काठमाडौ । एमाले केन्द्रीय कार्यालय धूम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राजपाका केन्द्रीय कोषाध्यक्ष अनिता यादवसहित विभिन्न दलका १५ जना एमालेमा प्रवेश गरेका छन् । अनिता तराई मधेस लोकतान्त्रिक पार्टीका संस्थापक नेता श्रीकृष्ण यादवकी पत्नी हुन् । यादवको २०६६ साल माघ ८ मा मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा निधन भएपछि अनिता तमलोपामा सक्रिय भई दोस्रो संविधानसभा निर्वाचनमा उम्मेदवार बनेकी थिईन् ।
एमाले प्रवेश गर्दै अनिता यादवले एमाले नेतृत्वको सरकारले तराईको विकासमा देखाएको चासोले आफू एमालेप्रति आकर्षित भएको बताइन् ।
प्रकाशित मितिः २०७४ असार ४
वि.सं.२०७४ असार ४ आइतवार १४:०० मा प्रकाशित