back
NMB ad

अब ढुक्क भएर सबै संस्थामा मजदुर यूनियन खोल्न जिफन्ट अध्यक्ष रिमालको निर्देशन

Kumari bank ad

काठमाडौ । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट)का अध्यक्ष विष्णु रिमालले ढुक्क भएर सबै संस्थामा यूनियन खोल्न मजदुरहरुलाई निर्देशन दिएका छन् । नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाईन्स–कर्मचारी मजदुर यूनियन(यूनिट्राभ)को १२ औं राष्ट्रिय महाधिबेशन उद्घाटन गर्दै जिफन्ट अध्यक्ष रिमालले श्रम ऐनले गरेको व्यवस्था अनुरुप ढुक्क भएर यूनियन खोल्न र यूनियनमा लागेका श्रमिकलाई अन्तिम अवस्थासम्म पनि निकाल्न नपाइने बताए । उनले भने, “अब यूनियनमा भाग लिन पाईन्न भनियो भने व्यवसायीको खराब आचरण भएको मानिनेछ । व्यवसायीलाई कारबाही हुनेछ । यूनियनका मानिसलाई अब अन्तिमसम्म निकाल्न पाईदैन । अब ढुक्क भएर यूनियन खोले हुन्छ । श्रम ऐनले यो व्यवस्था गरेको छ ।”Unitrav photo (2)

नयाँ श्रम ऐनले व्यवसायीको आँखामा हेर्दा सबै श्रमिक अस्थायी भएको र मजदुरको आँखाबाट सबै स्थायी भएको बताए । मजदुरका जायज नीति नियम बनाउन सुझाव दिंदै त्यसको पक्षमा लडाई गर्न महासंघ संधै लागिपर्ने उनले बताए ।

यूनिट्राभका मजदुरले नेपालको मजदुर आन्दोलनलाई संसारमाझ चिनाएको

उनले यूनिट्राभमा आबद्ध भएका मजदुरहरुले यो दुनियामा आफु मरेर पनि नेपाल, नेपालको मजदुर आन्दोलनलाई संसारमाझ चिनाएको बताए । किर्तिमानी आरोही स्व.दोर्जे खत्रीले क्लाईमेट चेन्जका बारेमा संसारमा महत्वपूर्ण सन्देश फैलाएको र उनको नामसँगै संसारले नेपाल, यूनिट्राभका साथै जिफन्टको नाम सँगसँगै लिने र यो नेपालको सम्पति भएको उनको भनाई थियो ।

अब श्रमिकलाई देख्नासाथ नाक खुम्च्याउनेको भविष्य अन्धकारमा पर्ने

अध्यक्ष रिमालले भने, “कुनै पनि व्यवसायीले श्रमिकलाई देखेर डराउनुपर्ने स्थिति र व्यवसायीले श्रमिकलाई देख्नासाथ मुख खुम्च्याउनुपर्ने स्थिति आयो भने त्यो देशको भविष्य अन्धकारमा गयो । व्यवसायी देख्दा यो मेरो सहयात्री हो भनेर श्रमिकले देख्ने स्थिति र श्रमिक देख्दा मेरो श्रीवृद्धि गर्ने लेबर फोर्स यहि हो भनेर व्यवसायीले देख्ने स्थिति भयो भने मात्रै गति लिने स्थिति आउने हो ।”

एउटै डोरीमा सगरमाथा चढेसरी व्यवसायी र मजदुर मिल्नुपर्छ

व्यवसायी र श्रमिक चुम्बकको दुई ध्रुव भएको उल्लेख गर्दै उनले दुई ध्रुव मिलेमा विज्ञानसम्मत ढंगले व्यवसायले गति लिने उनको दाबी थियो । उनले व्यवसायी र श्रमिकबीचमा एउटै स्वार्थ व्यवसाय अगाडि बढाउनुपर्ने भएपनि मजदुरलाई उच्च ज्याला र व्यवसायीलाई उच्च नाफा कमाउने दुई फरक स्वार्थलाई मिलाएर अगाडि बढ्नुपर्ने भनाई राखे । एउटै डोरिमा सगरमाथामा चढेसरी व्यवसायी र मजदुर मिलेर अगाडि बढ्नुपर्ने उनले बताए ।

