका होटेलहरुले यात्रुहरुलाई आवास तथा खानाका सुविधा प्रदान गरिहेका छन् ।
चौथो दिन विहानको ३० मिनेटको हेलिकोप्टर उडानवाट हिल्सा पुगियो । कर्णाली नदीको तटमा रहेको हिल्सा वजार नयाँ वजार हो । धेरैजसो सिमीकोट र अन्य नजिकका वासिन्दावाट स्थापना गरिएको यो वजार भूकम्प पछि तातोपानी नाका वन्द भएपछि कैलास मानसरोवर जाने पर्यटक यस मार्गवाट जानथाले पछि यो वजार विस्तार भएको हो । हिल्सा वजारमा रहेको झुलुङ्गे पूल र पक्की पूलवाट कर्णाली नदी पार गरी नेपाली सिमा सुरक्षा वल र चिनीयाँ इमीग्रेशन सम्म पुग्न सकिन्छ । चिनीयाँ इमीगे्रशन स्थानवाट करीव १ घण्टाको गाडीको यात्रावाट पराङ राज्यको ताक्लाकोट पुग्न सकिन्छ र त्यस दिनको वास पुराङ्ग होटलमा भयो । समुद्री सतहवाट ३८०० मीटरमा रहेको ताक्लाकोट सुन्दर वजार हो । प्रायजसो चिनीयाँ सवै खाले सामान पाइने यो वजार ऐतिहासिक वजार पनि हो । जहाँ वासेवासका लागि राम्रा खाले होटलहरु पनि रहेका छन् ।
ताक्लाकोट वाट ३ घण्टाको गाडीको यात्रा वाट मानसरोवर पुग्न सकिन्छ । दक्षिणतिर लहरै वसेका हिमाली श्रृङखलाहरु उत्तरतर्फ आश्चर्यजनक पहाडी चुचुराहरु सम्म फाँटमा चरिरहेका भेडा, च्याङरा, चौरी, याक तथा घोडाहरुको वथानले कसको मन रोमान्चीत नहोला, ती दृश्यहरु देख्दा सवै थकानहरु दुर हुन्छन् र मन प्रफुल्लीत हुन्छ ।
पाचौं दिन ताक्लाकोटलाई छोड्दै हाम्रो यात्रा मानसरोवर हेर्ने कौतुहलताले अगाडि वढ्यो । उ निलो ताल देखियो, त्यहिहोला मानसरोवर वसका यात्रुहरु चिच्याउन थाले । हाम्रो साथमा रहेको चिनियाँ गाइड दोर्जेले त्यो रसातल हो त्यसतालको पल्लोपटि मानसरोवर रहेको छ । मानसरोवरलाई त्यसतालले घेरेको छ भने । त्यो तालपनि निकै फराकिलो र सुन्दर थियो । दक्षिणतर्फ सेता हिमाल, उत्तरतर्फ नाङ्गा राता र खैरा पहाड र विचमा सम्म समथर उपत्यका त्यसमा वनेका कल्याङ कुर्लुङ देखिने चिल्ला सडक त्यसमा गुड्ने सुविधायुक्त गाडीहरु काठमाडौंमा विभिन्न समस्याले पिल्सीएका हामीहरु त्यहाँको त्यस दृश्यले लठ्ठ नवनाउने कुरै भएन । आफूले आफूलाई स्वतन्त्र भएको महसुस हुन थाल्यो । त्यसपछि गाडी मानसरोवरको तटमा पुग्यो, संसारै पानी पानी समुन्द्र जस्तो लाग्ने निलो, त्यसमा पौडीरहेको राजहाँस, वरिपरि हिमाल, उत्तरमा शिव लिङ्ग आकारको कैलाश पर्वत त्यहाँको मनोरम दृश्यको महिमा अपार छ । सवै यात्रुहरु चिसोको कुनै पर्वाह नगरी सरोवरमा स्नान गर्न लागे, कोही आफू र आफ्ना समुहलाई सरोवारको आवरणमा क्यामरामा कैद गर्न थाले । कोही उन्मत्त भएर खुशि साट्न थाले, सायद उनीहरुले हैदरावाददेखि खेपेको सवै दुख विर्सिई मनलाई प्रफुल्लित वनाउन चाहन्थे । मानसरोवको स्नानपछि वस झण्डै २ घण्टा लगाएर तालको परिक्रमा गर्दे मानसरोवरमा रहेको होटलमा वासको लागि रोकियो । मानसरोवर ताल ४५०० मीटर उचाईमा रहेको छ ।

