back
NMB ad

पर्यटन मजदुरको सबैभन्दा ठूलो संस्था यूनिट्राभको अध्यक्षमा पराजुली

Kumari bank ad

काठमाडौ । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो मजदुर संगठन नेपाल ट्रेकिङ–ट्राभल्स– र्याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गो–कर्मचारी–मजदुर यूनियन (यूनिट्राभ)को १२ औं राष्ट्रिय अधिबेशनले सुमनप्रसाद पराजुलीको अध्यक्षतामा २४ सदस्यीय नयाँ केन्द्रिय समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा मिलनकुमार तामाङ,अम्मर बहादुर तामाङ र टिकादेवी गर्वुजा पुन निर्बिरोध चयन भएका छन् ।

यस्तै महासचिवमा रामबहादुर श्रेष्ठ, उपमहासचिवमा तुलसीप्रसाद सुवेदी, सचिवहरुमा फुडोमा शेर्पा र खिलानाथ दाहाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा लाक्पा शेर्पा, मिङमा ग्याल्वो शेर्पा, विकास लामा, पदमबहादुर श्रेष्ठ, कालुमान मगर, निर्मा राई, मनबहादुर तामाङ, बाशुदेव भण्डारी, दमे शेर्पा, प्रशान्त ढुंगाना, उमेश अधिकारी, दिनेशकुमार कार्की, गायत्री सापकोटा, हिमाल कुमार उप्रेती र उमा भट्टराई चयन भएका छन् । अधिबेशनले प्रतिनिधि परिषद प्रमुखमा श्यामकुमार राई, उपप्रमुखमा त्रिलोचन अधिकारीका साथै छिरिङ शेर्पाको अध्यक्षतामा ९ सदस्यीय सल्लाहकार कमिटी समेत गठन गरेको छ ।Unitrav new comittee sapath suman parajuli

नवनिर्वाचित भए लगत्तै अध्यक्ष पराजुलीले बिद्यमान पर्यटन तथा हवाई क्षेत्रमा देखा परेका श्रमिकको समस्याहरु व्यवस्थापन र मजदुर दुवैपक्ष मिलेर वार्ताको टेबुलबाट समाधान गर्न तत्पर रहनुपर्ने आवश्यकता औंल्याए । यदि वार्ताका माध्यमबाट समस्या समाधान नभए जुनसुकै बिद्रोह हुने चेतावनी समेत दिएका छन् ।

अधिबेशनले पर्यटन क्षेत्र सुधारका निम्नलिखित ८ बुँदे बिशेष प्रस्ताव पारित गरेको छ ।

१. संसदले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ र श्रम ऐन २०४८ लाई विस्थापित गर्न नयाँ श्रम ऐन २०७४ पारित गरेको छ । अब दुवै ऐनका नियमावलीहरु बनाई कार्यान्वयनको प्रक्रियामा लैजानु अहिलेको आवश्यकता हो । तसर्थ यो अधिबेशनले तत्काल नियमावली निर्माण गर्न गर्न सरकारसँग जोडदार माग गर्दछ ।

२. विश्वको सर्वोच्च हिमशिखर सगरमाथा लगायत अन्य हिमशिखरहरु हाम्रा, राष्ट्रिय गौरवका घरोहर हुन् । हिमशिखर आरोहण अत्यन्तै जोखिम र शाहसिक कार्य हो । आरोहीहरुका लागि बिद्यमान बीमाहरु पर्याप्त छैनन् र छुट्टै ऐनको आवश्यकता छ । तसर्थ यो अधिबेशन बीमामा ३० प्रतिशत बृद्धि र छुट्टै ऐनको माग गर्दछ ।

३. अहिले हाम्रो यूनियनमा कार्गो, कुरियर र पुरातात्विक क्षेत्रमा कार्यरत कामदार, कर्मचारी आबद्ध भएका छन् । बिद्यमान तलब भत्ताबाट उनीहरुको जीवनयापनमा कठिनाई भैरहेको छ । तसर्थ यो अधिबेशन तत्काल तलब भत्ता बृद्धिको लागि सम्बन्धीत निकाय र सरकारसँग जोडदार माग गर्दछ ।

४. पर्यटकहरुबाट १० प्रतिशत टिम्स रकम दिइदै आएको छ । सही सदुपयोग भैरहेको अवस्था छैन । टिम्सबाट प्राप्त रकमलाई कल्याणकारी कोषमा रुपान्तरण गरी कार्यबित्री बनाई तत्काल प्रारम्भ गर्न यो अधिबेशन सम्बन्धी निकाय र सरकारसँग जोडदार माग गर्दछ ।

५.नयाँ श्रम ऐनले पनि आउटसोर्सीङ प्रणालीलाई मान्यता दिएको छ । तर त्यहाँ कार्यरत कामदारहरु ठेकेदारहरुको चरम श्रम शोषणबाट आक्रान्त छन् । हामी यसको अन्त गर्न चाहन्छौं । तसर्थ यो अधिबेशन ठेकेदारहरुबाट हुने गरेको श्रम शोषण तत्काल बन्द गरी ऐन अनुसारको सेवा सुबिधा प्रदान गर्न जोडदार माग गर्दछ ।

६. भिषण वर्षका कारण पहाडमा पहिरोका कारण बस्तीहरु क्षतिग्रस्त र खेतीयोग्य जमिनहरु नष्ट भएका छन् । त्यसैगरी तराईका अधिकाँश भूभागहरु डुबानमा परेका छन् । जसको कारण बस्तीहरु तथा खेतीपती नष्ट भएका छन् । यस पटकको भारी वर्षाबाट कैयौं मानिसहरुको दुखद निधन भएको छ । तसर्थ यो अधिबेशन पिडितलाई उद्धार र राहत तत्काल गर्न सम्बन्धी सरोकारवालाहरु एवं सरोकरलाई जोडदार आग्रह गर्दछ ।

७. नेपालमा ट्राभल्स एजेन्सीहरु,ट्रेकिङ एजेन्सीहरु, आन्तरिक एयरलाईन्सहरु,राष्ट्रिय एयरलायन्सहरु, अन्तर्राष्ट्रिय एयरलाईन्सहरु खुल्ने क्रम बढिरहेको छ । त्यहाँ कार्यरत कामदार तथा कर्मचारीहरुले उचित बेतन तथा अन्य सेवा सुबिधा र ट्रेड यूनियन अधिकार सजिलैसँग उपभोग गर्न पाईरहेका छैनन् । तसर्थ यो अधिबेशन उचित वेतन र ट्रेड यूनियन अधिकार उपभोग गर्न÷गराउन सम्बन्धीत निकाय समक्ष जोडदार माग गर्दछ ।

८. एक यूनियन एक आवाज भन्ने हामी आबद्ध महासंघको उद्घोष छ । अहिले पर्यटन उद्योगमा विभिन्न यूनियनहरु क्रियाशिल रहेका छन् । एकता नै बल हो मूल मन्त्रलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रका सम्पूर्ण मजदुरहरुको एउटा शसक्त र बलियो संगठनको महशुस गर्दै यो अधिबेशन अन्य यूनियनलाई एकताको आव्हान गर्दछ ।

प्रकाशित मितिः २०७४ भदौ ५

वि.सं.२०७४ भदौ ५ सोमवार १२:४३ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...