back
NMB ad

२५ लाख मूल्य बराबरको छात्रवृत्तिको यो अफर तपाईलाई काम लाग्न सक्छ

Kumari bank ad

काठमाण्डौं । न्यूयोर्कस्थित टेक्नोलोजी कम्पनी फ्यूज मेसिन्सले नेपाली विद्यार्थीलाई २५ लाख मूल्य बराबरको आर्टिफिसियल इन्टेलिजेन्स छात्रवृत्ति  प्रदान गर्ने भएको छ। २०१७ देखि सुरु हुने यस छात्रवृत्ति कार्यक्रम एक वर्षसम्म लागू हुने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा छ।

नेपाली सफ्टवेर इन्जिनियरलाई आर्टिफिसियल इन्टेलिजेन्स, नेचुरल ल्याङ्गवेज प्रोसेसिङि र मेसिन लर्निङ्ग जस्ता प्रविधिमा दक्ष बनाउन यो कार्यक्रम ल्याइएको कम्पनीले जानकारी दिएको छ।

फ्यूज मेसिन्सले यो कार्यक्रम अमेरिकास्थित विभिन्न टेक्नोलोजी सस्थासंगको साझेदारीमा ल्याउन लागेको हो। छात्रवृत्ति कार्यक्रममा छनोट हुने विद्यार्थीले सेल्फ ड्राइभिङ कार, ड्रोन डेलिभरी, अटोमेटेड डाइलग सिस्टम जस्ता प्रोजेक्टमा सहभागी हुन पाउनेछन्।

छात्रवृत्ति कार्यक्रम कम्प्युटर साइन्स तथा इन्फोर्मेसन टेक्नोलोजी अध्ययन गरिरहेका  विद्यार्थीकालागि उपयुक्त हुनेछ।

छनोट प्रक्रिया पूर्णरुपमा योग्यता र आर्टिफिसियल इन्टेलिजेन्स विषयको लगावका आधारमा गरिने कम्पनीले जानकारी दिएको छ। निवेदन दिने विद्यार्थीकालागि नेचुरल ल्याङ्गवेज प्रोसेसिङि, मेसिन लर्निङ्ग, सेम्यान्टिक्स्, टेक्सटुअल इन्टलमेन्ट र कम्प्युटर भिजनमा रुचि हुन आवश्यक रहेको कम्पनीले जारी प्रेस विज्ञप्तीमा छ। छनोट हुने हरेक २५ विद्यार्थीलाई मेन्टरसँग साझेदार गराएर  छात्रवृत्तिको तालिकाअनुसार आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि प्रोजेक्टमा सहभागी गराइनेछ।

सन् २०१२ मा स्थापना भएका ुफ्यूज मेसिन्स्ुमा न्यूयोर्क, क्यानडा र नेपालगरी १४० भन्दा बढी कर्मचारी कार्यरत छन्। विगत ४ वर्षदेखि कम्पनीले उपभोक्ता र व्यापारमा हुने समस्या समाधान गर्न जटिल आर्टिफिसियल इन्टेलिजेन्स प्रोडक्टहरु निरन्तर रुपमा बनाइराखेको छ। अहिले फ्यूज मेसिन्समा कार्यरत सफ्टवेयर इन्जिनियर मेसिन लर्निङ्ग, डाटा साइन्स र नेचुरल ल्याङ्गवेज प्रोसेसिङिमा दक्ष छन्।

१० फागुन २०७३, बिजमाण्डु, ११।००

वि.सं.२०७३ फागुन १० मंगलवार १२:१४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...