Kailash by Amar adhikari1
करिव ४ सय स्क्वायर किमिमा फैलिएको मानसरोवरको व्याख्या स्कन्द पुराणमा पनि गरिएको छ । दत्तात्रेय हिमालय घुम्न जाँदा हिमालयले उनलाई ब्रह्मद्धारा निर्मित मानस सरोवरको दर्शन गराएर त्यसको महत्वका वारेमा वताएका थिए । त्यस स्थानमा ऋषिहरूको आश्रय स्थल पनि थियो । भगवान शिव स्वयं राजहंसभएर मानसरोवरमा जलपरिक्रमा गरिरहने विश्वास छ । यस सरोवरमा सवै देवताहरु ब्रह्ममूहर्तमा स्नानका लागि आउने विश्वास गरिन्छ । मानसरोवरमा सतीदेवीको दाया हात गिरेको थियो, त्यसैले त्यहाँ एक शिलालाई उनको रुप मानी पूजाआजा गरिन्छ । यसलाई शक्तिपिठ मानिन्छ । भारतको महत्वपूर्ण नदिहरु ब्रह्मपुत्र, सिन्धु, सतलज तथा नेपालको कर्णालीनदिको मुहान यही मानसरोवर हो ।
छैटौं दिन मानसरोवर वाट करीव ३ घण्टाको यात्रावाट कैलासको वेसक्याप्पमा रहेको धार्चेन पुग्यो । सातौ दिन धार्चेनवाट कैलाश पर्वत परिक्रमाको लागि पश्चिमी मोहडामा रहेको यमद्धारवाट यात्रा शुरु भयो । तिव्वती भाषमा फन्को मार्नु, घुम्नुलाई कोरा भनिन्छ । कोरा गर्नको लागि यमद्धार भन्दा तल रहेको चौरवाट पैदल हिड्न नसक्नेले घोडा पनि प्रयोग गर्न सकिन्छ । हाम्रा दलका झण्डै ५५ जनाले घोडा प्रयोग गरे भने वाँकी सदस्य पैदल यात्रामा नै रमाउदै वरिपरी पहाडि हिमाली श्रृङखला र विचमा खौचैखोजको वाटो हुदै १४ किमिको दुरीमा रहेको देरापोक वाँसवस्न पुगियो । देरापोक ४९१० मिटर उचाईमा रहेको र कैलाश पर्वतको उत्तरी मोहडाको सवैभन्दा नजिकको स्थान हो, जहाँवाट कैलासको साक्षतदर्शन गर्न सकिन्छ । त्यसस्थानमा वाँस वस्नको लागि सुविधाजनक गेस्टहाउस उपलव्ध छ । यसको उत्तरतर्फ ऐतिहासिक वौद्ध गुम्वा छ । देरापोकलाई वरिपरिको विभिन्न आकृतिमा रहेको पहाडले घेरेको छ । कैलासपर्वतको समीपमा पुग्दा जतिसुकै थाकेका भएपनि सवै यात्रुहरू दंग थिए । अधिकास त फोटो खिचाउँ व्यस्त देखिए ।

Kailash by Amar adhikari2
आठौं दिन विहान ७ वजेवाट परिक्रमा (कोरा) पुनः शुरुभयो । ७० जना मध्ये १६ जान भारतीय पर्यटकहरु कोरा गर्न कस्सीए भने वाँकी सोही वाटो धार्चेन फकिए । डेरापोकवाट उकालो हुदै त्यस मार्गको सवैभन्दा अग्लो टाकुरा डोलमला पासगर्नु पर्छ । डोलमला देरालीको प्रतिक पनि हो, त्यहाँ वौद्धमार्गीहरुले तोरण, ध्वजापताका टागेर सिंगारेका छन् । यस स्थानमा केही वस्त्र चढाउनुपर्ने सामाजिक नियम रहेछ । यो स्थानको उचाई ५६५० मिटर रहेको छ । डोलमाला पार गरेपछि अलिकति ओरालो झर्नसाथ तल खोचमा गौरीकुण्ड देख्न सकिन्छ । गौरी कुण्डको जल लाई पवित्र मानिन्छ । त्यसपछि पहाडि चट्टानै चट्टान र हिउसंग खेल्दै झण्डै १ घण्टाको ओरालोपछि तल झर्न सकिन्छ । त्यसपछि तेर्पाइलो वाटो हुदै जुथुलपुक पुगिन्छ । यो स्थान देरापोकवाट २२ किमिको दुरीमा रहेको छ । जहाँ पुरानो वौद्ध गुम्वा रहेको छ । त्यसदिनको वास जुथुलपुकमा भयो । सामान्य होटलहरु रहेका छन्, त्यसस्थानमा । सातौदिन विहान जुथुलपुकवाट विदा हुदै हाम्रो यात्रा परिक्रमाको शूरुस्थल धार्चेनतर्फ अगाडि वढ्यो । करीव ३ घण्टाको पैदलयात्रापछि धार्चेन पुगियो । सफलताका साथ कोरा गर्न सकिएकोमा भारतीय यात्रुहरु आपसमा खुशी साटासाट गरे । उनीहरुमा जिन्दगीमा सवैभन्दा महत्वपूर्ण कार्य गरिएको विश्वास पनि थियो । कैलासपर्वतको पुरा परिक्रमापछि अष्टपर्वतको परिक्रमा शुरु हुन्छ । जसका लागि जिपवाट कैलासपर्वतको दक्षिणी मोहदाको नजिक पुग्न सकिन्छ । तल खेल्सावाट उकालो चढी माथी डाँडामा पुग्न सकिन्छ, जहाँवाट कैलासपर्वतको साक्षत दर्शन गर्न सकिन्छ । त्यहाँ समीपमा रहेको अष्टपर्वत, नन्दी र शिवलिंगको दर्शन पनि गर्न सकिन्छ । नन्दीको परिक्रमा गर्ने हो भने पुरा एक दिन अरु पैदल हिड्नुपर्छ ।
कैलास पर्वतको परिधि ३२ माइल अर्थात ४३ किमि रहेको छ । परिक्रमा पछि भगवान शिवको साक्षत दर्शन गरेको अनुभूति पाइन्छ । कैलास पर्वतको उचाई ६७१४ मिटर रहेको छ । पौराणिक कथन अनुसार शिवका अलवा ब्रह्मा, आदि देवगण मरिचि आदि ऋषि, रावण, भष्मासुर आदिले यहाँ तपस्या गरेका थिए । यस प्रदेशमा व्यास, भीम, कृष्ण, दत्तात्रेय आदिले यात्रा गरेका थिए । आदि शंकराचार्यले यही स्थानमा प्राण त्याग गरेको भनाई पनि पाइन्छ । मेरु, सुमेरु, सुसुम्ना, हेमाद्री, देवागण आदि पर्वतहरुले सुसुजित यस पवित्र स्थल मात्र नभएर प्राकृतिकछटाको भण्डार पनि हो । यस पवित्रस्थल हिन्दुहरुको मात्र नभएर वौद्ध, जैन, सिख, आदि धर्मावलम्वीहरुको पनि तपोभूमि हो । त्यसैगरी यो क्षेत्र पर्यटकीय आकर्षणको केन्द्रपनि हो ।
नवौं दिन विहान मानसरोवर र कैलास पर्वतको दर्शन गर्दै यसस्थानमा आउन पाएकोमा अहोभाग्य ठानी शिवजीलाई नमनगर्दे हाम्रो यात्रा ताक्लाकोट तर्फ मोडियो ।