खल्तीमा कार्यालय राख्ने र कानुनलाई नमान्नेहरुलाई नछोड्ने चेतावनी

अब श्रम ऐनले दिएको अधिकार अनुसार एकजना वकिलका भरमा एजेन्सीलाई चलाउँछु भन्ने नदेख्न आग्रह गरे । उनले कानुनलाई नटेर्नेहरुलाई अब श्रमिकले नछोड्ने चेतावनी दिंदै भने, “हामी चिल्लो कागजमा लेखेर प्रत्येक एजेन्सीको ढोकामा, एमडी बस्ने कोठाभित्र तपाईहरुले श्रम ऐनका कुरा टाँसिदिनुपर्छ । एच आर हेर्ने म्यानेजरको कोठामा टाँसिदिनुस् । त्यसभन्दा तल कसैले गर्न पाउँदैन । कानुनको कडाईपन भनेको न्यूनत्तम कुरा पूरा नगर्ने कुनैपनि व्यवसायीलाई अब यो कानुनले सहँदैन । अब खल्तीमा कार्यालय राख्नेहरु,कागजमा यूनियन बनाउनेहरुका दिन गए  ।”
सरकार र व्यवसायीले आधिकारिक यूनियनलाई मात्र मान्ने कार्य नहुँदासम्म व्यवसाय अगाडि बढ्न नसक्ने उनले बताए ।

प्रत्येक गाउँमा पर्यटन प्रोडक्ट तयार बन्नुपर्छ

उनले संघियताको नयाँ अबधारणा अनुसार प्रत्येक गाउँपालिका,प्रदेशमा कुनै न कुनै पर्यटन प्रोडक्ट तयार बनाईनुपर्ने बताए ।उनले भने, “पर्यटन व्यवसायलाई अझ बढि फैलाउने अवस्थामा लैजानुपर्छ । संघियताको मतलब अब प्रत्येक गाउँपालिका र प्रदेशमा पर्यटकलाई डाक्ने कुरा के हुनसक्छ भनेर तपाईको गाउँमा पर्यटक डाक्ने बनाइनुहुन्छ । अब गाउँपालिकाले पर्यटक डाक्न सकेन भने त्यसको  अस्तित्व रहन्न भन्ने बुझ्नुपर्छ । केहि नगरे पनि फन्को मार्ने ठाउँ बनाएर पर्यटकलाई आमन्त्रण र आकर्षण गराउनुपर्छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण अर्यालले श्रमिकका जायज माग पूरा गराउन कुनैपनि व्यवसायीसँग नडराउन मजदुरलाई आग्रह गर्दै व्यवसायीले पनि मजदूर देख्नासाथ टाउको दुखाउने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।
Unitrav photo (3)
त्यस्तै ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रमा साधनस्रोतको गलत प्रयोग हुने अवस्थाको अन्त्य गर्नुपर्ने  भन्दै मजदुरको मुद्धा सम्बोधन गर्न व्यवसायीहरुले इमान्दारिता देखाउनुपर्ने बताए ।Unitrav photo (4)

कार्यक्रममा आईएलओ गभर्निङ बढिका सदस्य विन्दा पाण्डेले व्यवसायीहरुले मजदुरहरुसँग सहकार्य गर्न आग्रह गर्दै यदि सहकार्य नभए बिद्रोह गर्न बाध्य हुने चेतावनी दिईन् । उनले मजदुरप्रतिको अन्यायलाई आवश्यक परे जिफन्टको सहयोगमा अन्तराष्ट्रियकरण गराएर उनीहरुलाई न्याय दिलाउने बताईन् ।Unitrav photo (5)

कार्यक्रममा २१ पटक सगरमाथाको सफल आरोहण गरेका कामी रिता शेर्पा सहित १०० भन्दा बढि किर्तिमानी आरोहीहरुलाई सम्मान गरिएको थियो । Unitrav photo (6)महाधिबेशनबारे प्रकाश पार्दै यूनिट्राभका अध्यक्ष श्यामकुमार राई, महासचिव सुमन पराजुली लगायतले पर्यटन क्षेत्रका मजदुर नियम र बिधिसंगत ढंगले आफ्नो कार्यस्थलमा काम गर्ने र यदि कसैले हेप्ने/चेप्ने कार्य गरेमा कुनैपनि व्यवसायीलाई नछाडिने चेतावनी दिए ।Unitrav photo (1)

प्रकाशित मितिः २०७४ भदौ ४

वि.सं.२०७४ भदौ ४ आइतवार १४:३३ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...