Kailash by Amar adhikari3
यात्रुहरुले पवित्र तीर्थस्थलवाट ल्याउने वस्तुहरुमा मानसरोवर र गौरीकुण्डको जल, शिववुटिहरु र शिला (ढुंगा) प्रमुख हुन् । पवित्र तिर्थस्थल कैलास—मानसरोवर पुग्न विभिन्न मार्गहरु रहेका छन् । नेपालगञ्ज, सिमीकोट, हिल्सा, ताक्लाकोट मार्ग अन्य मार्ग भन्दा छोटो मानिन्छ तर हवाईजहाज र हेलीकप्टरको असहजताले यस मार्ग त्यति भरपर्दाे भने मान्न सकिदैन । त्यसैगरी काठमाडौं– स्याप्रुवेसी–केरुङ्ग–सागा–दोङवा मार्ग पनि चलन चल्तीमा रहेको छ । सवै भन्दा सजिलो र रमाइलो मार्ग काठमाडौ, कोदारी, खासा हुदै न्यालमको मार्ग नै हो । काठमाडौवाट करीव ९३३ किमि दुरी रहेको सो स्थानमा वस वा जीपवाट सजिलै यात्रा गर्न सकिन्छ । विचमा ४५ किमिजति ग्रावेल वाहेका वाकीसवै सडक पिच छ । तर यो मार्ग अहिले वन्द रहेकोले अन्य मार्गको प्रयोग गर्नु वाध्यता भएको छ ।
सन् १९९२ वाट खुल्ला भएको मानसरोवर कैलास यात्रा पहिलेको भन्दा अहिले पर्यटकको संख्या वर्षैनी वृद्धि हुदै गएको तिव्वती गाइड दोर्जे लामा वताउँछन् । उनका अनुसार वार्षिक २० हजार भन्दा वढी पर्यटक भारत, भुटान, नेपाल, भेतनाम, रसिया लगायतका देशवाट जाने गर्दछन् । जसमा भारतीयहरुको संख्या सवैभन्दा वढी छ ।
मानसरोवर तथा कैलाश यात्राका लागि आफूहरुले सुविधाजन्य प्याकेजको व्यवस्था मिलाएको र वार्षिक सरदर १ हजारभन्दा वढी पर्यटकहरुलाई यात्रा गराउने गरिएको टच कैलासका सञ्चालक वासु अधिकारी वताउँछन् । यस कैलास, मानसरोवर यात्रा आफ्नो जिवनको सवैभन्दा महत्वपूर्ण र उपलव्धीमूलक यात्रा भएको, यसवाट आफू अत्यन्त खुशी रहेको यात्रामा सहभागि भारतीय टेलीभिजन पत्राकार शिला रावल वताउँछन् । तपाईहरु पनि गर्ने हैन त कैलाश, मानसरोवर यात्रा ?

मोवाइलः ९८४१४४०८२२
इमेलः [email protected]

वि.सं.२०७४ असार २१ बुधवार १३:४६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...